एजेन्सी । मस्तिष्कमा रगत जमेर बिरामी पर्दा किरण डेम्ब्ला सर्वसाधारण गृहिणीको जीवन व्यतीत गरिरहेकी थिइन्। उनी अहिले ४५ वर्षकी भइन् । उनी १३ वर्ष पहिलेसम्म गृहिणी थिइन् । उनी घरबाट भारतीय सङ्गित सिकाउँथिन् ।
बडीबिल्डर डेम्ब्ला भन्छिन्, मेरो विहेपछि म बालबच्चा र घरको देखभालमा व्यस्त भए । सन् २००६ मा ३३ वर्षको उमेरमा उनको मस्तिष्कमा रगत जमेको थाहा भयो । उनले दुई वर्षसम्म औषधी खाइरहिन् । उनको स्वास्थ्यमा आएको समस्या निवारण भयो तर खानुपर्ने औषधिका कारण उनको तौल अत्यधिक बढ्यो।
किरणले त्यसविरुद्ध लड्ने विचार गरिन् र आफ्नो जीवनशैली परिवर्तन गरिन्। उनलाई त्यस वखत हरेक महिलाको आफ्नै सपनाहरु हुन्छन् भन्ने भावना आउन थाले र त्यस कुराले उनलाई केही गर्नपर्छ भन्ने महसुस हुन थाल्यो । त्यसपश्चात उनी आफ्नो घर नजिकैको वयामशाला जान थालिन् । दैनिक कसरतले उनले ७ महिनामा २४ किलो वजन घटाएँ ।
त्यसपछि उनी त्यहाँ प्रशिक्षक बनिन् र चर्चित व्यक्तिहरुलाई सिकाउन थालिन् । उनलाई त्यसक्रममा आफु केही फरक गर्ने बारे सोच्न थालिन् र आफ्नो शरिर बनाउन थालिन् । उनले विभिन्न उपायबाट ८ महिनामा तन्दुरुस्त शरिर बनाइन् । उनी आफ्नो यो परिवर्तन देखेर आफै मोहित हुन्थिन् ।
सन् २०१३ मा भारतीय बडी बिल्डि फेडेरेशनले उनलाई विश्व च्याम्पियनशिपमा सहभागी हुन निम्त्यायो । किरण छैठौँ स्थानमा पुग्न भइन् र सबभन्दा सुन्दर शरिरको उपाधी पाइन् । उनी अहिले भारतमा अति कम सङ्ख्यामा रहेका महिला बडीबिल्डरमा पर्छिन्। (बीबीसी)











