९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

चीनसँग खरिद  गरेको ८ लाख डोज खोप नेपाल आइपुग्यो



अ+ अ-

काठमाडौं ।  नेपाल सरकारले चीनबाट खरिद गरेको थप ६० लाखमध्ये आठ लाख डोज कोभिड–१९ विरुद्धको खोप नेपाल आइपुगेको छ ।  

स्वास्थ्य सेवा विभागका अनुसार आठ लाख डोज भेरोसिल खोप गएराति १२ बजे  नेपाल आइपुगेको हाे ।

थप आठ लाख डोज खोप आज र बाँकी ४४ लाख डोज यही अगस्टको अन्तिम साता आइपुग्ने विभागले जनाएको छ ।

नेपालमा बुधबारसम्म ४७ लाख ८५ हजारले पहिलाे तथा ३६ लाख ५० हजारले दाेस्राे मात्रा लगाइसकेकाे स्वास्थ्य मन्त्रालयकाे विवरणमा उल्लेख छ । जसमध्ये काेभिशिल्ड र अस्ट्राजेनिकाकाे पहिलाे खाेप लगाउनेहरूकाे संख्या १९ लाख ९२ हजार रहेकाे छ भने ९ लाख ५९ हजारले दाेस्राे मात्रा लगाएका छन् ।

त्यस्तै चिनियाँ भेराेसिल खाेप लगाउनेहरूमध्ये पहिलाे डाेज लगाउनेकाे संख्या २८ लाख ९३ हजार रहेकाे छ भने दाेस्राे डाेज १३ लाख ८४ हजारले लगाएका छन् । अमेरिकी सरकारले उपलब्ध गराएकाे जेन्सन एन्ड जेन्सन खाेप १३ लाख ६ हजारले लगाइसकेका छन् । याे खाेप एक मात्रा लगाए पुग्नेछ ।

नेपालमा हालसम्म १० हजार ३९६ जनाकाे काेभिड संक्रमणबाट मृत्यु भइसकेकाे छ ।