५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar परराष्ट्र मन्त्रालयमा जलवायु कूटनीति शाखा स्थापना News Polar नेपालगञ्जमा १५९औँ रामलिला घटस्थापनादेखि मञ्चन हुने News Polar बजेटका अभावमा औद्योगिक ग्राम अलपत्र News Polar कृषि अनुसन्धान परिषद्मा राजनीतिक हस्तक्षेप र प्रशासनिक अराजकता अन्त्य गर्न ‘कृषि अनुसन्धान सेवा आयोग’ गठनको माग News Polar चीनद्वारा नयाँ उपग्रहहरू सफलतापूर्वक प्रक्षेपण News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात रकम करिब १५ अर्ब पुग्यो News Polar बाढी प्रभावितलाई रोजगार र आयआर्जनसँग जोड्ने प्रदेश सरकारको प्राथमिता News Polar वसन्तपुरमा यसरी हुँदैछ इन्द्रजात्राको तयारी News Polar एमालेमा ७० वर्षे उमेर हद र दुई कार्यकालको बहस निर्णायक चरणमा News Polar एमालेको सचिवालय र केन्द्रीय कमिटी बैठक बस्दै News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन

सामाजिक सुरक्षा कोषका योगदानकर्तालाई १० घातक रोगको उपचारलाई १० लाख

सामाजिक सुरक्षा कोषका योगदानकर्तालाई १० घातक रोगको उपचारलाई १० लाख
अ+ अ-

काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई १० घातक रोगको उपचारका लागि रु १० लाख उपचार खर्च उपलब्ध गराउने भएको छ ।

सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ को संशोधन गर्दै कोषले योगदानकर्तालाई कोरोनरी आर्टरी बाइपास वा ओपन हार्ट सर्जरी, मस्तिष्काघात, मिर्गौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमिया र हेमोफेलिया वा थालासेमिया रोगको उपचार खर्च दिने भएको हो ।

कोषमा लगातार दुई वर्ष योगदान गरेका योगदानकर्ताले ती रोगको उपचारका लागि सेवा आवधिभर रु १० लाखसम्मको उपचार खर्च पाउनेछन् । कार्यविधिको तेस्रो संशोधन स्वीकृत भएको मितिले ९१औँ दिनबाट प्रारम्भ हुनेछ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज कार्यविधि स्वीकृत गरेको हो ।

घातक रोगको औषधोपचार सुविधा कोषमा कुनै योगदानकर्ताले योगदान गर्न छाडेको दुई वर्षसम्म लागू रहनेछ । कोषको वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत निवृत्तिभरण प्राप्त गर्ने योगदानकर्ताले निवृत्तिभरण प्रारम्भ भएको सात वर्षसम्म घातक रोगसम्बन्धी सुविधा उपयोग गर्न सकिने गरी विशेष व्यवस्था गरिएको कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिनुभयो ।

योगदानकर्ताले प्राप्त गर्दै आइरहेको औषधोपचार सुविधा निजको पति वा पत्नीसमेतले पाउनेगरी व्यवस्था गरिएको कोषले जनाएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरेको तीन वर्षको अवधिमा कोषले योगदानकर्ताको हितलाई ध्यान दिँदै विभिन्न योजनामा निरन्तररुपमा सुधार गर्दै आइरहेको छ । श्रम मन्त्रालयले योगदानकर्ता सन्तति छात्रवृत्ति सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरेको छ ।

कार्यविधिमा योगदानकर्ताका सन्ततिलाई चिकित्सा विज्ञान, इञ्जिनीयरिङ, नर्सिङ, वन विज्ञान, कृषि विज्ञान र होटल तथा ट्राभल व्यवस्थापन विषयका लागि हरेक वर्ष प्रत्येक प्रदेशबाट १२ जनाका दरले जम्मा ८४ जनालाई छात्रवृत्ति प्रदान गर्ने व्यवस्था गरिएको छ । योगदानकर्ता सन्तति छात्रवृत्ति कार्यक्रम आगामी शैक्षिकसत्रदेखि लागू हुनेछ । प्रतिव्यक्ति बढीमा रु पाँच लाखका दरले छात्रवृत्ति प्रदान गरिनेछ ।

सामाजिक सुरक्षाका कार्यक्रम थप विस्तार गर्दै योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीको प्रभावकारी कार्यान्वयनमा टेवा पुग्नेछ । आगामी दिनमा समेत यस किसिमका कार्यक्रमलाई निरन्तरता दिइने कोषको प्रतिबद्धता छ ।

हालसम्म कोषमा १७ हजार चार सय १७ रोजगारदाता र तीन लाख ६४ हजार सात सय ४१ योगदानकर्ता सूचीकृत भएका छन् । कोषमा रु २३ अर्ब ४० करोड योगदान रकम सङ्कलन भएको छ । कोषले रु दुई अर्ब २६ करोड दाबी भुक्तानी गरेको छ । रासस