९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउनु गलतः शेखर कोइराला



file
अ+ अ-

विराटनगर । सत्तारुढ दल नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले सरकारले राजनीतिक दल विभाजन सम्बन्धी अध्यादेश ल्याउनु गलत रहेको प्रतिक्रिया जनाउनुभएको छ । 

उहाँले ओली सरकारले अध्यादेश ल्याउँदा विरोध गर्ने अनि अहिले आफैं सरकारको नेतृत्वमा गएपछि पुनः त्यही अध्यादेश ल्याउने भन्दै प्रश्न गर्नुभएको छ । 

चलिरहेको संसद हठात् अन्त्य गरेर राजनीति दल सम्बन्धी ऐन अध्यादेश ल्याएर अन्य दललाई विभाजन गर्ने कांग्रेसको संस्कार नभएको समेत उहाँले बताउनुभयो ।

सरकारले आफ्नो सुविधा अनुसार सरकार सञ्चालनका लागि अध्यादेश ल्याउनु ठीक भएपनि यसले लोकतन्त्र कमजोर हुने उहाँको भनाई छ । यस्तै उहाँले सरकारले अध्यादेश ल्याएर यसअघिका सरकारले गरेको गल्तीलाई नै निरन्तरता दिएको बताउनुभयो ।