२५ आश्विन २०८३, आईतवार Sunday, October 11, 2026
२५ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar रियाद विमानस्थलमा आक्रमण हुँदा १२ जनाको मृत्यु, ३०० भन्दा बढी घाइते News Polar बूढीगण्डकीमा बाढी : चुमनुब्रीका ३५ घर बगे News Polar वैदेशिक रोजगारी छाडेर गाउँमै बाख्रापालनमा रमाउँदै लक्ष्मीप्रसाद News Polar पहिरोले घेरिएको पाउद्धार, विस्थापितलाई गाउँ फर्किन अन्योल News Polar एक सय २३ जनाको मोतियाविन्दुको शल्यक्रिया News Polar देशका हिमाली र पहाडी भूभागमा वर्षा र हिमपातको सम्भावना News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बुढीगण्डकी नदीमा बाढीको जोखिम,सर्तकता अपनाउन आग्रह News Polar झिलिमिली बत्तीले सिङ्गारिए काठमाडौँका मठमन्दिर तथा शक्तिपीठ News Polar कांग्रेसको १५औँ महाधिवेशन: उपसभापतिमा चन्द्रकान्त र महामन्त्रीमा प्रदीप अगाडि News Polar दुर्गा पक्षः नेपालीको महान् पर्व बडादसैँ सुरु, आज घटस्थापना गरिँदै News Polar धिमेबाजा प्रतियोगिताको सिरुटारका दुई खल बने विजेता र उपविजेता News Polar पोखरा पर्वतीय दौडमा सुदूरपश्चिमका नरेन्द्र च्याम्पियन News Polar फोहोर र अखाद्य कैफियत भेटिएपछि मन्त्र थकाली दुई लाख ५० हजार रुपैयाँ जरिवाना News Polar ‘हामी सबैलाई गिरफ्तार गर, विपक्षी पछि हट्दैन : राहुल गान्धी News Polar आइतबार मौसम मुख्यतया सफा रहने, केही स्थानमा वर्षाको सम्भावना News Polar एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, पाँच विधाका फोटो पत्रकार सम्मानित News Polar तेस्रो पर्वतीय दौडको उपाधि राउतलाई News Polar ‘क्यानभासमा पारिजात’ चित्रकला प्रदर्शनी News Polar प्रभावकारी खोप सेवाका लागि स्वास्थ्यकर्मीलाई तालिम

दुई महिनाभित्र अनिवार्यरुपमा मोबाइल दर्ता गर्नुपर्ने

दुई महिनाभित्र अनिवार्यरुपमा मोबाइल दर्ता गर्नुपर्ने
अ अ+ अ-

काठमाडौं । आगामी दुई महिनाभित्र मोबाइल प्रयोगकर्ताले अनिवार्य रूपमा आफ्नो मोबाइलको आईएमईआई दर्ता गर्नुपर्ने भएको छ। 

अवैध मोबाइल नियन्त्रणका लागि सरकारले कार्यान्वयनमा ल्याउने तयारी गरेको मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडीएमएस)को प्रयोगलाई व्यवस्थित गर्न मङ्गलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव शिशिर कुमार ढुङ्गानाको संयोजकत्वमा बसेको बैठकले यस्तो निर्णय गरेको हो।

नेपाल दूरसञ्चार प्राधिकरण, भन्सार विभाग र मोबाइल आयातकर्ता सङ्घका प्रतिनिधिसमेत रहेको उक्त बैठकले दुई महिनाभित्र मोबाइल दर्ता गराउन प्रयोगकर्तालाई एसएमएस पठाउने निर्णय पनि गरेको छ। 

तोकिएको समयसीमाभित्र मोबाइल दर्ता नभए त्यस्तो मोबाइलमा सिमकार्ड प्रयोग गर्न नमिल्ने बनाइने भएको छ। बैठकले आयातित मोबाइलको तथ्याङ्क राख्नका लागि भदौ १५ गतेभित्र एमडीएमएसको सर्भर राख्ने निर्णय पनि गरेको छ।

त्यस्तै मोबाइल सेवाको आयात अनुमतिका लागि प्राधिकरणलाई एक महिनाभित्र भन्सार विभागको नेपाल नेसनल सिङ्गल विन्डोमा आबद्ध गराउने निर्णय पनि बैठकले गरेको छ। अवैध रूपमा भित्रिने मोबाइलका कारण राजस्व चुहावट भएको र सुरक्षा चुनौती बढेको भन्दै प्राधिकरणअन्तर्गत एमडीएमएस सञ्चालनमा ल्याउने तयारी गरिएको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।