६ आश्विन २०८१, आईतवार
,
×
Ad Image 1
Ad Image 2
Ad Image 3
Ad Image 4
Ad Image 5
Ad Image 6
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाबाट युएसएआईडी व्यापार तथा प्रतिस्पर्धात्मकता क्रियाकलापको सुरुवात



अ+ अ-

काठमाडौँ । अमेरिकाले युएसएआईडी व्यापार तथा प्रतिस्पर्धात्मकता क्रियाकलापको सुरुवात गर्दै नेपालको निजी क्षेत्रमा यसको थालनी गरेको छ । एक करोड ९० लाख अमेरिकी डलरको यस पाँच वर्षीय लगानीले उच्च वृद्धि र रोजगारीको सम्भाव्यता भएका लक्षित क्षेत्रका नेपाली व्यवसायहरूको प्रतिस्पर्धात्मकता अभिवृद्धि गर्नेछ ।

नेपाल र अमेरिकाबिचको ७५ वर्ष लामो मित्रतालाई थप उचाइ प्रदान गर्दै अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग युएसएआईडीले नेपालको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसँग सहकार्य गरी व्यवसायहरूलाई नयाँ व्यापार र लगानी अवसरहरूको सहजीकरण गर्न, बजारमा आधारित वित्तीय र गैर वित्तीय सेवाहरूमा उनीहरूको पहुँच बढाउन र उत्पादकता वृद्धि गर्न मद्दत गर्नेछ ।

“नेपालको निजी क्षेत्रमाथिको यस लगानीले रोजगारीका अवसरहरू सृजना गरी महिला, युवा र सीमान्तकृत समूहहरूको आय अभिवृद्धि गर्नेछ,” युएसएआईडी नेपालकी नियोग प्रमुख सेपिडे केभान्शाडले भन्नुभयो । वहाँले थप्नुभयो, “यो क्रियाकलाप नेपालको अर्थतन्त्र सुदृढ गर्न र नेपाली जनताको जीविकोपार्जनमा सुधार ल्याउन नेपाल र अमेरिकाबिच रहेको बृहत् सहकार्यको एउटा उदाहरण मात्र हो ।”

युएसएआईडी व्यापार तथा प्रतिस्पर्धात्मकता क्रियाकलापले स्थानीय उत्पादन, पर्यटकीय अनुभव र विश्वको जुनसुकै ठाउँमा उपलब्ध गराउन सकिने डिजिटल सेवाजस्ता उच्च मूल्यका निर्यात बढाउने र विविधीकरण गर्ने नेपालको महत्त्वाकाङ्क्षालाई अगाडि लैजानेछ । निर्यातका यी क्षेत्रहरूले नेपालको अर्थतन्त्र बढ्दै जाँदा सीमान्तकृत समूहहरूको सहभागितालाई सहजीकरण गर्ने अझ उत्थानशील बजारहरूको सृजना गरी रोजगारी वृद्धि र आयआर्जनको गति तीव्र बनाउनेछन् ।

सहसचिव गोविन्दबहादुर कार्कीले मन्त्रालयसँग युएसएआईडीको साझेदारी र नेपालमा निरन्तर लगानीको प्रशंसा गर्नुभयो । कार्कीले अगाडि भन्नुभयो, ‘यस क्रियाकलापले व्यवसायहरूले प्रस्तुत गर्ने सेवाहरूको विविधीकरण गर्न र उनीहरूको उत्पादकत्वमा सुधार गर्दै उनीहरूलाई विश्वव्यापी रूपमा प्रतिस्पर्धी बनाउन ठुलो सहयोग प्रदान गर्नेछ भन्ने मलाई आशा छ।’

नेपाल कोभिड(१९ महामारीबाट पार पाउने र हाल जारी विश्वव्यापी खाद्य सङ्कटका स्थानीय प्रभावहरूलाई सम्बोधन गर्ने क्रममा रहँदै गर्दा, यस लगानीले समुद्रपारका बजारमा प्रतिस्पर्धा गर्ने निजी र सार्वजनिक क्षेत्रको क्षमतालाई टेवा पुर्‍याउनेछ र बाह्य आघातहरूको सामना गर्ने नेपालको क्षमतामा उत्थानशीलता थप गर्नेछ ।