८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar विश्वव्यापी संकटका कारण अतिकम विकसित मुलुकहरूले विकासका क्षेत्रमा थप चुनौती सामना गरिरहेको: परराष्ट्रमन्त्री खनाल News Polar क्यानभासमा उतारिँदै हिमाली सङ्कट News Polar पहिरोले खाँदबारी-किमाथाङ्का सडक अवरुद्ध News Polar बेनी-जोमसोम र बेनी-दरवाङ सडकमा रातीमा यातायात सञ्चालनमा रोक News Polar विपद् जोखिम कम गर्न सबै निकायसँगको समन्वयमा काम भइरहेको छः मुख्यमन्त्री भट्ट News Polar बाढी प्रभावित क्षेत्रमा पुनर्निर्माणका लागि सघाउन आग्रह News Polar लैंगिक विभेद गर्दै एआई, बायोडाटा ‘बोटोक्स’ गर्नुपर्ने बाध्यता News Polar अमेरिकाबाट प्रधानमन्त्री शाहको आग्रह : राति राजमार्गमा यात्रा नगर्नुहोस् News Polar बाढी–पहिरोको जोखिममा सरकारको उच्च सतर्कता, उद्धारदेखि आपूर्तिसम्म तयारी तीव्र News Polar पूर्वाधार मन्त्रालयले देशभर २८ खेलकुद पूर्वाधार निर्माण गर्ने News Polar यस वर्षको अम्बर गुरुङ स्मृति संगीत पुरस्कार शम्भुजीत बासकोटालाई प्रदान गरिने News Polar सङ्खुवासभामा भारी वर्षाको सम्भावनाः उत्तर-दक्षिण कोशी खण्डमा यात्रा नगर्न आग्रह News Polar तीन दिन भारी वर्षा र बाढीको जोखिम, सर्तकता अपनाउन आग्रह News Polar विपद्सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको मस्यौदा तयार News Polar वर्षाको जोखिम बढेपछि स्थानीय तहलाई ‘हाई अलर्ट’मा रहन मन्त्रालयको आग्रह News Polar शिक्षामन्त्री पोखरेलद्धारा जेनजी आन्दोलनका सहिद परिवार तथा घाइतेहरुसँग छलफल News Polar दैनिक उपभोग्य वस्तुको आपूर्ति सहज छ, अधिक सञ्चय नगरौँ News Polar निरन्तरको वर्षासँगै सुरक्षा संयन्त्र उच्च सतर्क अवस्थामा News Polar अत्यावश्यकबाहेक घरबाहिर ननिस्कन बागलुङ प्रशासनको आग्रह News Polar ऊर्जामन्त्री श्रेष्ठसँग एआइआइबीका महानिर्देशक मिश्राको भेट

नागरिकता विधेयक, राष्ट्रपति भण्डारीबाट प्रमाणीकरण नभए के हुन्छ ?

नागरिकता विधेयक, राष्ट्रपति भण्डारीबाट प्रमाणीकरण नभए के हुन्छ ?
राष्ट्रपति विद्यादेवी भण्डारी
अ अ+ अ-

काठमाडौँ — राष्ट्रपति विद्यादेवी भण्डारीले संसदबाट प्रमाणित गरी पठाइएको बहुचर्चित एवं विवादास्पद नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक मंगलबार अबेर रातिसम्म प्रमाणीकरण गर्नु भएन । यो विधेयक गत भदौ २० गते प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइएको थियो ।

संविधान बमोजिम राष्ट्रपतिकहाँ प्रमाणीकरणका लागि दोस्रो पटक पठाइएको विधेयक १५ दिनभित्र प्रमाणिकरण हुनुपर्ने व्यवस्था छ । र त्यो म्याद असोज ४ गते मंगलबार राति १२ बजे सम्म हो ।

राष्ट्रपति भण्डारीले यसअघि १५ बुँदे चासो व्यक्त गर्दै विधेयक संसदमै फिर्ता गर्नु भएको थियो । तर उक्त विधेयक जस्ताको तस्तै प्रतिनिधिसभा र राष्ट्रिय सभाले पुनः पारित गरेको थियो । संसदले राष्ट्रपतिको सरोकारलाई बेवास्ता गरेसँगै राष्ट्रपति विधेयकका बारेमा निरन्तर छलफलमा हुनुहुन्थ्यो ।

उहाँले विधेयकका बारेमा प्रधानमन्त्री, नेपाली काँग्रेस, नेकपा एमाले, नेकपा माओवादी समेतका राजनीतिक दलका नेता एवं पूर्व सुरक्षाकर्मी र अन्य व्यक्तिसँग परामर्श गर्नु भएको थियो । तर परामर्शको चरण चलिरहेकै अवस्थामा विधेयक प्रमाणीकरण गर्नुपर्ने संवैधानिक बाध्यताको चरणमा राष्ट्रपति पुग्नु भएको थियो ।

राष्ट्रपतिले प्रमाणीकरण नगरे के हुन्छ ?

संविधानमा राष्ट्रपतिले १५ दिनभित्र विधेयक प्रमाणीकरण गर्नु पर्ने व्यवस्था छ । तर विधेयक प्रमाणीकरण नगरे के हुन्छ भन्ने बारेमा केही भनिएको छैन । संविधानको धारा ११३ ले राष्ट्रपतिले कुनै विधेयक प्रमाणीकरण नगरे स्वतः ऐन बन्ने भन्ने प्रावधान राखेको छैन ।

संविधानको धारा ६१(४) मा संविधानको पालन र संरक्षण गर्नु राष्ट्रपतिको प्रमुख कर्तव्य हुनेछ भनिएको छ । यही आधारमा राष्ट्रपतिले विधेयक रोक्ने कोशिस हुनेछ । राष्ट्रपतिलाइ प्राप्त यो अस्त्रको प्रयोग यसपटक हुने अनुमान गरिएको छ ।

यसैबीच, राष्ट्रपतिका सल्लाहकार लालबाबु यादवले संविधानको उल्लंघन राष्ट्रपतिले नभई सत्तारुढ गठबन्धनले गरेको आरोप लगाउनु भएको छ । राष्ट्रपतिले विधेयक प्रमाणीकरण नगर्ने हल्ला चलिरहेका बखत यादवले यस्तो धारणा सार्वजनिक गर्नु भएको छ ।