२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हालसम्मका उपलब्धि दलको सहमति र सहकार्यबाटै सम्भव भएको हो: पूर्वप्रम खनाल



अ+ अ-

काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालले हालसम्म प्राप्त राजनीतिक उपलब्धि दलको सहमति र सहकार्यले नै सम्भव भएको बताउनुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले हालको राजनीतिक व्यवस्थाअनुसार मुलुकमा कुनै दलले एक्लै सरकार बनाउछु भन्ने अवस्था नरहेको धारणा व्यक्त गर्नुभयो । “नेपालमा एकल बहुमत ल्याउँछु, एक्लै सरकार बनाउँछु भन्ने सोच्नु हुँदैन”, पूर्वप्रधानमन्त्री खनालले भन्नुभयो, “नेपालमा धेरै परिवर्तन पार्टी मिलेर नै भएका हुन्, संविधान जारी गर्दा होस् वा त्योभन्दा अगाडिका आन्दोलनमा होस् ।”

कृषिमा देशलाई आत्मनिर्भर बनाउँदै भूमिसुधारको काममा ध्यान दिनुपर्नेमा जोड दिँदै उहाँले भन्नुभयो, “नेपाली जनता सही नेतृत्व छान्न सक्ष्मा भइसकेका छन्, आउने सरकारले देशमा भूमिसुधार गर्न सकोस्, कृषिमा आत्मनिर्भर बनाउन सकोस् ।”

पूूर्वप्रधानमन्त्री खनालले संविधान र सङ्घीयता कार्यान्वयन जस्तो महत्वपूर्ण उपलब्धि संसद्को यो कार्यकालमा भएको र यो अवधिमा धेरै कानुन बनाउनुलाई पनि उपलब्धिका रुपमा हेरिनुपर्नेमा जोड दिनुभयो ।

नेपालमा संविधान जारी भएपछि भएको निर्वाचनमा देशले ठूलो अपेक्षा राखिएको भए तापनि अपेक्षाअनुसार कृषि, शिक्षा, स्वास्थ्य, उद्योग रोजगारसम्बन्धी विकास हुन नसकेको उहाँले बताउनुभयो ।

“देशमा राष्ट्रिय उद्योगधन्दा निर्माण गर्न सकिने थियो, देशमा ठूलोमात्रामा जङ्गल छ, छ हजार नदीनाला नै छन्”, उहाँले थप्नुभयो, “पानी उद्योग खोल्न सकिन्थ्यो, जडीबुटीजन्य उद्योग खोल्न सकिने थियो, पर्यटन उद्योगमा शृङ्खलाबद्ध तरिकाले काम सकिन्थ्यो तर हुन सकेन ।” देशमा १४ विश्वविद्यालय, धेरै कलेज र विद्यालय भए पनि राम्रो रोजगारीमूलक शिक्षा दिन नसकेको र शैक्षिक क्षेत्रमा अझ अराजकता बढेको बताउनुभयो ।

वर्तमान सरकार पाँच दलको साझा धारणामा बनेको उल्लेख गर्दै उहाँले बहुदलीय व्यवस्थामा दल मिलेर आफ्नो एजेण्डासहित सरकारमा सहभागी हुने र सरकार ती दलको भावनाविपरीत जान नसक्ने धारणा राख्नुभयो ।

विश्वका धेरै प्रजातान्त्रिक देशमा संसद् विघटन गर्नसक्ने व्यवस्था नभएको उल्लेख गर्दै उहाँले नेपालको संविधानले पनि अर्को सरकार गठनको विकल्प रहँदा संसद् विघटन गर्ने अधिकार नदिएको स्पष्ट पार्नुभयो । यस्तो अवस्थामा पनि संसद् विघटन हुनु दुर्भाग्य भएको उहाँको भनाइ थियो ।