२० मंसिर २०८२, शनिबार
,
Latest
सुदूरपश्चिमले विराटनगरलाई दियो १४८ रनको लक्ष्य नागरिकको मुहारमा खुशी ल्याउनसक्ने विकास आजको आवश्यकताः राष्ट्रपति पौडेल फापरखेतको पहिरोको विकल्पमा बेलिब्रिज बनाउने योजना अन्यौलमा चितवनमा स्पाइनल इन्जुरी रिह्याबिलिटेसन सेन्टरको सेवा शुभारम्भ हेटौँडा मुख्य सडक विस्तारका लागि भौतिक संरचना भत्काउन सुरु ज्यान जोखिममा राखेर विद्यालय पुग्छन् ढेबुवाका विद्यार्थी, सुनकोशीमा ‘रबरबोट’ को सहारा एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किङ्ग्सबीच प्रतिस्पर्धा बजार अनुमगनमा विभाग थप सक्रिय कान्ति राजमार्ग मर्मतका लागि आजदेखि बन्द हुने एनपिएल : आज दुई खेल हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता विधेयक प्रमाणीकरणका लागि दबाव दिन धर्ना



अ+ अ-

काठमाडौँ । नागरिकताविहीन संघर्ष समिति नेपालले नागरिकता विधेयक, २०७९ प्रमाणीकरणका लागि माइतीघरमा धर्ना दिएको छ ।

धर्नामा सहभागीहरुले बुबाआमा दुवै नेपाली दुवै नेपाली नागरिकका सन्तान अनागरिक कहिलेसम्म र नेपाली आमाको सन्तान अनागरिक कहिलेसम्म भन्दै धर्ना दिएका हुन् ।

समितिले नागरिकता विधेयक, २०७९ शीघ्र राष्ट्रपतिबाट प्रमाणीकरण हुनुपर्ने माग राखेका छन् ।

नागरिकता विधेयक दोस्रोपटक प्रमाणीकरणका लागि अहिले राष्ट्रपतिकहाँ पुगेको छ । दोस्रोपटक प्रमाणीकरणका लागि पुगेको विधेयक राष्ट्रपतिले प्रमाणीकरण गर्नुपर्ने बाध्यात्मक संवैधानिक व्यवस्था छ ।