चितवन । नेपाल सरकारका स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री उमेश श्रेष्ठले आगामी चैत महिना भित्रमा नेपालका सबै नागरिकले कोरोनाविरुद्धको खोप पाउने बताएका छन् ।
आइतबार भरतपुर अस्पतालद्वारा आयोजित स्वागत कार्यक्रममा बोल्दै राज्य मन्त्री श्रेष्ठले आगामी असोज महिनाभित्र ३३ प्रतिशत जनसंख्यालाई र चैत महिनाभित्र सतप्रतिशत जनसंख्यालाई कोरानोविरुद्धको खोप लगाइने बताए ।
राज्य मन्त्री श्रेष्ठले नेपालमा सबै जनसंख्यालाई करिब ५ करोड ५० लाख खोप आवश्यक रहेकोमा ५ करोड २५ लाख खोपको सम्झौता भइससेको पनि जानकारी दिए । नेपाल सरकारको भण्डारण क्षमता २५ लाख खोप मात्र रहेकाले खोप लगाउदै फेरि ल्याउदै गर्नु परेको उनले ।
त्यस्तै उनले १७/१८ वर्ष उमेर समूहलाई लगाउन मिल्ने फाइजरको खोपको लागि १ करोड डोज विश्व बैंकमार्फत खरिद सम्झौता भएकाले सो खोप पनि आउने वित्तिकै लगाउन सुरु गरिने जानकारी दिए ।











