११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

डोटीमा गठबन्धन नभए अरु जिल्लामा पनि हुदैन: प्रेम आले(भिडियोसहित)

डोटीमा गठबन्धन नभए अरु जिल्लामा पनि हुदैन: प्रेम आले(भिडियोसहित)
अ अ+ अ-

काठमाडौँ । पूर्व संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा नेकपा (एकीकृत समाजवादी) का नेता प्रेमबहादुर आलेले आगामी प्रतिनिधि सभा निर्वाचनमा डोटीमा गठबन्धन नगर्ने भए कुनै जिल्लामा पनि गर्नु नहुने बताउनुभएको छ ।

सोमवार पार्टी केन्द्रिय कार्यालयमा आयोजित नेपाल मगर संघ (समाजवादी( को तेस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै नेता आलेले डोटी जिल्लामा गठबन्धन चाहिँदैन भनेर भेला गर्दै हिँडेको भन्दै असन्तुष्टि व्यक्त गर्नुभएको हो । उहाँले डोटी जिल्लामा गठबन्धन नगर्ने भए ७७ वटै जिल्लामा गठबन्धन गर्नु नहुने बताउनु भयो ।

उहाँले गठबन्धन गर्ने भएपनि ७७ वटै जिल्लामा हुनुपर्ने बताउनु भयो । नेता आलेले गत स्थानीय तह निर्वाचनमा आफूहरुले १० वटा वडामा
मात्रै उम्मेदवार उठाएर ५५ वटा वडा छाडिएको भन्दै यसैको मतको आधारमा नेपाली काँग्रेसले समाजवादीको मत कम रहेको व्याख्या गरिरहेको बताउनु भयो । गठबन्धन गर्दा स्थानीय तहको मतको कुरा गर्नु नहुने उहाँको भनाई छ । उहाँले स्थानीय निर्वाचनको परिणामको आधारमा गठबन्धनबाट बिद्रोहको प्रयास भइरहेको उल्लेख गर्दै त्यसप्रति आफूहरुको ध्यानाकर्षण भएको बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘मेरो जिल्लामा पनि नेपाली कांग्रेसले अहिले ठाउँ–ठाउँमा भेला गर्ने, हामीलाई गठबन्धन चाहिँदैन भन्ने खालको कुराहरु गरिराखेको छ । गठबन्धन चाहिएन भने डोटीमा मात्रै होइन । ७७ जिल्लामै गठबन्धन हुनु भएन । यदी गठबन्धन हो भने ७७ वटै जिल्लामा गठबन्धन हुनुपर्छ भन्ने मेरो मान्यता हो । मैले हिजो संसदीय दलको बैठकमा पनि पार्टी अध्यक्षज्यूलाई जानकारी दिएको छु । आज समाजवादी भर्खरै बिद्रोहबाट जन्मिएको पार्टी, जनताको बीचमा नपुगेको पार्टी, स्थानीय तहको निर्वाचनमा कलम चिन्हको राम्रो प्रचार–प्रसार नभएको पार्टी, डोटीमा ९ वटा स्थानीय तहमा हाम्रो एकीकृत समाजवादीले जम्मा १० वटा वडामा मात्रै हाम्रो उम्मेदवारी भयो । ५५ वटा वडामा हामीले त्यत्तिकै छोडिदियौँ । त्यही १० वडाको भोट गनेर नेपाली काँग्रेसले समाजवादीको त ३ हजार भोट छ, समाजवादीको ३५ सय भोट छ भन्यो । भोटको कुरा हुन्छ रु स्थानीय निर्वाचन हुनुभन्दा अगाडी काठमाडौंको मेयर बालेनको मत कति थियो ? स्वतन्त्र रुपमा निर्वाचित हुनुभयो । उहाँको मत कति थियो रु उहाँको कुनै मत नै थिएन । त्यसलाई स्थानीय निर्वाचनलाई आधार मानेर दलहरुले बिद्रोहको प्रयास गरिराखेका छन् । यसप्रति हाम्रो एकदमै ध्यानाकर्षण भएको छ ।’

उहाँले मगर जाति समानुपातिकमा मात्रै बस्ने जाति नभएको बताउनु भयो । नेता आलेले मगर एक्लैएक्लै हरेक जातिसँग प्रतिष्पर्धा गर्नसक्ने जाति भएको बताउनु भयो । उहाँले आगामी निर्वाचमा पार्टीलाई ठूलो पार्टी बनाउनेगरी लाग्न नेता, कार्यकर्ताहरुलाई निर्देशन समेत दिनुभयो ।