९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

निर्वाचन आयोगले सांसदहरुको सनाखतका लागि सभामुखलाई सोध्ने



अ+ अ-

काठमाडौं । माधव कुमार नेपाल र महन्थ ठाकुरले बेग्लाबेग्लै दल दर्ताका लागि निवेदन दिएकाले निवेदनमा उल्लेखित सांसदहरु सम्बन्धित दलका हुन् कि होइनन् भनेर निर्वाचन आयोगले सभामुख अग्निप्रसाद सापकोटालाई सोध्ने भएको छ ।

माधव नेपालले एमाले र महन्थ ठाकुरले जनता समाजवादी पार्टीबाट २० प्रतिशत सदस्य संख्या लिएर फरक पार्टी दर्ता गर्न निवेदन दिएपछि आयोगले सभामुखलाई औपचारिक पत्र पठाएर जवाफ माग्ने भएको हो ।

सांसदहरुको संख्याका आधारमा नयाँ दल दर्ता गर्न माधव नेपाललाई ३१ सांसद आवश्यक पर्छ भने महन्थ ठाकुरलाई ७ सांसद भए २० प्रतिशत पुग्छ  ।

आयोगले सनाखतका लागि भदौं ९ गते आयोगमा उपस्थित हुन भनिसकेको छ ।