२१ मंसिर २०८२, आईतवार
,
Latest
पूर्वराष्ट्रपति भण्डारीद्वारा सिंहदरबारको अवलोकन–फोटोफिचर प्रधानमन्त्री कार्की र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता पोखरा विमानस्थल निर्माणमा भ्रष्टाचारः पाँच पूर्वमन्त्रीसहितलाई मुद्दा चलाइने मिराज ढुंगानले मागे प्रधानमन्त्री कार्कीको राजीनामा विदेश जाने श्रमिकको स्वास्थ्य परीक्षण शुल्क बढाएकामा आपत्ति ठमेलको निर्माणाधीन रेष्टुरेन्टमा आगलागी बर्दिया घटनाको छानबिन गर्न समिति गठन मधेस प्रदेशका मुख्यमन्त्री यादवद्वारा पदभार ग्रहणः सुशासन पहिलो प्राथमिकता एमाले महाधिवेशनको खुल्लासत्रमा सहभागी हुन अध्यक्ष ओलीको पत्र पूर्वराष्ट्रपति भण्डारीले खण्डहर बनेको सिंहदरबारको अवलोकन गर्नुहुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

त्याग र सेवाभाव भएका उम्मेदवार छनौट होस्ः पूर्वाध्यक्ष रेग्मी



अ+ अ-

काठमाडौँ । मन्त्रिपरिषद्का पूर्वाध्यक्ष खिलराज रेग्मीले राजनीतिकलाई आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा इमान्दारिता, कर्मशीलता, त्याग र सेवाभाव भएका सक्षम व्यक्तिको मापदण्ड बनाई उम्मेदवार छनौट सुझाव दिनुभएको छ ।

आठौँ संविधान दिवसका अवसरमा समस्त नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दै उहाँले मतदातालाई पनि उपयुक्त पात्रको छनौट गर्ने नागरिक कर्तव्यबाट नचुक्न सल्लाह दिनुभएको छ ।

सन्देशमा पूर्वप्रधानन्यायाधीश रेग्मीले भन्नुभएको छ, “आज संविधान आठौँ वर्षमा प्रवेश गर्दै गर्दा तीनै तहको पाँचवर्षे कार्यकालको एक चरण पूरा भई अर्को चरणको निर्वाचनको मुखैमा आइपुगेका छौँ । अहिले हाम्रो कमजोर धरातल किन भयो दलहरुले नै समीक्षा गर्नु जरूरी छ ।”

उहाँले अब निर्वाचनपश्चात् पनि उस्तै स्थिति रह्यो र देशले अग्रगमन, सुशासन र समृद्धिको सही मार्ग पहिल्याउँदै अघि बढ्न सकेन भने जनताको निराशा र आक्रोशलाई कसरी चित्त बुझाउन सकिएला भनी प्रश्न गर्दै त्यसतर्फ अहिलेदेखि नै सोच्न जरूरी रहेको उल्लेख गर्नुभएको छ ।

अध्यक्ष रेग्मीले सन्देशभा भन्नुभएको छ, “संविधान दिवस मनाउनुको सार्थकता संविधान अनकूलको आचरण, कार्यान्वयन र स्थायित्वमै रहन्छ । यस दिवसले हामी सबैलाई संविधानले निर्दिष्ट गरेको गन्तव्यमा समर्पित हुन अभिप्रेरित गरोस् भन्ने कामना गर्दछु ।”