९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar दशौँ राष्ट्रिय खेलकुद र पर्यटन दशकबारे व्यवसायीसँग छलफल News Polar सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा News Polar ‘सम्पूर्ण महाभारत’ पुस्तक मैथिली भाषाभाषीका लागि उपयोगीः प्रथम उपराष्ट्रपति News Polar बाढीका कारण मध्यपहाडी लोकमार्गको बागलुङ खण्ड अवरुद्ध News Polar भोटेकोशी बाढीः रसुवाका तीन जनप्रतिनिधिको अवस्था अझै अज्ञात News Polar स्थानान्तरण गरिएका सात बाघको बर्दियामा उद्धार News Polar हनुमन्ते र गोदावरी खोला किनारका १५ परिवारको उद्धार News Polar पाल्पामा पहिरोको बितण्डाः दुई घर भत्किए, एक महिला बेपत्ता News Polar सिक्किमको रिम्बी गाउँमा भारी वर्षापछि विशाल पहिरो जाँदा घरहरू क्षतिग्रस्त; कुनै मानवीय क्षति नभएको जानकारी News Polar पोप फ्रान्स भ्रमणमा News Polar बोडे र मूलपानी जोड्ने पुल भासिएपछि यातायात आवागमन बन्द News Polar प्रज्ञा प्रतिष्ठानको बृहत् पुस्तक प्रदर्शनी सुरु News Polar प्रधानमन्त्रीको राष्ट्रसंघ सम्बोधनले जलवायु उत्थानशील नेपालको आधार तयार गर्‍यो : डा. ढकाल News Polar धादिङको बाङ्गेमा विशाल पहिरो, पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध News Polar ग्रिड कनेक्सन कार्यविधि मस्यौदामा इप्पानको असहमति, १९ बुँदे संशोधन प्रस्ताव News Polar इन्द्रजात्रा अवलोकन गर्न गद्दी बैठक पुगे राष्ट्रपति पौडेल-तस्विरसहित News Polar इन्द्रजात्राको मुख्य दिनः हनुमानढोकामा कुमारी, गणेश र भैरवको रथ तानिँदै-तस्विरसहित News Polar रेशम नेप्किङ, ‘पान मिठो कलकत्ताको’ सार्वजनिक News Polar रसुवा बाढीः सुरुङभित्र १० दिन फसेर जीवितै उद्धार गरिएका कविर महर्जन अस्पतालबाट डिस्चार्ज News Polar ऊर्जा आयोजनामा अवरोध गर्ने कांग्रेस नेता–कार्यकर्तामाथि कारबाही गर्छौं : गगन थापा

उपेक्षित उष्ण प्रदेशीय रोगको रोकथाम सबैको प्रयासमाः राष्ट्रपति

उपेक्षित उष्ण प्रदेशीय रोगको रोकथाम सबैको प्रयासमाः राष्ट्रपति
file
अ अ+ अ-

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले उपेक्षित उष्ण प्रदेशीय रोगको रोकथाम र नियन्त्रणमा सबैको प्रयास आवश्यक रहेको बताउनुभएको छ ।

उपेक्षित उष्ण प्रदेशीय रोगसम्बन्धी गैरसरकारी संस्था नेटवर्क (एनएनएन)को आयोजनामा भएको ‘उपेक्षित उष्ण प्रदेशीय रोगसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’को आज यहाँ उद्घाटन गर्दै उहाँले कुनै समय नेपालमा नामै नसुनेको डेङ्गुजस्ता रोग हिजोआज देशव्यापीरूपमा फैलिएको भन्दै सबैको प्रयासबाट यस्ता रोगको रोकथाम र नियन्त्रण गर्नुपर्ने बताउनुभयो ।

“यस प्रकारका रोगको रोकथाम, निदान र उपचारका लागि आवश्यक पूर्वाधार, प्रविधि दक्ष जनशक्तिको विकास र व्यवस्थापनमा सम्बद्ध निकायको म ध्यानाकर्षण गर्न गराउन चाहन्छु”, उहाँले भन्नुभयो । राष्ट्रपति भण्डारीले उपेक्षित उष्ण प्रदेशीय रोग निवारणको क्षेत्रमा हासिल भएका उपलब्धिलाई निरन्तरता दिन र यस प्रकारका रोगको रोकथामका लागि समुदायस्तरमा जनचेतना अभिवृद्धि गर्न, शैक्षिक क्षेत्र एवं सञ्चारकर्मीसँग सहकार्य गर्दै यसलाई स्वास्थ्य सेवासँगै एकीकृत गरिन आवश्यक रहेको बताउनुभयो ।

