२३ आश्विन २०८१, बुधबार
,
Latest
अधिकार सम्पन्न संरचना बनाउँदा मात्रै विपद्पछिको पुन:निर्माण सहज रुपमा गर्नसक्छौं: पूर्वाधारविज्ञ ज्ञवाली जब आलियाले ६ घण्टासम्म पिसाब रोकेर राखिन्… पाल्पामा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु छिन्नमस्ता र कङ्कालिनीमा दर्शनार्थीको भीड २० रुपैयाँको एक बोतल पानी सय रुपियाँमा बेच्दा… एमाले र कांग्रेस संविधान खारेज गर्न लागिरहेको प्रचण्डको आरोप दशैंमा घर फिर्तीको हतारो (फोटो फिचर) खुम्बु क्षेत्र पर्यटकले खचाखच, लुक्लामा एकै दिन दुई सय उडान जीवित देवी कुमारीलाई पचली भैरवको दर्शन गराइयो परिवर्तनका लागि गद्दी त्यागें, तर केही भएन : पूर्वराजा ज्ञानेन्द्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

कोरोना महामारी नियन्त्रणका लागि उच्चस्तरीय समिति गठन



अ+ अ-

काठमाडौ । सरकारले कोरोना महामारी नियन्त्रणका लागि  उच्चस्तरीय समिति गठन गरेका छ । स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठको अध्यक्षतामा गठन भएको समितिमाको उपाध्यक्षमा  स्वास्थ्य मन्त्रालयका सचिव डा.रोशन पोखरेल, सह–उपाध्यक्षमा प्रमुख विशेषज्ञ डा. दिपेन्द्र रमण सिंह र सदस्य सचिवमा नीति योजना तथा अनुगमन महाशाखाका प्रमुख डा गुणराज लोहनी  स्वास्थ्य सेवा विभागका निमित्त महानिर्देशक डा. रामपदारथ बिच्छा, आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागका डा .वासुदेव उपाध्याय, औषधि व्यवस्था विभागका भरत भट्टराई, स्वास्थ्य सेवा विभागको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्णप्रसाद पौडेल र राष्ट्रिय ट्रमा सेन्टरका प्रमुख कन्सल्टेन्ट डा . रुद्र मरासिनी सदस्य रहनु भएको छ ।

समितिलाई  कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रणसँग सम्बन्धित अन्तर्राष्ट्रिय सीमा नाकामा हेल्थ डेस्क सञ्चालन, ट्रेसिङ, क्वारेन्टिन, टेस्टिङ, आइसोलेसन, उपचार व्यवस्थापन, खोप आूर्ति तथा अभियान सञ्चालन, औषधि, औजाररउपकरण खरिद तथा आपूर्ति व्यवास्थपन लगायतका विषयमा नीतिगत निर्णय गर्ने अधिकार दिईएको छ ।   यसैगरी  कोभिड बाहेकका नियमित तथा अत्यावश्यक स्वास्थ्य सेवा प्रवाहलाई सुचारु गर्न आवश्यक नीतिगत निर्णय गर्ने अधिकार पनि समितिलाई दिईएको छ ।

यसै गरी सबै स्वास्थ्य सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रदेश र स्थानीय तहसँग समन्वय र सहजीकरण गर्ने , आर्थिक तथा मानव स्रोत परिचालन गर्न आवश्यक निर्णयहरु गर्ने र कार्यान्वयनका लागि सहजीकरण गर्ने  अधिकार पनि समितिलाई दिईएको छ ।

 यसै गरी सूचना व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक नीतिगत निर्णय गर्ने , दातृ निकाय, विकास साझेदार, अन्तर्राष्ट्रिय संघसंस्था, गैरसरकारी निकाय, निजी संघसंस्थासँग समन्वय गरी प्राविधिक तथा आर्थिक सहयोगलाई उपलब्धिमूलक ढंगले परिचालन गर्ने अधिकार पनि उच्चस्तरीय समितिलाई दिईएको छ ।

समितिलाई  विषय विज्ञहरु सम्मेलित विज्ञ समूह गठन गरी प्राविधिक विषयमा सरसल्लाह र सुझाव लिने र कम्तीमा हप्ताको दुई पटक बैठक बसी कोभिड–१९ महामारी रोकथाम तथा नियन्त्रण र नियमित स्वास्थ्य सेवा प्रवाह सम्बन्धी उत्पन्न समस्हरुको समाधान गर्ने जिम्मेबारी दिईएको छ ।