२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा केन्द्रीय कार्यकारी समिति सदस्य अमृता अग्रहरी एमालेमा प्रवेश



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारी समितिकी सदस्य तथा निवर्तमान सांसद अमृता अग्रहरी नेकपा एमालेमा प्रवेश गरेकी छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निवास बालकोटमा उनलाई पार्टीमा स्वागत गरेका हुन् । सचिवालय बैठक चलिरहेको बेला उनलाई पार्टीमा स्वागत गरिएको नेता योगेश भट्टराईले जानकारी दिए ।

नेपालको लोकतान्त्रिक आन्दोलनका नेता गजेन्द्र नारायण सिंहको प्रेरणाबाट राजनीतिमा कृयाशिल रहेको बताउने कपिलवस्तुकी अग्रहरि राष्ट्रिय जनता पार्टी राजपाबाट सांसद बनेकी थिइन् ।

राजपा र संघीय समाजवादी पार्टी एकीकरणपछि बनेको जनता समाजवादी पार्टी जसपा फुटेपछि उनी तटस्थ बसेकी थिइन् । अग्रहरीलाई ओलीले माला अबिर लगाएर पार्टी प्रवेश गराएका हुन् ।