२४ मंसिर २०८२, बुधबार
,
Latest
किसानबाट एक करोड ४४ लाखबढीको धान खरिद निर्वाचन आयोगद्वारा सशस्त्रको गुल्म सम्मानित जेजजीका नामका प्रधानमन्त्रीले चटक देखाएको राप्रपा प्रवक्ता शाहीको आरोप मानव अधिकारमैत्री समाज निर्माणका लागि अधिकार र दायित्वको समुचित प्रयोग आवश्यक-अध्यक्ष मगर मोरक्कोमा भवन भत्किँदा १९ जनाको मृत्यु, उद्धार कार्य तीव्र खैरो हिरोइनसहित आठ जना पक्राउ बर्दिया घटनाबारे गठित छानविन समितिद्वारा स्थलगत अध्ययन सुरु काठमाण्डुलाई चार विकेटले हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, विराटनगरसँग भिड्ने मर्यादित महिनावारी अन्तरराष्ट्रिय सिकाइ सम्मेलन सम्पन्न रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
तपाईं के खोज्दै हुनुहुन्छ ?

अध्यक्ष ओलीसँग विश्व बैंकका उपाध्यक्षद्वारा शिष्टाचार भेट



अ+ अ-

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग विश्व बैंकका उपाध्यक्ष मार्टिन रसेरले शिष्टाचार भेट गर्नुभएको छ ।

चारदिने नेपाल भ्रमणमा रहनुभएका रसेरले अध्यक्ष ओलीे निवास बालकोटमा आज विहान भेट गर्नुभएको हो ।

भेटमा उपाध्यक्ष रसेरले विश्व बैंक नेपालसँग दीर्घकालीन र बलियो साझेदारी गर्न चाहेको र त्यसका लागि उपयोगी र अति आवश्यक आयोजनाहरूको छनौट पनि भएको वताउनुभयो ।

सो अवसरमा अध्यक्ष ओलीले राजनीतिक, आर्थिक, सामाजिक चुनौतीका बावजुद नेपाल विकास यात्रामा अगाडि नबढी रहन सक्दैन भन्नुभयो ।

अध्यक्ष ओलीले कुनै उद्देश्य, गन्तव्य र दृष्टिकोण नभएको वर्तमान गठबन्धन सरकारले रोकेका देशको विकास र गरिबी निवारणका कामलाई आगामी निर्वाचनपछि एमालेले सरकार गठन गरी अगाडि बढाउने वताउनुभयो । उहाँले देशको अर्थतन्त्रलाई चलायमान बनाउन सहयोग पुर्याइने वताउनुभयो ।

भेटमा नेकपा (एमाले) का उपमहासचिव विष्णु रिमाल र डा.अन्जान शाक्य सहभागी हुनुहुन्थ्यो ।