• १३ बैशाख २०८१, बिहीबार
  •      Thu Apr 25 2024
  •   Unicode
Logo
Latest
★   नियमविपरीत खटिएका सुरक्षाकर्मी फिर्ता गर्न गृहको निर्देशन ★   पाकिस्तानी दूतावासद्वारा १८० नेपाली विद्यार्थीलाई छात्रवृत्ति प्रदान ★   सहकारी ठग्ने सञ्चालकको सम्पत्ति जफत गरी बचतकर्तालाई तिरौं: गृहमन्त्री रवि लामिछाने ★   योजना कार्यान्वयनका लागि रूपान्तरणका क्षेत्र पहिचान गरिएको छ : प्रधानमन्त्री ★   बजारमा निम्न गुणस्तर चाउचाउ भेटिएपछि चौधरी ग्रुपलाई जरिवाना,बजारबाट फिर्ता ल्याउन निर्देशन ★   पूर्वमन्त्री आलमलाई जन्मकैदको सजाय ★   नक्कली भूटानी शरणार्थी प्रकरणः आङटावा शेर्पालाई ३० लाख धरौटीमा छोड्न सर्वोच्चको आदेश ★   टोपबहादुरलाई धरौटीमा छाड्न अस्वीकार ★   निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छ: अर्थमन्त्री पुन ★   कतारसँगको श्रम सम्झौता पुनरावलोकन गर्न बाँकी रहेकाले अमिरको भ्रमणमा सम्झौता हुन सकेन: राजदुत ढकाल

प्रधानन्यायाधीशलाई नजरबन्दमा राखेको बारे प्रधानमन्त्रीले जवाफ दिनुपर्छः ओली (भिडियोसहित)



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले गठबन्धन सरकारले लोकतान्त्रिक प्रणाली र कानून मिचेको आरोप लगाउनुभएको छ ।

बिहीवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले गठबन्धन सरकारले स्वेच्छाचारी ढंगबाट कानून मिचेको आरोप लगाउनुभएको हो । उहाँले प्रधानन्यायाधीश जस्तो पदमा रहेका व्यक्तिको महाअभियोग ६ महिनासम्म संसदमा पेस नगर्नु र नजरबन्मा राख्नु लोकतन्त्रको बिरुद्धमा भएको भन्दै प्रधानमन्त्रीले यसको जवाफ दिनुपर्ने बताउनु भयो ।

उहाँले देशलाई प्रत्यायोजित ढंगले गलत बाटोमा लगिएको भन्दै देशको स्थिति नबिगार्न र स्वेच्छाचारिता नदेखाउन चेतावनी दिनुभयो । उहाँले नेपाली जनताले आगामी मंसिर ४ गतेको निर्वाचनबाट गठबन्धनतन्त्रलाई पराजित गरी नेकपा एमालेलाई सत्तामा स्थापित गर्ने बताउनु भयो । अध्यक्ष ओलीले नेपालको न्यायालयमा अहिले कानूनको राज नरहेको उल्लेख गर्दै संसदको सम्पूर्ण अधिकार प्रयोग गर्ने हक सभामुखलाई नरहेको जिकिर गर्नुभयो । उहाँले जोडजामवाला गठबन्धनका गलत मनाशाय आगामी संसदले बोकेर हिँड्नपर्ने कुनै आवश्यक्ता नरहेको बताउनु भयो ।

उहाँले प्रधानन्यायाधीश पदबाट नहट्दै र अभियोग पुष्टि नहुँदै सुरक्षाकर्मी फिर्ता गर्ने र नजरबन्दमा राख्ने अधिकार कुन कानूनले दियो ? भन्दै प्रश्न गर्नुभयो । उहाँले देश गृहमन्त्रीको घरबाट ल्याएको नभएको भन्दै २/४ महिना कोही व्यक्ति गृहमन्त्री बन्यो भन्दैमा लोकतान्त्रिक प्रणालीलाई नष्ट गर्ने अधिकार नरहेको बताउनु भयो । उहाँले पक्राउ पूर्जी जारी नभइ प्रधानन्यायाधीशलाई नजरबन्दमा राख्नु गलत भएको बताउनु भयो ।