उहाँले सम्म्मेलनले उपेक्षित उष्ण प्रदेशीय रोगको निवारणको क्षेत्रमा हासिल भएका केही उपलब्धि तथा प्राप्त अनुभवको आदान प्रदान गर्दै यस सम्बन्धमा देखिएका साझा चुनौतीलाई सामना गर्नका लागि आवश्यक उपायको खोजी गर्ने कार्यमा सफल हुुने छ भन्ने विश्वास लिएको बताउनुभयो ।

राष्ट्रपति भण्डारीले विश्व स्वास्थ्य सङ्गठनद्वारा उपेक्षित उष्ण प्रदेशीय रोगको सूचीमा सूचीकृत कुष्ठरोग, रेबिज, कालाजार, हात्तीपाइले, ट्रकोमालगायतका रोग उन्मूलनका लागि नेपाल पनि लामो समयदेखि प्रयासरत रहेको जानकारी दिनुभयो ।

“यसमा हामीले उल्लेखनीय सफलतासमेत हासिल गरेका छौँ । अन्धोपनका लागि एक प्रमुख कारणका रूपमा चिनिने आँखाको सरुवा रोग ट्रकोमा उन्मूलन गर्न नेपाल सफल भएको छ”, उहाँले भन्नुभयो, “डब्लुएचओले सन् २०१८ मा यसलाई प्रमाणीकरणसमेत गरिसकेको छ ।” नेपाल विश्वमा ट्रकोमा उन्मूलन गर्ने राष्ट्रमध्ये छैटाँै र दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०मा पहिलो देशका रूपमा रहेको कुरा राख्न पाउँदा सन्तोष लागेको उहाँले बताउनुभयो ।

“यी सबै प्रयास सफल हुनुको पछाडि नेपाल सरकारले अवलम्बन गरेको उपयुक्त जनस्वास्थ्यसम्बन्धी नीति, रणनीति, कार्यक्रम र एकीकृत अभियानका साथै तिनको कार्यान्वयनका लागि आवश्यक स्रोत र साधनको समुचित परिचालन, विभिन्न राष्ट्र तथा अन्तर्राष्ट्रिय सङ्घ, संस्थाका साथ दातृ निकायसँगको निरन्तरको सहकार्यको योगदान रहेको छ”, उहाँले भन्नुभयो ।

उपेक्षित उष्ण प्रदेशीय रोगको निवारणका क्षेत्रमा केही उपलब्धि हासिल भए पनि हामीसामु अझै पनि थुप्रै चुनौती विद्यमान रहेको उहाँको भनाइ छ । राष्ट्रपति भण्डारीले स्थानीय तहका जनप्रतिनिधि र स्वास्थ्यकर्मीलाई पनि थप सशक्तीकरण गर्दै सबै नेपालीमा उपेक्षित उष्ण प्रदेशीय रोगसँग सम्बन्धित सेवा पु¥याउने प्रयासमा आइपर्ने अवरोधलाई हटाउन सकिन्छ भन्ने आफूलाई लागेको बताउनुभयो ।

स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले नेपालमा स्वास्थ्य क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गरेको बताउनुभयो । उहाँले पाँच वर्षमुनिका शिशु मृत्युदरमा कमी आएको बताउनुभयो । उहाँका अनुसार सन् २००५ मा एक हजार शिशुमा ६१ जना मृत्यु हुने गरेकोमा सन् २०१८ मा घटेर ३८ जना पुगेको छ ।

