८ कार्तिक २०८१, बिहीबार
,
Latest
महिलालाई बन्धक बनाइएको अभियोगमा दुई पक्राउ जलवायु न्यायका लागि संवेदनशील बन्न उपप्रधानमन्त्री पौडेलको विश्व समुदायलाई आग्रह अन्यायको शिखरमा उभिएर न्यायको भिख माग्न आएको छु श्रीमान् रवि र छवि सहित १२ जना बिरुद्ध रुपन्देही जिल्ला अदालतबाट पक्राउ अनुमति पत्र जारी बिमा प्राधिकरणबाट रु एक करोड हस्तान्तरण श्रीलंकाविरुद्ध नेपालको सानदार जित, सेमिफाइनलमा भारतसँग भिड्ने राप्ती नदीमा डुबेर तीन बालिकाको मृत्यु विश्वले गम्भीर चुनौतको सामना गरिरहेको छः चिनियाँ राष्ट्रपति विश्वविद्यालय केही व्यक्तिहरुबाट असुरक्षित छ, सरकारले हस्तक्षेप गर्नुपर्छः मन्त्री भट्टराई साफ महिला च्याम्पियनसिपः पहिलो हाफमै श्रीलंकाविरुद्ध नेपाल ४–० ले अघि
तपाईं के खोज्दै हुनुहुन्छ ?

सामाजिक सुरक्षा कोषका योगदानकर्तालाई १० घातक रोगको उपचारलाई १० लाख



अ+ अ-

काठमाडौं । सामाजिक सुरक्षा कोषले योगदानकर्तालाई १० घातक रोगको उपचारका लागि रु १० लाख उपचार खर्च उपलब्ध गराउने भएको छ ।

सामाजिक सुरक्षा योजना सञ्चालन कार्यविधि, २०७५ को संशोधन गर्दै कोषले योगदानकर्तालाई कोरोनरी आर्टरी बाइपास वा ओपन हार्ट सर्जरी, मस्तिष्काघात, मिर्गौला रोग, क्यान्सर, पार्किन्सन्स, अल्जाइमर्स, स्पाइनल इन्जुरी, हेड इन्जुरी, सिकलसेल एनिमिया र हेमोफेलिया वा थालासेमिया रोगको उपचार खर्च दिने भएको हो ।

कोषमा लगातार दुई वर्ष योगदान गरेका योगदानकर्ताले ती रोगको उपचारका लागि सेवा आवधिभर रु १० लाखसम्मको उपचार खर्च पाउनेछन् । कार्यविधिको तेस्रो संशोधन स्वीकृत भएको मितिले ९१औँ दिनबाट प्रारम्भ हुनेछ । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आज कार्यविधि स्वीकृत गरेको हो ।

घातक रोगको औषधोपचार सुविधा कोषमा कुनै योगदानकर्ताले योगदान गर्न छाडेको दुई वर्षसम्म लागू रहनेछ । कोषको वृद्धावस्था सुरक्षा योजनाअन्तर्गत निवृत्तिभरण प्राप्त गर्ने योगदानकर्ताले निवृत्तिभरण प्रारम्भ भएको सात वर्षसम्म घातक रोगसम्बन्धी सुविधा उपयोग गर्न सकिने गरी विशेष व्यवस्था गरिएको कोषका प्रवक्ता विवेक पन्थीले जानकारी दिनुभयो ।

योगदानकर्ताले प्राप्त गर्दै आइरहेको औषधोपचार सुविधा निजको पति वा पत्नीसमेतले पाउनेगरी व्यवस्था गरिएको कोषले जनाएको छ । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम सञ्चालन गरेको तीन वर्षको अवधिमा कोषले योगदानकर्ताको हितलाई ध्यान दिँदै विभिन्न योजनामा निरन्तररुपमा सुधार गर्दै आइरहेको छ । श्रम मन्त्रालयले योगदानकर्ता सन्तति छात्रवृत्ति सञ्चालन कार्यविधि, २०७९ स्वीकृत गरेको छ ।

कार्यविधिमा योगदानकर्ताका सन्ततिलाई चिकित्सा विज्ञान, इञ्जिनीयरिङ, नर्सिङ, वन विज्ञान, कृषि विज्ञान र होटल तथा ट्राभल व्यवस्थापन विषयका लागि हरेक वर्ष प्रत्येक प्रदेशबाट १२ जनाका दरले जम्मा ८४ जनालाई छात्रवृत्ति प्रदान गर्ने व्यवस्था गरिएको छ । योगदानकर्ता सन्तति छात्रवृत्ति कार्यक्रम आगामी शैक्षिकसत्रदेखि लागू हुनेछ । प्रतिव्यक्ति बढीमा रु पाँच लाखका दरले छात्रवृत्ति प्रदान गरिनेछ ।

सामाजिक सुरक्षाका कार्यक्रम थप विस्तार गर्दै योगदानमा आधारित सामाजिक सुरक्षा प्रणालीको प्रभावकारी कार्यान्वयनमा टेवा पुग्नेछ । आगामी दिनमा समेत यस किसिमका कार्यक्रमलाई निरन्तरता दिइने कोषको प्रतिबद्धता छ ।

हालसम्म कोषमा १७ हजार चार सय १७ रोजगारदाता र तीन लाख ६४ हजार सात सय ४१ योगदानकर्ता सूचीकृत भएका छन् । कोषमा रु २३ अर्ब ४० करोड योगदान रकम सङ्कलन भएको छ । कोषले रु दुई अर्ब २६ करोड दाबी भुक्तानी गरेको छ । रासस