अध्यक्ष ओलीले भन्नुभयो, ‘अहिले नेपालको न्यायालयका बारेमा केही बोल्नै पर्दैन । कानूनको राज छैन । प्रधानन्यायाधीशलाई महाअभियोग लगाइन्छ, लगाउनु ठिक थियो कि थिएन ? त्यो लगाउनेले जानुन् । संसदले विचार गर्न पाउनुप-यो नि । ६ महिनासम्म सभामुखले सर्वोच्च अदालतको प्रधानन्यायाधीशमाथि लागेको महाअभियोगको प्रश्तावना विचार पनि गर्दैन । विचारका लागि संसदसमक्ष पेस पनि गर्दैन । वदनियतका साथ छ, दुषित मनशाय छ । होइन भने सर्वोच्च अदालतका प्रधानन्यायाधीश माथि लागेको महाअभियोग ६ महिनासम्म संसदको विषय नै नबनाइ घर्रामा राखिन्छ । प्रधानन्यायाधीशबिरुद्धको महाअभियोगको विषय ६ महिनासम्म चुपचाप लागिन्छ । हामीले धेरैपटक भन्यौँ बाहिर निस्किएन । संसदले विचार गर्न पाउनुपर्छ । संसदको अधिकार सम्पूर्ण प्रयोग गर्ने सभामुखले पनि होइन, त्यसो भए त निर्णय गरेका भए हुन्थ्यो, महाअभियोग सदर भयो भनेको भए हुन्थ्यो । संसदको अधिकार खोसेर मनपर्दी र खेलवाड गर्ने हक सभामुखलाई छैन । तर सभामुखजीले त्यो गर्नुभयो । ६ महिनासम्म च्यापेर राख्नुभयो ।

अहिले त समय समाप्त भइसकेपछि संसदकै समय सकिएपछि अर्को प्रतिनिधि सभामा अर्कै बिजनेस अघि बढ्छ । जोडजामवाला गठबन्धनका गलत मनशाय आगामी संसदले बोकेर हिँड्नपर्ने कुनै आवश्यक्ता छैन । तर संसदले अभियोग प्रमाणित नगरेपछि प्रमाणित भएन, त्यसो भएपछि स्वभाविक रुपमा फर्केर जान्छ । प्रधानन्यायाधीश पदबाट नहट्दै, कुनै अभियोग पुष्टि भएको छैन, त्यस्तो बेलामा घर प्रहरी लगाएर, राज्य लगाएर, राज्यको शक्ति लगाएर नजरबन्दमा राख्नु, छेकथुन गर्नु अराजकताको पराकाष्टा हो । यो सरकारको खोपडीले काम गर्न छोड्यो । यो स्वेच्छाचारिता अव्यवहारिक काम जो कुनै नागरिकमाथि आइपर्न सक्छ । प्रधानन्यायाधीशको सुरक्षा खोसियो ? कुन कानूनका आधारमा खोसियो ? गृहमन्त्रीको तजबिजी कानून, यो देश गृहमन्त्रीको घरबाट ल्याएको देश हो ? मनपरी गर्ने देश हो ? गृहमन्त्रीको पदमा २÷४ महिना कोही व्यक्ति पुग्यो भन्दैमा मनपरी गर्ने देश हो यो ? कानून छैन, लोकतान्त्रिक प्रणाली छैन ? कुन कानूनले यो काम गर्दै हुनुहुन्छ ? कुन कानूनले प्रधानन्यायाधीशलाई बिना पक्राउ पूर्जी नजरबन्दमा राख्नुहुन्छ प्रधानमन्त्रीले जवाफ दिनुपर्छ । लोकतन्त्रको नाम लिन शर्म लाग्दैन तपाईहरुलाई ? सबै प्रायोजित कुरामा देश चलाउन खोजिएको छ । गलत ढंगमा देश लैजान खोजिएको छ । स्थिति नबिगार्नुस्, स्वेच्छाचारिता नअपनाउनुस्, अहिले कुनकुन तीनचार जना मिलेको गठबन्धने तन्त्र नेपाली जनताले टिपेर मिल्काइदिन्छन् ।’