उहाँले ५२ हजारभन्दा बढी महिला स्वास्थ्य स्वयंसेविकाबाट समुदायमा स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइरहेको बताउनुभयो । उहाँले प्रत्येक जिल्लामा स्वास्थ्य केन्द्र एवं प्राथमिक स्वास्थ्य केन्द्र स्थापनाले हरेक वर्गले स्वास्थ्य सेवा पाइरहेको धारणा राख्नुभयो । मन्त्री खापुङले सबैमा स्वास्थ्य सेवा पहुँच पुगेको हुनाले कोरोना भाइरसविरुद्धको खोप कूल जनसङ्ख्याको ८७ प्रतिशतले आंशिक र पूर्णरूपमा लगाएको जानकारी दिनुभयो । उहाँले ग्रामीण समुदायको स्वास्थ्य सेवा अझै धेरै गर्नु आवश्यक रहेको बताउनुभयो ।

एनएनएनका अध्यक्ष अरिएल्ले डोलेगुइले विश्वबाट उपेक्षित उष्ण प्रदेशीय रोगको उन्मूलन गर्ने साझा लक्ष्य हासिल गर्न यस क्षेत्रमा अनुसन्धान, कार्यान्वयन, नीति र वकालतलाई उच्च महत्व दिन सम्मेलनको आयोजना गरिएको प्रष्ट पार्नुभयो ।

यस सम्मेलनले भविष्यमा सरकारी प्रतिनिधि, विश्वका साझेदार र कार्यान्वयन गर्ने सङ्घ संस्थाबीच प्रभावकारी प्रतिनिधित्वदेखि विश्व स्वास्थ्य सङ्गठनको सन् २०२१–२०३० को मार्गचित्रको कार्यान्वयनका लागि प्रतिबद्धताको नवीकरण गर्ने अवसर दिएको उहाँको भनाइ छ ।

ल्याप्रोसी मिसन नेपालका राष्ट्रिय निर्देशक शोभाकर कँडेलले नेपालमा पहिलोपटक उपेक्षित उष्ण प्रदेशीय रोगसम्बन्धी विश्व सम्मेलनको आयोजना गर्न पाउँदा खुसी लागेको बताउँदै जनस्वास्थ्यको समस्याका रूपमा रहेको ट्रकोमा रोग दक्षिण पूर्वी एसियामै नेपालले पहिलोपटक उन्मूलन गर्नसकेको जानकारी दिनुभयो ।

आजदेखि सुरु भएको सम्मेलन तीन दिनसम्म सञ्चालन हुने छ । सम्मेलनमा विश्वका ५० भन्दा बढी देशका उपेक्षित उष्ण प्रदेशीय रोगको उपचारमा संलग्न चिकित्सक, सरकारी प्रतिनिधि, जनस्वास्थ्य चिकित्सक, अनुसन्धानकर्ता, नीति निर्माता र अन्य सरोकारवालाको सहभागिता रहेको छ ।

विश्वव्यापी कोरोना महामारीका कारण दुई वर्षदेखि भौतिकरूपमा हुन नसकेको यो सम्मेलन भर्चुअल माध्यमबाट हुने गरेकामा यसपटक नेपालमा ११ औँ वार्षिक सम्मेलनका रूपमा आयोजना गरिएको छ ।

सम्मेलनका क्रममा आयोजना हुने सामान्य स्वास्थ्य सेवा विषयको मुख्य सत्रमा नेपाल सरकारका उच्च अधिकारी र दक्षिण एसिया एवं पश्चिम अफ्रिकाका स्वास्थ्य क्षेत्रका उच्च व्यक्ति सहभागी हुनुहुनेछ ।

‘स्वास्थ्य प्रणालीमा उपेक्षित गृष्मकालीन रोग–नवीनतम, एकीकृत र सशक्तीकरण’ भन्ने मूल नाराका साथ आयोजना गरिएको सो सम्मेलनमा उपेक्षित उष्ण प्रदेशीय रोगका लागि विश्व स्वास्थ्य सङ्गठनको सन् २०२१–२०३० को मार्गचित्रका बारेमा पनि गहन छलफल हुने बताइएको छ ।

विश्वलाई उपेक्षित उष्ण प्रदेशीय रोगबाट मुक्त राख्न नयाँ अवसर, साझेदारी र अवधारणहरुको खोजी गर्ने विषयमा पनि सहभागीलाई प्रोत्साहित गर्ने सम्मेलनको उद्देश्य रहेको छ ।