९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपाल पक्षीय नेताहरू छलफलमा जुटे



अ+ अ-

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूनिकट केन्द्रीय सदस्य र सांसदहरूसँगको बैठक बोलाएका छन् । अर्याल होटलमा अहिले नेपाल पक्षीय नेताहरू बैठकमा जुटेका हुन्।  

कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बन्नका लागि विश्वासको मत दिएको नेपाल पक्ष नयाँ पार्टी खोल्ने योजनामा छ।

जसअनुरुप सो समूहलाई सहजका लागि देउवा सरकारले आजै दल विभाजनसम्बन्धी कानुनमा खुकुलो प्रावधान राखेर अध्यादेश ल्याउँदैछ। 

अध्यादेशका लागि अहिले मन्त्रिपरिषद् बैठक पनि जारी छ । यस्तो अवस्थामा सम्भावित रणनीति तय गर्नका लागि नेपालले आफू पक्षीयहरूसँगको बैठक बोलाएका हुन् ।

यद्यपि नेपाल पक्षभित्र पनि नयाँ पार्टी खोल्ने र एमालेमै मिल्ने विषयमा विवाद छ । नयाँ पार्टी खोल्न दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत पुर्‍याउन नसकेपछि नेपाल पक्षलाई सहज बनाइदिन देउवाले अध्यादेश ल्याउँदैछन् । उक्त अध्यादेशमा दल वा केन्द्रीय समितिमध्ये एकमा २५ प्रतिशत संख्या पुर्‍याउने मिल्ने प्रावधान राख्ने तयारी मन्त्रिपरिषद्ले गर्दैछ।

यता एमाले स्थायी समिति बैठक अहिले ललितपुरको च्यासलमा जारी छ। एमालेले आजै दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक पनि बोलाएको छ ।

यो पनिः केन्द्रीय सदस्यहरूलाई माधव नेपालले फोन गर्दै भने, 'पार्टी आजै दर्ता हुनसक्छ तयार रहनु'