१० आश्विन २०८३, शनिबार Saturday, September 26, 2026
१० आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा News Polar कान्ति लोकपथमा खसेको पहिरो हटाइयो News Polar एमाले हार्दाहार्दै पनि ‘एक्लै’ जित्न खोजिरहेका ओली News Polar एकीकृत विपद् व्यवस्थापन भवनको निर्माण ९२ प्रतिशत News Polar एसियाली खेलकुद ब्याटमिन्टनः इरानसँग नेपाल पराजित News Polar संयुक्त राष्ट्रसङ्घको महासभामा सहभागिताले नेपालको प्रतिष्ठा अभिवृद्धि News Polar काँग्रेस अधिवेशन भविष्यको मार्गचित्र कोर्ने परीक्षा होः डा. शशांक कोईराला News Polar काँग्रेस संस्थापन इतर पक्षको १५ औं महाधिवेशनः क्रियाशील सदस्यता निर्वाचन समितिलाई हस्तान्तरण, नयाँ वेबसाइट सार्वजनिक News Polar काँग्रेस संस्थापन इतर पक्षले पार्टीको १५ औं महाधिवेशन मंसिरको २१, २२ र २३ गते गर्ने News Polar गगन थापालाई ‘ग्याङस्टार’ भन्नेहरूमाथि रामसरोज यादवको प्रहारः ‘विनाशकाले विपरित बुद्धि’ News Polar बागलुङका दुई मुख्य राजमार्ग अवरुद्ध News Polar मौसम प्रतिकूलता भएसँगै मुस्ताङको पर्यटन क्षेत्र प्रभावित News Polar धाप ड्याम पूर्णरूपमा सुरक्षित : ऊर्जा मन्त्रालय News Polar अन्तर्राष्ट्रिय वित्तीय संरचनामा सुधार गर्न परराष्ट्रमन्त्री खनालको आह्वान News Polar सडक सञ्जाल अवरुद्ध हुँदा रसुवामा खाद्यान्न अभाव, बिरामी मारमा News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता, महासभामा जलवायु न्याय र हिमाली जोखिमको मुख्य मुद्दा News Polar सोह्र श्राद्ध शुरुः पितृप्रति कृतज्ञता र तर्पणका लागि पवित्र जलाशयमा श्रद्धालुको घुइँचो News Polar जनकपुरधामको दशैँ पर्वलाई सुरक्षित र मर्यादित बनाउन सरोकारवालाको जोड News Polar मध्य–मर्स्याङ्दीको विद्युत् उत्पादन बन्द News Polar प्रधानमन्त्री शाह स्वदेश फिर्ता

रामपुर अस्पतालमा रक्तसञ्चार केन्द्रको अभाव

रामपुर अस्पतालमा रक्तसञ्चार केन्द्रको अभाव
अ अ+ अ-

रामपुर । पाल्पा जिल्लाकै सरकारी क्षेत्रमा ठूलो अस्पतालका रुपमा रामपुर अस्पताल पर्दछ । विशेषज्ञसहित सेवा प्रदान गर्ने उद्देश्यले १५ शय्यामा सञ्चालित सो अस्पताललाई ५० शय्यामा स्तरोन्नति गरिएको हो ।

अस्पतालको स्तरोन्नति भएसँगै पूर्वाधार विकासमा जोड दिइएको छ । हाल यस अस्पतालमा सेवा लिन पुग्ने सेवाग्राहीको चाप दिनहुँ बढ्दो छ । बिरामीको चाप बढ्दै जाँदा यहाँ रक्तसञ्चार केन्द्रको अभाव खड्किएको छ । पूर्वी पाल्पासहित स्याङ्जा, तनहुँ र नवलपरासी सुस्ता पूर्व ९नवलपुर० क्षेत्रका नागरिक स्वास्थ्य सेवाको पहुँचमा प्रत्यक्ष अस्पतालसँग जोडिएका छन् । यी क्षेत्रका नागरिकले स्वास्थ्य सेवा लिने भरपर्दो र दैनिक जीवनयापनसँग जोडिएको अस्पताल हो । सेवाग्राहीको सङ्ख्या थपिँदै जाँदा अस्पतालमा विभिन्न प्रकृतिका बिरामी उपचारमा आउने गरेको पाइन्छ ।

पछिल्लो समय यस क्षेत्रमा सडक स्तरोन्नति तथा पक्की बन्दै जाँदा दुर्घटना दिनहुँजसो हुने गरेको छ । आकस्मिक सेवा लिन आउने बिरामीलाई तत्काल रक्तसञ्चार दिनुपर्ने हुँदा रगत अभावको समस्या स्थानीयले भोगिरहेका छन् । कतिपय सन्दर्भमा रक्तदान गर्न इच्छुक भए पनि समूह नमिल्दा अप्ठ्यारो स्थिति पनि भोग्नु परिरहेको छ ।

अस्पतालको दायरा बढ्दै जाँदा धेरै टाढाका बिरामी सेवा लिन आउने क्रम बढिरहेको हुँदा कतिपय बिरामीलाई तत्काल ब्लड दिनुपर्ने अवस्था रहेकाले यहाँ रक्तसञ्चार केन्द अति आवश्यक रहेको रामपुर अस्पताल विकास समितिका अध्यक्ष रामप्रसाद ढकाल ९रमेश० बताउनुहुन्छ ।

