११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

रवीन्द्र मिश्रको नयाँ पुस्तक ‘विचारभन्दा माथि देश’ सार्वजनिक

रवीन्द्र मिश्रको नयाँ पुस्तक ‘विचारभन्दा माथि देश’ सार्वजनिक
अ अ+ अ-

काठमाडौँ । पत्रकारिता हुँदै लेखन र राजनीतिमा सक्रिय रहेका रवीन्द्र मिश्रको नयाँ पुस्तक ‘विचारभन्दा माथि देश’ लोकार्पण भएको छ ।

पुस्तक लोकार्पण गर्न प्रकाशक संस्था फाइन प्रिन्टले सोमबार आयोजना गरेको कार्यक्रममा सबैभन्दा पहिले पुग्ने १० जना व्यक्तिसँगै पूर्व उपप्रधानमन्त्री एवं वामपन्थी नेता सीपी मैनाली, पूर्वमन्त्री एवं जलस्रोतविद् दीपक ज्ञवाली लगायतले पुस्तक लोकार्पण गरेका हुन् । एक सय ९१ पृष्ठको पुस्तकको बिक्रीबाट आउने आम्दानी राजनीतिक सुधार अभियानमा लगाइने जनाइएको छ ।

प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनका मिति घोषणा भएका बेला राजनीतिक विचार अघि सारी पुस्तक सार्वजनिक भएको हो । कार्यक्रममा मिश्रले संवैधानिक राजसंस्था, सङ्घीयता खारेजी, हिन्दू–बौद्ध राष्ट्र, कल्याणकारी (सामाजिक) लोकतन्त्रका विषय पुस्तकमा उल्लेख गरिएको जानकारी गराए ।

“पृथ्वीनारायण शाहको दिव्योपदेश र विपी कोइरालाको राष्ट्रिय एकता र मेलमिलापको नीतिलाई समायोजित रुपमा अङ्गीकार गर्नुको विकल्प छैन, दुवै नेताले देशलाई शिरमा राखेरमात्र बाँकी निर्णय लिए”, पुस्तकमा लेखक मिश्रले भनेका छन् ।

आफू व्यक्तिगत रुपमा धर्मका विषयमा निरपेक्ष रहे पनि धर्मान्तरणका घटना बढिरहेकाले हिन्दू–बौद्ध राष्ट्रको मुद्दा आवश्यक रहेको उनको भनाइ थियो । धर्म निरपेक्षताकै आडमा धादिङको रुवीभ्यालीका ७० प्रतिशत तामाङ समुदायलाई धर्मान्तरण गरिएको उनले सुनाए ।

पूर्व उपप्रधानमन्त्री एवं नेकपा (माले)का महासचिव मैनालीले मिश्रको पुस्तकले प्रजातान्त्रिक आन्दोलनमा नयाँ विचार दिएको बताए । लेखकका अनुभूति पोखिएको पुस्तकले मार्ग परिवर्तनको प्रस्ताव गरेको उनले सुनाए ।

“विसं २००७, २०४६ र २०६३ का परिवर्तन प्रजातान्त्रिकमात्र नभई अवाञ्छित बाह्य प्रभाव र हस्तक्षेप पनि हो, यो कुरालाई एक दुई नेताले माने पनि दलले संस्थागत रुपमा मानेका छैनन्, तथ्य र वस्तुपरक विश्लेषण भएन, देशमुखी समाधानका लागि मुख्य राजनीतिक शक्ति एक हुनुपर्छ”, नेता मैनालीले भने ।

पूर्व मन्त्री ज्ञवालीले किताबलाई राजनीतिक घोषणापत्रको संज्ञा दिँदै आगामी चुनावमा उम्मेद्वारी घोषणा गरेका साना दललाई पनि चुनौती बनेको बताए । सत्ताको नेतृत्व गरेको दल नेपाली कांग्रेसले महाधिवेशन सकेको छ महिनामा नीति महाधिवेशन गर्ने भने पनि नसकेका बेला आएको राजनीतिक विचारप्रधान पुस्तकको महत्व हुने उनको विचार थियो ।

“धर्म निरपेक्षता घोषणा गरेपछि हामीले गरेको सन् २००४ को सर्वेक्षणमा ६० प्रतिशत जनताले हिन्दू राष्ट्रको पक्षमा मत प्रकट गरेका थिए, संविधान जारी गर्ने बेला सन् २०१५ तिर ७४ प्रतिशतले हिन्दू राष्ट्रको पक्षमा मत प्रकट गरे पनि संविधानमा सम्बोधन भएन, शपथमा ईश्वरको नाम नलिएपछि नैतिकताको जग के हो ? अमेरिका र बेलायतका शासकले ईश्वरका नाममा आफ्ना धर्मग्रन्थलाई छोएर शपथ लिने, हाम्रा नेताले हाम्रो धर्मग्रन्थ बिर्सँदा नैतिकताको सङ्कट भएको हो”, पूर्वमन्त्री ज्ञवालीले भने ।

कार्यक्रममा पत्रकार रमा सिंह, प्रकाशक संस्था फाइन प्रिन्टका संस्थापक नीरज भाइलगायतले मिश्रको पुस्तकको विशेषताका बारेमा प्रकाश पारेका थिए । पुस्तकको मूल्य रु ४५० तोकिएको छ ।