८ भाद्र २०८३, सोमबार
,
Latest
पार्टीको आन्तरिक मामिलामा अदालत प्रवेश गर्दैनः अर्जुननरसिंह केसी सरकार शान्ति सुरक्षाको मामिलामा लाचार देखियोः उपनेता अर्याल स्वीस सरकारबाट नेपालको टिभेट सुधारमा निरन्तर सहयोगको प्रतिबद्धता ‘खर्क नीति’ लाई समयसापेक्ष परिमार्जन गरी मुलुकको समृद्धिमा जोडौँः सांसदहरु विशेष महाधिवेशन पक्षधरले भ्रमको खेती फैलाए : कांग्रेस नेता खड्का हाम्रो समाजलाई प्रविधिको भन्दा नैतिकता, आचरण र इमान्दारीताको अलिक बढ़ी खाचोँ छ : राष्ट्रपति श्रममन्त्री यादवसँग राजदूत शामसीको भेट कोशीका मुख्यमन्त्री कार्कीले पाए विश्वासको मत तीन सय ६७ किलो गाँजासहित तीन पक्राउ बेनी–जोमसोम सडकमा पहिरोको उच्च जोखिम, तर छैन भरपर्दाे पूर्वचेतावनी प्रणाली
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचनका लागि घोषणापत्र तयार गर्ने काम अगाडि बढाउँदै काँग्रेस



अ+ अ-

काठमाडौँ । नेपाली काँग्रेसले आगामी संघ र प्रदेशमा हुने निर्वाचनका लागि घोषणापत्र तयार गर्ने काम अगाडी बढाएको छ ।

समितिले बुधवार पार्टी केन्द्रीय कार्यालय सानेपमा बैठक गर्दै घोषणापत्र तयार गर्ने कामलाई अगाडी बढाएको हो । काँग्रेसले महामन्त्री विश्प्रकाश शर्माको संयोजकत्वमा घोषणापत्र तयारी समिति गठन गरेको थियो ।

सो समितिमा पार्टीका सहमहामन्त्रीहरुका साथसाथै पार्टी भित्रका विभिन्न क्षेत्र तथा समुदायको प्रतिनिधित्व हुनेगरी व्यक्तिहरुलाई समेटिएको छ । घोषणापत्र तयारी समितिको बैठकको बारेमा जानकारी दिँदै काँग्रेस केन्द्रिय समिति सदस्य गोविन्दराज पोखरेलले पार्टीले पाँच वर्षमा गर्नसक्ने कामहरुलाई राखेर मात्रै घोषणापत्र तयार गरिने बताउनु भयो ।

उहाँले घोषणापत्र तयारीका काम शुरु भएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो – ‘हामीले समग्रमा नेपाली काँग्रेसले अहिलेसम्म के ग¥यो र आगामी दिनमा हामीले गर्न सकिने, नचाहिने लोक रिझ्याँइका सपना बाड्नु भन्दापनि नेपाली काँग्रेसले अहिले उपलब्ध साधन, स्रोत र परिचालन गर्नसक्ने साधनमा आगामी पाँच वर्षमा गर्नसकिने कुराहरुलाई राखेर हामीले घोषणापत्र तयार गर्छौं ।

त्यसमा सबै क्षेत्र, वर्ग, समुदायलाई समन्वय गरी खाका आउने छ । जुन नेपाली काँग्रेसले आफूले गर्ने, आफूले जनतालाई गरेर देखाउनसक्ने प्रतिवद्धता त्यसमा जाहेर गर्नेछ । त्यसको लागि तयारी शुरु भएको छ ।’

उहाँले नेपाली काँग्रेसले घोषणापत्रमार्फत पूरा हुन नसक्ने खालका सपना नबाड्ने पनि स्पष्ट पार्नुभयो ।