अध्यक्ष ओलीले कुनैपनि सरकारलाई विदेशी नागरिकलाई नेपालको नागरिकता दिने अधिकार नरहेको भन्दै नागरिकता वितरण गर्ने नभइ प्रमाण पत्र दिने कुरा भएको बताउनु भयो । उहाँले नेपाली नागरिकहरुले नागरिकता पाउनुपर्छ भनेर विधेयक ल्याउँदा अहिले गठबन्धनमा भएका घटकहरुले नै व्यवधान सिर्जन गरेर ऐन जारी गर्न नदिएको बताउनु भयो । उहाँले गठबन्धनले निजी स्वार्थको भाषा मात्रै बोल्ने गरेको आरोप लगाउनु भयो । अध्यष ओलीले गठबन्धनको लक्ष्य के हो भन्दै प्रश्नसमेत गर्नुभयो । उहाँले गठबन्धनको लक्ष्य जसरी पनि सत्ता प्राप्त गर्नु भएको बताउनु भयो । उहाँले नेकपा माओवादी केन्द्र पार्टी नभइ क्लव भएको बताउनु भयो । अध्यक्ष ओलीले माओवादी केन्द्र आफन्तहरुको क्लव भएको बताउँदै पार्टीको अस्तित्व रक्षाका लागि लागि परिरहेको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘सरकारलाई विदेशी नागरिकलाई नेपालको नागरिकता दिने अधिकार हुँदैन । नागरिकताको प्रमाण पत्र दिने हो वितरण गर्नेकुरा होइन । नेपाली नागरिकले नागरिकता पाउनुपर्छ भनेर ल्याउन खोज्दा अहिले गठबन्धनमा रहेका घटकहरुले नै व्यवधान सिर्जना गरे, त्यसपछि विधेयकमार्फत ऐन जारी ग¥यौं । त्यो त संसदमा जानै बाँकी थियो, निर्णय त्यहाँबाट भइहाल्थ्यो तर यिनै गठबन्धनवालाले मुद्दा हाले । गठबन्धन मसल, स्वार्थ, निजी स्वार्थको भाषा बोल्छ, निजी स्वार्थलाई केन्द्र भागमा राखेर जे गर्नुपर्छ त्यस्ता कामहरु गर्छ । एमाले देशका लागि, देशको हीतका लागि जे गर्नुपर्छ, ती काम गर्छ भिन्नता यो छ । म गठबन्धनलाइ सोध्न चाहन्छु तपाईहरुको गन्तव्य के हो ? उहाँहरुको गन्तव्य स्पष्ट छ, २ वटा गन्तव्य छ । एउटा गन्तव्य जसरी पनि सत्ता प्राप्त गर्नु, घुँडा टेकेर, उहाँहरुको घुँडा यसो पाइन्ट माथि तान्न लगाएर हेर्नुहोस् त घुँडा टेक्दा टेक्दा कस्तो भएको छ घुँडा ? जोत्दा जोत्दा गोरुको काँध बाक्लो भएको हुन्छ नि, त्यस्तै भएको छ, घुँडाहरु, टक्दा टेक्दा टेक्दा । जसरी पनि सत्ता प्राप्ति गर्नु । उहाँहरु त्यो एउटा ढाकीमा बस्नुभएको छ, जहाँबाट निस्किन सक्नुहुन्न । स्वेच्छाले उहाँहरु त्यो कुवाभित्र पस्नुभएको छ । उहाँहरुलाई कुवामा जसले हाल्यो त्यसले मात्रै निकाल्न सक्छ, उहाँहरु आफैँ निस्किन सक्नुहुन्न । उहाँहरु अस्तित्व रक्षाका प्रयासमा हुनुहुन्छ, बाच्नुप¥यो भन्ने छ । उहाँहरु बाच्नुहुन्छ । माओवादी केन्द्र भनेको छ, पार्टी होइन, तल त छँदै छैन त । नेकपा माओवादी केन्द्र, केन्द्र त दुईचार जना भए हुन्छ । क्लव जस्तो केन्द्र हो । उहाँहरुको फ्यामिली क्लव हो । परिवार र आफन्तहरुको क्लव केन्द्रमा परिणत हुन्छ । तल केही हुँदैन । उहाँहरुको संगठन अहिले नै छाता जस्तो छ । माथि फराकिलो छ तल केही छैन । त्यो डण्डा पनि सिद्धिनेवाला छ ।’

