३ पुष २०८२, बिहीबार
,
Latest
एमालेको मतदान सकियो ,मतपरिणाम आजै सार्वजनिक हुने अवकाशपछिको जाँगरः मौरीपालनबाट मनग्य आम्दानी गर्दै घनश्याम यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर निर्वाचन कार्यक्रमका लागि नागरिक शिक्षा प्रवर्द्धन स्रोत पुस्तिका सार्वजनिक जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्थानीय तहहरुलाई बजार अनुगमन गर्न मन्त्री बडूको आग्रह



अ+ अ-

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले स्थानीय तहहरुलाई बजार अनुगमन गर्न आग्रह गर्नुभएको छ ।

शनिबार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले थापाथलीमा स्थापना गरेको चाडवाड लक्षित सुपथ मूल्य पसलको उद्घाटन गर्दै मन्त्री बडूले स्थानीय तहहरुलाई प्रभावकारी रुपमा बजार अनुगमन गर्न आग्रह गर्नुभएको हो । उहाँले दशैँ, तिहार, छठ लगायतका चाडपर्वहरु आइरहेको र चाडपर्वको बेलामा बजारमा अस्वभाविक रुपमा मुल्यवृद्धि हुने भएकाले तिनै तहको सरकारले बजार अनुगमन गर्नुपर्ने बताउनुभयो ।

उहाँले मन्त्रालयले जनशक्ति बढाएर अनुगमन बढाइरहेको भएपनि मन्त्रालयको एकल प्रयास मात्र सम्भव नहुने बताउनुभयो । उहाँले बजार अनुगमनका लागि प्रदेश र स्थानीय तहको अधिकार बढेको भएपनि ति तहहरुबाट अपेक्षित र प्रभावकारी रुपमा अनुगमन हुन नसकेको बताउनुभयो । मन्त्री बडूले खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई आफ्नो सम्पतिको यथार्थ अभिलेखिकरण राख्न निर्देशन दिनुभयो । उहाँले कम्पनीको सम्पतिलाई सदुपयोग गर्दै जनतालाई सस्तो सेवा दिन पनि निर्देश गर्नुभयो ।

उहाँले भन्नुभयो – ‘नेशनल ट्रेडिङ र खाद्य संस्थान एक ठाउँमा आइसकेपछि यसको सम्पति धेरै बढेको छ । भौतिक सम्पति धेरै बढेको छ तर त्यसको क्यास सम्पतिमा तपाईहरु रुपान्तरण गरेर त्यसको व्यापारिक लाभ लिन सक्ने योजना तयार गर्नुस् । सहि अभिलेखिकरण हुन सकिरहेको अवस्था होइन भन्ने सुनिरहेको छु । यसलाई छिटोभन्दा छिटो अभिलेखिकरण गर्नुस् । र यो सम्पतिको सदुपयोग जनताको सेवामा, सस्तो सेवा दिन सकौँ । सस्तो सेवा धेरै ठुलो परिमाणमा दिन सकियो भने नाफा पनि कमाउनुहुन्छ । यसको परिमाण बढाउनुस् । अनुगमन पनि हुनुपर्ने अवस्था छ । गुणस्तरीय वस्तु सर्कुलेशनमा आउनुप¥यो । बजारको अनुगमन बढाउनुपर्छ । मन्त्रालय सचेत छ ।’

‘बजार क्षेत्रमा पनि अनुगमनलाई यतिबेला हामीले विशेष रुपले जनशक्ति बढाएर अनुगमनको टिमहरु बढाएर, जनशक्ति बढाएर पनि हामीले अनुगमन बढाइरहेका छौँ मन्त्रालयको तर्फबाट । यो अनुगमन कार्य मन्त्रालयको निकायबाट मात्र सम्भव देखिएन । अनुगमनको निम्ति अधिकार जिल्लामा अझ बढाएको छ । प्रदेश र स्थानीय तहमा बढाएको छ । स्थानीय तहको अनुगमन त्यति प्रभावकारी, अपेक्षित ढंगले हुन सकेन । त्यसकारण उहाँहरु पनि लाग्नुभयो भने जनतालाई सहज ढंगले मुल्यमा नियन्त्रण गरेर सहज र सुपथ मुल्यमा दिन सक्ने स्पष्ट अवस्था छ । यसका लागि पनि हामी प्रयत्न गरिरहेका छौँ ।’

मन्त्री बडूले चाडपर्व लक्षित सुपथ मूल्य पसलमा विक्रि वितरण गर्ने खाद्यवस्तुको संख्या र सहुलियत बढाएको बताउनुभयो । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले ४१ जिल्लाका ४५ वटा शाखाहरुमा एकै पटक सुपथ मूल्य पसल उद्घाटन भएर सञ्चालनमा आएको जनाएको छ ।