११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

त्याग र सेवाभाव भएका उम्मेदवार छनौट होस्ः पूर्वाध्यक्ष रेग्मी

त्याग र सेवाभाव भएका उम्मेदवार छनौट होस्ः पूर्वाध्यक्ष रेग्मी
अ अ+ अ-

काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वाध्यक्ष खिलराज रेग्मीले राजनीतिकलाई आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा इमान्दारिता, कर्मशीलता, त्याग र सेवाभाव भएका सक्षम व्यक्तिको मापदण्ड बनाई उम्मेदवार छनौट सुझाव दिनुभएको छ ।

आठौँ संविधान दिवसका अवसरमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले मतदातालाई पनि उपयुक्त पात्रको छनौट गर्ने नागरिक कर्तव्यबाट नचुक्न सल्लाह दिनुभएको छ ।

सन्देशमा पूर्वप्रधानन्यायाधीश रेग्मीले भन्नुभएको छ, “आज संविधान आठौँ वर्षमा प्रवेश गर्दै गर्दा तीनै तहको पाँचवर्षे कार्यकालको एक चरण पूरा भई अर्को चरणको निर्वाचनको मुखैमा आइपुगेका छौँ । अहिले हाम्रो कमजोर धरातल किन भयो दलहरुले नै समीक्षा गर्नु जरूरी छ ।”

उहाँले अब निर्वाचनपश्चात् पनि उस्तै स्थिति रह्यो र देशले अग्रगमन, सुशासन र समृद्धिको सही मार्ग पहिल्याउँदै अघि बढ्न सकेन भने जनताको निराशा र आक्रोशलाई कसरी चित्त बुझाउन सकिएला भनी प्रश्न गर्दै त्यसतर्फ अहिलेदेखि नै सोच्न जरूरी रहेको उल्लेख गर्नुभएको छ ।

अध्यक्ष रेग्मीले सन्देशभा भन्नुभएको छ, “संविधान दिवस मनाउनुको सार्थकता संविधान अनकूलको आचरण, कार्यान्वयन र स्थायित्वमै रहन्छ । यस दिवसले हामी सबैलाई संविधानले निर्दिष्ट गरेको गन्तव्यमा समर्पित हुन अभिप्रेरित गरोस् भन्ने कामना गर्दछु ।”