अध्यक्ष ओलीले राष्ट्रपतिलाई अपमान गर्नुलाई गठबन्धनले महानता ठानेको बताउनु भयो । उहाँले अहिलेको गठबन्धन सरकारले संविधानको धारा १८१ को उल्लंघन गरेको भन्दै सरकारले संविधानको पालना गर्नुपर्ने बताउनु भयो । उहाँले संविधानले विधेयकहरु संसदमा पेस गर्नुभन्दा अघि राष्ट्रपतिसँग परामर्श गर्नुपर्छ भनेको उल्लेख गर्दै अहिलेको गठबन्धनले आफ्नो अहंकारका कारण राष्ट्रपतिसँग कुनै परामर्श नै नगरेको आरोप लगाउनु भयो । उहाँले अहिलेको गठबन्धन मसलको भाषा मात्रै बोल्ने गरेको भन्दै एमासँग आए तह लगाइदिने बताउनु भयो । उहाँले अहिले संविधान समग्रतामा उल्लंघन भइरहेको बताउनु भयो । उहाँले अहिलेको सरकार बहुमतको नभएको जिकिर गर्दै बहुमतको धाक नलगाउन सचेत गराउनु भयो । अध्यक्ष ओलीले आगामी मंसिर ४ गते जनताले गठबन्धनको क्रियाकलापको मूल्यांकन गर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘उहाँहरु दिमागले सोच्नुहुन्न । मसल पूरै । राष्ट्रपति ज्यूले पुनः विचारका लागि पठाएको विधेयक, नगर्ने । उहाँहरुको त्यस्तो छ आजकाल । संसदमा आएर होइन, अनडि मानिसहरु बसेर अनधिकृत ठाउँमा राष्ट्रपतिको मजाक उडाएका छन् । यसले आफ्नो महानता राष्ट्रपतिको अपमान गर्नुलाई ठानेको छ । १ वर्षअघि नै मैले संसदमा बोल्दा भनेको थिएँ । संविधानको धारा १८१ तर्फ सरकारको ध्यान जाओस्, संविधानको पालना सरकारले गरोस् । संविधानले विधेयकहरु संसदमा पेस गर्नुभन्दा अघि राष्ट्रपतिसँग परामर्श गर्नुपर्छ, स्वीकृति लिनुपर्छ । बताएको हुनुपर्छ । यो अहंकारी गठबन्धनले संविधानको धारा १८१ एकपटक पनि पालना गरेको छैन । त्यसैले मैले भनेको हुँ, गठबन्धनसँग खोपडीमा दिमाग छैन कि क्या हो मसलको भाषा मात्रै बोल्छ । मसलको भाषा बोल्दा बोल्दै एमालेसँग बोल्न आइपुग्यो भने त्यतिबेला मसल पनि ठिक लाग्छ । मसलको भाषा बोल्न छोडौं । लोकतन्त्रमा मसलको भाषा बोलिँदैन । संविधान, कानून, कानूनी राजको नीति अपनाइन्छ, अवलम्वन गरिन्छ । अहंकार होइन, स्थिति र विधिअनुसार चलिन्छ । असहिष्णुता होइन, सरकारलाई म चेतावनी दिन चाहन्छु, सरकार सचेत रहनुपर्छ । सरकारमा अहंकार चढ्यो भने सबभन्दा बढी मानव अधिकारको उल्लंघनको श्रोत के हुन्छ भन्दा संगठित समूहमा अहंकार चढ्यो र संगठित सशस्त्र समूहमा अहंकार चढ्यो भने र त्यसमा पनि सत्तामा गएकामा अहंकार चढ्यो भने र उसले कर्तव्य बिर्सियो भने तानाशाही अधिनायकवाद त्यसैलाई भनिन्छ । यो अलोकतान्त्रिक हुन्छ, त्यसले लोकतन्त्र मान्दैन, मानव अधिकारको उल्लंघन हुन्छ । अहिले संविधानकै समग्रतामा उल्लंघन भइरहेको छ । कानूनको पाइलैपिच्छे उल्लंघन भइरहेको छ । लोकतान्त्रिक मूल्य, मान्यता, सामाजिक मर्यादा सबै बहुमत, जोडजाडको बहुमत, यो गठबन्धनसँग कहाँ छ बहुमत भनेको ? एउटा पार्टीको एकजना, अर्को पार्टीको ३÷४ जना लिएको छ । अनि जोडेर बहुमत, अहिले पनि बहुमत पार्टीको सरकार हो र ? यसले बहुमतको धाक लगाउने ? यस्तो क्रियाकलाप नगर्न म सरकारलाई सचेत गराउन चाहन्छु । मान्दै मान्दैन भने मंसिर ४ गते यसको हिसाव किताव जनताले गर्छ । मंसिर ४ गते यो देश गठबन्धनका एक एक अपराधहरुको छिनोफानो र त्यसको फैसला गर्छ । जनताले गठबन्धनलाई पराजित गराएर छोड्नेछ ।’

