८ कार्तिक २०८१, बिहीबार
,
Latest
महिलालाई बन्धक बनाइएको अभियोगमा दुई पक्राउ जलवायु न्यायका लागि संवेदनशील बन्न उपप्रधानमन्त्री पौडेलको विश्व समुदायलाई आग्रह अन्यायको शिखरमा उभिएर न्यायको भिख माग्न आएको छु श्रीमान् रवि र छवि सहित १२ जना बिरुद्ध रुपन्देही जिल्ला अदालतबाट पक्राउ अनुमति पत्र जारी बिमा प्राधिकरणबाट रु एक करोड हस्तान्तरण श्रीलंकाविरुद्ध नेपालको सानदार जित, सेमिफाइनलमा भारतसँग भिड्ने राप्ती नदीमा डुबेर तीन बालिकाको मृत्यु विश्वले गम्भीर चुनौतको सामना गरिरहेको छः चिनियाँ राष्ट्रपति विश्वविद्यालय केही व्यक्तिहरुबाट असुरक्षित छ, सरकारले हस्तक्षेप गर्नुपर्छः मन्त्री भट्टराई साफ महिला च्याम्पियनसिपः पहिलो हाफमै श्रीलंकाविरुद्ध नेपाल ४–० ले अघि
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता विधेयक संशोधन गर्ने व्यवस्था गर्न आग्रह



अ+ अ-

काठमाडौं, २ असोज । पूर्व सुरक्षाकर्मी परिषद् नेपालले नागरिकता विधेयक संशोधन गर्ने व्यवस्था गर्न सरकारसमक्ष आग्रह गरेको छ ।

आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा अन्तक्रिया कार्यक्रमको आयोजना गरेर उक्त विधेयकले नेपाली नागरिकहरु नै लोपोन्मुख अवस्थामा पुग्ने भन्दै संशोधनको माग गरेको हो ।

नेपालको दिर्घकालिन हित र राष्ट्रिय सुरक्षा सम्बन्धमा विज्ञहरु सम्मिलित नागरिकता आयोग गठन गरी सम्पुर्ण नागरिकता छानबिन सहितको प्रतिवेदनका आधारमा मात्र नागरिकता विधेयक संशोधन गर्ने व्यवस्था गर्न परिषदले माग गरेको छ ।
मुलुकमा वैवाहित अंगिकृत र जन्मको आधारमा नागरिकता वितरण गर्नु र त्यसमा कुनै पनि सर्तसमेत नराखिनुमा जनसंख्याको राजनीतिक दुस्चक्रमा फस्ने परिषदले ठहर गरेको छ ।

बसोबास तथा जन्मको आधारमा समेत नागरिकता वितरण खुल्ला गर्दा रोहिङ्गा, भुटानी र तिब्बती शरणार्थीहरुबाट पनि जन्मिने सन्ततीले समेत सहजै नेपाली नागरिकता पाउने अवस्था हुने परिषदले जारी गरेको विज्ञप्तीमा उल्लेख गरेको छ ।

पत्रकार सम्मेलनमा बोल्दै इतिहासकार डा.प्रेमसिंह बस्न्यातले देशमा बाह्रबुँदे सम्झौता पछि राष्ट्र घात हुँदै आएको बताएका छन् । देशमा गरिबीको संख्या उल्लेख्य रहेको भन्दै मुलुकमा गरिब उन्मुलन हुन कम्युनिष्टको उन्मुलन हुनुपर्ने टिप्पणी गरे । उनले भने,“जहाँ कम्युनिष्ट रहन्छ, त्यहाँ गरिब नभइकन कम्युनिष्ट रहदैन कम्युनिष्टको नाममा १२ बुंदेपछि निरन्तर राष्ट्र घात हुँदै आएको छ ।”

फरक प्रसंगमा बोल्दै डा.बस्न्यातले मुलुकमा भएका न्यायपालिका, कार्यपालिका र व्यवस्थापालिका भिन्न अंग भएको भन्दै त्यसमा कसैले केही गर्न नसक्ने धारणा राखे ।

यसैगरी, पूर्व जनरल चीनिया बहादुर बस्नेतले ३ करोड नेपालीहरुको देशमा सबैको समान अधिकार भएको धारणा राखेका छन् । ‘देश सबैको साझा सम्पत्ति हो’ भन्दै उनले २/४ जनाले देश डुबाएको आरोप लगाए ।

नेपालका सिमानामा ३ सय भन्दा बढी स्थानमा अतिक्रमण भएको बारे नेतृत्वले त्यसको विषयमा एक शब्द पनि नबोलेकोमा उनले आपक्ति जनाए । उनले भने,“लिपुलेक,लिपियाधुरा, कालापानी विदेशीले लिएपनि त्यसको बारेमा कोही बोल्दैनन् अब त देश नै बेच्न लागे ।” देश सम्हालेका नेतृत्वहरु पैसामा मरिहत्ते गरेको भन्दै उनले नेताहरुले विदेशीको गुलाम गर्न पनि तयार भएको बताए ।

नागरिकता विधेयकबारे बोल्दै उनले उक्त विधेयकले नेपालीलाई ध्वस्त बनाउन खोजेको टिप्पणी गरे । विधेयक फिर्ता गराउने विषयमा राष्ट्रपति विद्यादेवी भण्डारीले खुट्टा नकमाउन आग्रह गरे । उक्त विधेयक तत्काल खारेज गर्नुपर्नेमा जोड दिए ।

त्यस्तै, पूर्व एआईजी रविराज थापाले राष्ट्रपति, प्रधानमन्त्री जोसुकैले पनि सबैभन्दा पहिला नेपाली हु भन्ने सम्झन पर्ने बताए । नेपाली नै नरहे केही पनि बाँकी नरहने उनको भनाइ थियो । संसदबाट दुईपटक पारित गरेर राष्ट्रपतिलाई प्रमाणीकरण गर्न पठाइएको नागरिकता विधेयक नेपालीको अस्तित्वको संकटसँग जोडिने उनले बताए ।

यसबाट पैसा हुने विदेशीले नेपालमै सम्पत्ति किनेर नेपाली माथि नै अधिकार जमाउने उनले टिप्पणी गरे ।

यसैगरी, डा.द्वारिकानाथ ढुंगेलले देश निर्वाचनमा गइरहेको अवस्थामा सरकारले नागरिकता विधेयक फिर्ता गर्नुपर्ने धारणा राखे । रातारात संसदबाट उक्त विधेयक पारित गरे नागरिकतामाथि खेलवाड गरेको उनले आरोप लगाए ।

सरकारलाई विधेयक फिर्ता गर्न आग्रह गर्दै आफुहरुले राष्ट्रपति भण्डारीसमक्ष देश हितमा नरहेको बारे ध्यानाकर्षण गराएको जानकारी दिए ।

उनले नेपालकै जसले नागरिकता पाउनुपर्ने व्यक्तिहरुले अझैपनि नागरिकता नपाएको दुखोसो पोखे । परिषदले जारी गरेको प्रेश विज्ञप्ती अध्यक्ष कोमल बहादुर राउतले वाचन गरेर सुनाएका थिए ।