२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेपालमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ४० हजार नाघ्यो, मृतकको संख्या बढ्दै



अ+ अ-

काठमाडौं । नेपालमा सक्रिय कोरोना सङ्क्रमितको सङ्ख्या ४० हजार नाघेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता  डा. कृष्णप्रसाद  पौडेलले  पछिल्लो  समय  नेपालमा  सक्रिय  सङ्क्रमितको  सङ्ख्या  ४०  हजार  ३३८  पुगेको  बताए । 

यसअघि मन्त्रालयले सक्रिय कोरोना  सङ्क्रमितको  सङ्ख्या  २५  हजार  नाघेपछि अस्पतालमा उपचार गर्न बेड पाउन कठिन हुने र सङ्क्रमितको सङ्ख्या झनै बढ्ने आकलन गर्दै पूर्ण रूपमा लकडाउन गर्न सिफारिस गरेको थियो ।

प्रवक्ता  पौडेलका  अनुसार  पछिल्लो  चौबीस  घण्टामा  देशभर  थप  तीन  हजार  ४०३  जना  कोरोना  सङ्क्रमित  थपिएका  छन् । यही अवधिमा थप दुई हजार १०४ जना सङ्क्रमित निको भएका छन् । यस्तै थप ४२ जना सङ्क्रमितको मृत्यु भएको छ । 

नेपालमा मृतकको सङ्ख्या पनि दैनिक बढिरहेको छ । योसहित नेपालमा कोरोना सङ्क्रमणबाट  मृत्यु  हुनेको  सङ्ख्या  १०  हजार ३९६ पुगेको समाचार गोरखापत्र दैनिकमा प्रकाशित छ ।