“अस्पताल आफैँले मात्रै पहल गरेर मात्रै हुँदो रहेनछ, रक्तसञ्चार केन्द्र स्थापना गर्न नेपाल रेडक्रस सोसाइटी रामपुर उपशाखासँग कुरा भइरहेको छ,” उहाँले भन्नुभयो, “यस सम्बन्धमा स्वास्थ्य मन्त्रालय, स्वास्थ्य विभागमा पत्र पठाइएको छ तर रक्तसञ्चार केन्द्र स्थापनाका लागि अहिलेसम्म कुनै पनि जानकारी आएको छैन ।”

रेडक्रसको पहलमा रामपुर अस्पतालमा रक्तसञ्चार केन्द्र स्थापना गर्ने कुरा भए पनि स्थानीय सरकार, अस्पताल विकास समिति र रेडक्रस समितिबीचको छलफल गर्ने तालमेल नमिल्दा अहिलेसम्म प्रक्रिया अगाडि बढ्न नसकेको नेपाल रेडक्रस सोसाइटी रामपुर उपशाखाका अध्यक्ष मनोरथ भट्टराईले बताउनुभयो ।

“केन्द्र स्थापना नहँुदासम्मका निम्ति हाललाई स्थानीयबाट रक्त समूह पहिचान गरेर राखिएको छ, अति आवश्यक परेको खण्डमा बिरामीलाई रगत उपलब्ध गराइएको छ, यसले ठूलो राहत मिलेको छ,” उहाँले भन्नुभयो ।

रेडक्रस सोसाइटी र रामपुर अस्पतालको समन्वयमा तत्काल रक्तसञ्चार दिनुपर्ने बिरामीलाई दृष्टिगत गर्दै विभिन्न स्थानमा शिविर आयोजना गरी रक्त समूह पहिचान गर्ने काम भएको छ । यहाँ पहिलो चरणमा रामपुर नगरपालिका–५, ६ र ७ तथा शहीद बहुमुखी क्याम्पसमा शिविर आयोजना गरी रक्त समूह पहिचान गरिएको छ । अब क्रमशः नगरका अन्य वडा तथा स्थानमा शिविर सञ्चालन गर्ने तयारी रहेको छ ।

अस्पतालमा बिरामीको अवस्था हेरेर चिकित्सकको सल्लाहमा आवश्यकता पहिचान गरी ब्लड दिने गरिएको छ । यहाँ केन्द्र स्थापना भएको खण्डमा रक्तसञ्चार अभाव हुने समस्या सधाका लागि हट्नेछ । रामपुर अस्पतालमा निर्माण भइरहेको भवन सकिन लागेकाले रक्तसञ्चार केन्द्र स्थापनका लागि पूर्वाधारको समस्या भने हुनेछैन ।

चिरफार, दुर्घटना, हड्डी, गाइनोलगायत ठूला–ठूला रोगको शल्यक्रिया गर्नुपर्ने बिरामीलाई रगत आवश्यक पर्ने भएकाले ब्लड बैंक स्थापना गरी पहिले नै रगत सङ्कलन गरियो भने रामपुरमा जुनसुकै समय पनि रगतको अभाव नहुने सिटी मेडिकल हल रामपुरका सञ्चालक अमृत काफ्ले बताउनुहुन्छ । “अहिलेलाई काम चलाउन आवश्यक पर्दा रक्त समूह परीक्षण गरेर तत्काल रगत झिकेर दिने गरिएको जानकारी छ, अस्पतालको सेवासुविधा बढ्दै जाँदा यहाँ ब्लड बैंक नै आवश्यक छ, यसको व्यवस्थापनका लागि सम्बन्धित निकाय तात्नुपर्ने हुन्छ”, उहाँले भन्नुभयो ।

उहाँका अनुसार मेडिकलमा सेवा लिन आउने सेवाग्राहीलाई रगत अभावको समस्या देखिएमा रामपुर अस्पताल, सदरमुकाम तानसेनस्थित युनाइटेड मिसन अस्पताल र लुम्बिनी मेडिकल कलेज प्रभास पठाउने गरिएको छ । सुत्केरी र आकस्मिक रुपमा अस्पतालमा भर्ना हुने बिरामीलाई रगत तत्काल आवश्यक पर्ने हुँदा दीर्घकालीन रुपमा यसको व्यवस्थापन गरिनुपर्ने बताउनुहुन्छ, युवा अशोक श्रेष्ठ ।

सामान्य स्वास्थ्य सेवासम्मको पहुँच सम्पूर्ण नागरिकको अधिकार हो । व्यवस्थित तरिकारले सञ्चालन भएको रक्तसञ्चार सेवा स्वास्थ्य सेवाको एउटा अभिन्न अङ्गका रुपमा पदर्छ, जसको माध्यमबाट धेरै जीवन बचाउन सकिन्छ । त्यसकारण गाउँ गाउँमा यसको पहुँच पु¥याउन सकियो भने रगत अभावमा कोही पनि बिरामीले अकालमा मृत्युवरण गर्नु पर्दैन । रासस