५ आश्विन २०८३, सोमबार Monday, September 21, 2026
५ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar कोशी प्रदेशमा डेंगुको संक्रमण उच्च, झापा सबैभन्दा जोखिममा News Polar दमौली–भरतपुर २२० केभी प्रसारण लाइन : रुख कटानको स्वीकृति News Polar झापामा आजदेखि जापानिज इन्सेफलाइटिस विरुद्ध खोप दिइने News Polar डेङ्गु नियन्त्रण र अनुसन्धानका लागि विज्ञ समूह बागलुङमा News Polar सहयोग जुट्दै, आफ्नै भवनमा सर्दै मानवसेवा आश्रम News Polar एक महिनामा ५६ फरार प्रतिवादी पक्राउ News Polar साउदी छाडेर गाईभैँसीपालन, दूध बेचेरै मासिक एक लाख आम्दानी News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बेतबाँसको सीपले अपाङ्गता भएका परिवारमा आयआर्जनको आशा News Polar कालीगण्डकी करिडोरकेन्द्रित पशुपालन प्रवर्द्धन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar ‘ठूलो बाढी आउँदैछ’ भन्ने सूचना पत्याउन नसक्दा धेरै क्षति News Polar म्यान्चेस्टर सिटीको लगातार पाँचौं जित, हालान्डले गरे एक गोल News Polar विशेषज्ञ सेवासहित चार विभाग नियमित सञ्चालन News Polar लागुऔषधसहित विभिन्न स्थानबाट २६ जना पक्राउ News Polar कांग्रेस १५औँ महाधिवेशनः ७३ जिल्लाका छ हजार १३२ वडामा अधिवेशन सम्पन्न News Polar सहकारी संस्थाको सुदृढीकरणका लागि लाग्नुपर्नेमा जोड News Polar करिब दुई हजार १०० किलो गाँजासहित दुई जना पक्राउ News Polar नेसनल प्याब्सन मधेस प्रदेशको तेस्रो अधिवेशन सम्पन्न, अध्यक्षमा प्रभुलाल कुशवाहा News Polar रेडियन्ट बहुउद्देश्यीय सहकारीको स्वास्थ्य शिविरमा १ हजार १ सय २७ जनाले लिए निःशुल्क सेवा

नरेशको कृषि मोह: विदेश त्यागेर खेतीपातीमा

नरेशको कृषि मोह: विदेश त्यागेर खेतीपातीमा
अ+ अ-

दोधारा चाँदनी I कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका–८ का ३० वर्षीय नरेश खड्का पाँच वर्षअघि विदेश जान काठमाडौँ लाग्नुभयो । रुस जानका लागि राहदानी बनाएर काठमाडौँ पुग्नुभएका उहाँले तीन महिना भाषासमेत सिक्नुभयो । विदेश जान रु १० लाख लाग्ने भएपछि उहाँको परिवारले खर्चको जोहो गर्न सकेन । त्यसपछि उहाँ गाउँ फर्किनुभयो । हाल उहाँ निरन्तर कृषि कर्ममा लागिरहनुभएको छ ।

सेती प्राविधिक शिक्षालय दिपायलबाट २९ महिने कृषि जेटिए पढाइ गर्नुभएका खड्काले अहिले दोधारा चाँदनीको सुन्दरनगरमा आफ्नै र भाडामा जमिन लिएर व्यावसायिकरुपमा कृषिमा लाग्नुभएको छ । उहाँले तरकारी खेती, केरा, भटमास, कागती खेती सँगसँगै माछा र बाख्रापालनसमेत गर्नुभएको छ । उहाँको सात कट्ठा जमिनमा माछा पोखरी छ भने ४० बाख्रा पाल्नुभएको छ । त्यसैगरी एक बिघा जमिन भाडामा लिएर केरा र भटमास खेती गर्नुभएको । बाह्र कट्ठा जमिनमा कागती खेतीको सुरुआत गर्नुभएको छ । भटमास खेती र कागती खेती यसै वर्षदेखि सुरुआत गरेको उहाँले बताउनुभयो ।

सानैदेखि कृषि कर्ममै लाग्ने योजना बनाएका उहाँ केही समय विदेशको चक्करमा लाग्नुभयो । “कृषि जेटिए पढ्ने बेला केही साथीले कृषिमा लाग्ने योजना बनाएका थियौँ”, उहाँले भन्नुभयो, “बीचमा विदेश जाने तयारीमा लागे । तर पैसाको जोहो गर्न नसकेपछि फेरि गाउँ फर्किएर कृषिमा लागे ।”

