• ७ बैशाख २०८१, शुक्रबार
  •      Fri Apr 19 2024
  •   Unicode
Logo
Latest
★   भारतले रोक्यो नेपाली चियाको निर्यात ★   ब्रम्हलुट र मनपरितन्त्रको अन्त्य चाहने हो भने ईलामेलि जनताले राप्रपा नेपाललाई रोज्नुपर्छ:- महामन्त्री बर्तौला ★   बालेनको कारबाही: राप्रपालाई ५ हजार २२२ रुपैयाँ जरिवाना ★   काठमाडौं महानगरमा निःशुल्क उपचार सेवा, कस्ताले पाउछन् याे सेवा ★   कोशी प्रदेश सभा: विश्वासको मत लिन सभामुखको निर्देशन ★   अवैध औषधि बेच्ने दुई मेडिकल बन्द ★   एमाले प्रतिनिधि परिषद् बैठकको तयारी पूरा ★   अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ– महान्यायाधिवक्ता ★   फास्ट ट्रयाक तोकिएकै समयमा बनिसक्छ, हालसम्म लागत बढेको छैनः प्रधान सेनापति शर्मा ★   काठमाडौँ–तराई–मधेश द्रूतमार्गको भौतिक प्रगति ३३ प्रतिशत

प्रतिनिधिसभाको अन्तिम दिन: शीर्ष नेताहरुले सम्बोधन गर्नुहुने



काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा प्रमुख राजनीतिक दलका शीर्ष नेताहरुले सम्बोधन गर्नुहुने भएको छ । बैठक अहिले १ः३० बजे प्रारम्भ भएको छ ।

सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली, नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसहित शीर्ष नेताहरूले सम्बोधन गर्नुहुनेछ ।

बैठकमा सभामा प्रस्तुत हुन नसकेका मौखिक प्रश्नको उत्तर सम्बन्धित मन्त्रीबाट टेबुल गरिने कार्यसूची रहेको सचिवालयले जनाएको छ । यसैगरी अधिवेशन समापनका अवसरमा दलीय आधारमा सांसदहरुले आ–आफ्नो भनाइ राख्नुहुनेछ ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले राष्ट्रपतिबाट प्राप्त पत्रको व्यहोरा पढेर सुनाउनुहुने कार्यसूची छ । मन्त्रिपरिषद्को आजको बैठकले प्रतिनिधिसभाको चालू ११औँ अधिवेशन अन्त्यका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । सरकारले आगामी मङ्सिर ४ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको मिति तोकेको छ ।