अध्यक्ष ओलीले गठबन्धनको अहिलेको उद्देश्य देश विकासको नभइ आफन्त र आसेपासेको स्वार्थ पूरा गर्ने भएको बताउनु भयो । उहाँले नेकपा एमाले समृद्ध नेपाल, सुखी नेपाली रहेको भन्दै अन्य दलहरुसँग कुनैपनि देश र जनताको लागि गन्तव्य नरहेको बताउनु भयो । उहाँलै आगामी तीन दिनमा गठबन्धनको गन्तव्य के र कसका लागि भन्ने प्रश्नको जवाफ दिन गठबन्धनका नेताहरुलाई चुनौती दिनुभयो । उहाँले तीन दिनभित्र देश र जनताका लागि गठबन्धन भन्ने हिम्मत जिब्रो नलर्बराइकन भन्न चुनौती दिनुभयो ।

उहाँले भन्नुभयो, ‘म सोध्न चाहन्छु, गठबन्धनको गन्तव्य के हो ? नेपाली काँग्रेसलाई म सोध्न चाहन्छु, माओवादी केन्द्रलाई सोध्न चाहन्छु, अरु को को छन् उनीहरुलाई सोध्न चाहन्छु उनीहरुको गन्तव्य के हो ? कहाँ पुग्न खोज्छन् ? हाम्रो गन्तव्य समृद्ध नेपाल, सुखी नेपाली चाहन्छौँ । उनीहरु समृद्धि त चाहँदैनन्, आफू सुखी हुन चाहन्छन् । कसका लागि ? यो प्रश्न सोध्ने बित्तिकै उनीहरु झसंग हुन्छन् कतै श्रीमतीका लागि, छोराका लागि, छोरीका लागि भनेर फ्याट्ट फुत्किने हो की, बुहारीका लागि हो ? डर हुन्छ । तीन दिन समय दिन्छु, देशका लागि काम गर्दैछु भन्न जिब्रो नलर्बराइकन भन्न सक्नुहुन्छ ? देशका लागि काम गर्दैछु भनेर गठबन्धनका नेताहरुले तीन दिनभित्र अभ्यास गरेर देशका लागि देशका लागि मन्त्र जसरी कण्ठ गरेर भएपनि एकपटक भन्नुस् त । देश, जनता, लोकतन्त्रका लागि काम गर्दैछु भन्नुस् त । तर विचार गर्नुस् देशका लागि काम गर्दैछु भन्दा जसका लागि काम गरिरहनुभएको छ, उसले पनि सुन्छ र रिसाउला ।’

अध्यक्ष ओलीले मंसिर ४ गते एमालेले सरकार बनाएपछिको एक महिनाभित्र नागरिकताको समस्या समाधान गर्ने प्रतिवद्धता जनाउनु भयो । उहाँले नेकपा एमाले नागरिकता समस्या समाधान र सुकुम्बासी लगायतका समस्या समाधानको ग्यारेन्टी गर्ने पार्टी भएको बताउनु भयो ।