खड्काले सानैदेखि कृषि पेशा गर्ने इच्छा रहेको भए पनि आर्थिक अभावका कारण सुरुआत गर्न नसकेको बताउनुभयो । “सानैदेखि माटो खेलाउने बानी, माटोसँग माया छ त्यही भएर कृषि कर्ममा लागे”, उहाँले भन्नुभयो, “सबैले यति दुःख किन गर्छस् भन्छन् तर म लागि राखेकै छु । एक दिन पक्कै सफल भइन्छ ।” दोधारा चाँदनीको सुन्दरनगरमा उहाँले एक बिघा जग्गा वार्षिक रु ५० हजार भाडा तिर्ने गरी कृषि कर्म गरिरहनुभएको छ ।

“दुई वर्ष राम्रोसँग तरकारी फलाए । बजारमा बिक्री भएन । कुहिएरै गयो”, उहाँले भन्नुभयो, “तरकारी उत्पादन गरेर खेर जान थालेपछि अन्य खेती सुरु गरेको हुँ ।” कृषि पढ्ने बेला नै योजना बनाएका खड्काका साथी भास्कर पङ्गेनी कपिलवस्तुमा कृषिमै लाग्नुभएको छ । कृषि गर्ने इच्छा हुँदाहुँदै पनि सुरुआत गर्न आर्थिक अभावले समस्या भएको उहाँले बताउनुभयो ।

“कृषि कर्म गर्न घरबाट पनि सहयोग नहुने आफूसँग पनि पैसा भएन । घर परिवारको पनि छोरा कृषिमा लागोस् भन्ने चहना थिएन ।” उहाँले भन्नुभयो, “सहकारीबाट रु २० हजार ऋण लिएर मैले सुरुआत गरेको हँु ।” कृषिमा राम्रो आम्दनी भए पनि विभिन्न समस्याका कारण पलायन हुनुपर्ने अवस्था आउने गरेको खड्काले बताउनुभयो ।

कृषिमा लागेकालाई सरकारीस्तरबाट सहयोग नहुँदा समस्या भएको उहाँको बुझाइ छ । “बजारीकरणको ठूलो चुनौती छ, उत्पादन गरको तरकारी कुहिएर जान्छ ।” उहाँले भन्नुभयो, “नगरपालिकाले चिस्यान केन्द्र स्थापना गरिदिएको भए सहज हुने थियो । हाम्रो उत्पादन त एक महिना पनि जोगाउन सकिँदैन ।”

खड्का सरकारले बजारीकरणमा सहयोग गनुपर्ने बताउनुहुन्छ । कृषिबाट मनग्य आम्दानी गर्न सकिने बताउँदै उहाँले स्थानीय सरकारले कृषिका निम्ति केही गर्न नसकेको गुनासो गर्नुभयो । “पाँच वर्षमा करिब रु १० लाख आम्दानी गरेको छु, कृषिबाट रामै्र आम्दानी हुन्छ ।” उहाँले भन्नुभयो, “स्थानीय सरकारले कृषिलाई प्राथमिकतामा राखेर काम गर्नुपर्छ ।”

कृषि व्यवसाय गर्नका लागि शिक्षा आवश्यक भएको खड्काले बताउनुभयो । कुनै पनि ज्ञान बिना व्यवसाय सञ्चालन गरे त्यसबाट राम्रो प्रतिफल नआउने उहाँको भनाइ छ । “एकै व्यवसाय गरेर कृषिमै टिक्न धेरै गाह्रो छ, त्यसैले यस पटकदेखि कागती र भटमास खेती सुरु गरेको छु ।” उहाँले भन्नुभयो, “स्थानीय सरकारले हाटबजारको वा सङ्कलन केन्द्र स्थापना गरेर बजारीकरणमा सहयोग गरे तरकारीमा आत्मनिर्भर बन्न सकिन्छ ।” खड्काले दुई जनालाई रोजगारीसमेत दिनुभएको छ । नेपालमा भनेको बेला कामदार नपाइँदा समस्या हुने गरेको उहाँले बताउनुभयो । “यहाँ कामदार पाइँदैन, भारतबाट ल्याउँदा धेरै खर्च लाग्छ ।” उहाँले भन्नुभयो, “उत्पादनदेखि बजारसम्मका समस्या छन्, तैपनि लागिराखेकै छु ।”

कृषि बालीको बीमाको सुविधा नहुँदा नोक्सानी बेहोर्नुपरेको खड्काले बताउनुभयो । सरकारको कृषि नीति उत्पादनमुखी नभएको उहाँको आरोप छ । बीमामा किसानलाई सुविधा छैन । सरकारले दिने अनुदानमा समेत कागजी प्रक्रिया मिलाउन धेरै सयम लाग्ने गरेको खड्काको गुनासो छ ।रासस