१५ श्रावण २०८३, शुक्रबार
,
Latest
सरकार र लघुवित्त पीडितबीच दोस्रो चरणको वार्ता अर्थ मन्त्रालयमा सुरु तराई–मधेस घटनाले राष्ट्रिय समीक्षा आवश्यक बनाएको राप्रपाको निष्कर्ष धनुषाका प्रजिअ लुइँटेलद्वारा सद्भाव कायम गर्न अपिल वीरगञ्जमा आज पनि निषेधाज्ञा मुख्यमन्त्री शाहीद्वारा मधेसले भोगेको घटनाप्रति दुःख व्यक्त गण्डकी प्रदेशसभा बैठक : गाँजा खेतीसम्बन्धी विधेयक पुनः पारित नेप्से परिसूचक दोहोरो अङ्कले बढ्यो सामाजिक सद्भाव र राष्ट्रिय एकता कायम राख्न राष्ट्रिय सभा अध्यक्षको अपिल सुकुम्बासी बस्ती हटाउँदा प्रभावित बालबालिकाको शिक्षा प्राप्तिमा कुनै कमी हुन दिदैनौ: शिक्षा मन्त्री रोखरेल प्रधानमन्त्री शाहद्वारा सुनसरीसहित प्रभावित क्षेत्रमा शान्ति–सुरक्षा सुदृढ बनाउन योजनाबद्ध प्रयास भइरहेको दाबी
तपाईं के खोज्दै हुनुहुन्छ ?

जसपा केन्द्रीय कार्यकारी समिति सदस्य अमृता अग्रहरी एमालेमा प्रवेश



अ+ अ-

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारी समितिकी सदस्य तथा निवर्तमान सांसद अमृता अग्रहरी नेकपा एमालेमा प्रवेश गरेकी छन् ।

एमाले अध्यक्ष केपी शर्मा ओलीले आफ्नो निवास बालकोटमा उनलाई पार्टीमा स्वागत गरेका हुन् । सचिवालय बैठक चलिरहेको बेला उनलाई पार्टीमा स्वागत गरिएको नेता योगेश भट्टराईले जानकारी दिए ।

नेपालको लोकतान्त्रिक आन्दोलनका नेता गजेन्द्र नारायण सिंहको प्रेरणाबाट राजनीतिमा कृयाशिल रहेको बताउने कपिलवस्तुकी अग्रहरि राष्ट्रिय जनता पार्टी राजपाबाट सांसद बनेकी थिइन् ।

राजपा र संघीय समाजवादी पार्टी एकीकरणपछि बनेको जनता समाजवादी पार्टी जसपा फुटेपछि उनी तटस्थ बसेकी थिइन् । अग्रहरीलाई ओलीले माला अबिर लगाएर पार्टी प्रवेश गराएका हुन् ।