१९ भाद्र २०८३, शुक्रबार
,
Latest
भोटेकोशी बाढी प्रभावित व्यवसायीका लागि पुनरुत्थान प्याकेज स्वागतयोग्य : नाडा यी हुन् आजका अवरुद्ध प्रमुख राजमार्ग फेवातालमा कार खस्दा दुई भारतीय नागरिकको मृत्यु त्रिशूली–३ ‘ए’बाट उद्धार गरिएका शाह र महर्जनलाई उपचारका लागि काठमाडौं ल्याउने तयारी त्रिशूली–३ ‘ए’को सुरुङबाट कबीर महर्जनको पनि जीवितै उद्धार तीज कार्यक्रम स्थगनः बाढी प्रभावितलाई सहयोग भोटेकोशी बाढी : त्रिशूली–३ ‘ए’को सुरुङबाट एक जनाको जीवित उद्धार भक्ति, आस्था र उल्लासमा श्रीकृष्ण जन्माष्टमी-फोटो फिचर कान्तिपुर भेट ग्रुपद्वारा विपद् उद्धार कोषमा २७ लाख ७७ हजार ७७७ रुपैयाँ सहयोग भोटेकोशी बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना
तपाईं के खोज्दै हुनुहुन्छ ?

जनताले चाहेअनुसार उपलब्धि हासिल गर्न सकेनौँः प्रदेश प्रमुख गुरुङ (भिडियोसहित)



अ+ अ-

गण्डकी प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधान निर्माणपछिका दिनमा नेपाली जनताले चाहेअनुसार उपलब्धि हासिल गर्न नसकेको बताउनुभएको छ ।

संविधान दिवस २०७९ का अवसरमा गण्डकी प्रदेश सरकार मुल समारोह समितिद्वारा पोखरामा सोमवार आयोजित विशेष कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो । उहाँले तीन वटै तहको सरकारले जनताको समृद्धिको लागि काम गर्नुपर्ने बताउनु भयो । उहाँले बलिदानीपूर्ण संघर्षबाट राजनीतिक परिवर्तन भएको बताउँदै आम सर्वसाधारणको दैनिकीमा परिवर्तन आउनेगरी अघि बढ्नु अहिलेको आवश्यकता भएको बताउनु भयो ।

वर्तमान संविधानले सामन्ती, निरङ्कुश र केन्द्रिकृत राज्य व्यवस्थाद्वारा सिर्जित सबै प्रकारका विभेद र उत्पीडनको अन्त्य गरेको उल्लेख गर्दै विविधतायुक्त नेपाली समाजलाई वृहत राष्ट्रिय एकताको सूत्रमा जोडेको बताउनु भयो । उहाँले जनताका आधारभुत हक अधिकारहरूको कार्यान्वयन गर्दै लोकतान्त्रिक व्यवस्थालाई जनताको जीवन पद्धतीसँग आवद्ध गरी लोकतन्त्रका लाभहरू आम नागरिकको पहुँचमा पु¥याउनेतर्फ लाग्नुपर्नेमा उनले जोड दिनुभयो । आसन्न मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन नेपालको संविधान कार्यान्वयनका लागि अत्यन्तै महत्पूर्ण रहेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘एक सरकारदेखि अर्को सरकारबीचको समन्वय नमिल्दा जनताले सोचे अनुसारको प्रगति हासिल गर्न सकेका छैनौँ । हामीले जनताको घरसम्म पुग्नेगरी काम गर्न आवश्यक छ । जनताका आधारभुत हक अधिकारहरूको कार्यान्वयन गर्दै लोकतान्त्रिक व्यवस्थालाई जनताको जीवन पद्धतीसँग आवद्ध गरी लोकतन्त्रका लाभहरू आम नागरिकको पहुँचमा पुर्याउनेतर्फ लाग्नुपर्छ । अहिलेको संविधानले विविधतायुक्त नेपाली समाजलाई वृहत राष्ट्रिय एकताको सूत्रमा जोडेको छ ।’

उहाँले संविधानले कल्पना गरेका विषय संविधान निर्माण पछिको समयमा कति कार्यान्वयन भए भन्नेकुराको समीक्षा गरेर अघि बढ्न जरुरी भएको बताउनु भयो ।