९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

एमाले फुटेको होईन, ठाउँ भत्काउने इँटा खुस्केको हो टाल्न सकिन्छ : केपी ओली (भिडियो सहित)



अ+ अ-

काठमाडौ ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी फुटेको नभई केही मानिस मात्र अलग भएको बताउनु भएको छ ।

बिहीबार नेपाल न्यूज एजेन्सीसँग कुरा गर्दै अध्यक्ष ओलीले भन्नुभयो "एकाध ठाउँ भत्काउने, इँटा खुस्काउने गर्न सक्लान् । तर त्यो टाल्न सकिन्छ, अपूरणीय क्षति होइन, भवन नै ध्वस्त हुने क्षति होइन ।’ केही मानिसहरु बाहिरिएपनि  यसले एकाध ठाउँमा असर गगर्ने तर अपूरणीय क्षति नहुने दाबी गर्नुभयो ।"

अर्को एक प्रसगमा ओलीले एमालेले १४ सांसदलाई पदमुक्त गर्न पत्र लेखेको तीन दिन हुँदा पनि केही नगरेको भन्दै सभामुख अग्नी सापकोटा प्रति आक्रोस व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो  सभामुख अत्यही पदमा रहिरहने कि पार्टीको कार्यकर्ता हुने भन्ने कुरा रोज्नुपर्छ ।  

उहाँले भन्नुभयो "अझै कागजपत्र हेर्छु भनेको भन्दै अलमल्याईरहेका छन् । ‘सभामुख न्यायाधीश होइन, सूचना टाँसिदिने हो।’उहाँले माओवादी कार्यकर्ता भएर एमालेविरुद्ध काम नगर्न चेतावनी दिदै ‘संसद चलाउनु छ कि छैन ? सभामुख हुनु छ कि छैन ? उहाँले गैरकानूनी ढंगले संसद चल्न नसक्ने भन्दै उहाले सभामुख भएपछि निष्पक्ष भूमिका निर्वाह गर्नुपर्छ, होइन भने सभामुख छोडिदिए हुन्छ ।’