२ पुष २०८२, बुधबार
,
Latest
जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी तत्कालीन सचिव र सहसचिव कार्कीविरुद्ध मुद्दा दर्ता फेवातालको संरक्षणका लागि अदालतको आदेश चाँडै कार्यान्वयन गर्छौं : मुख्यमन्त्री पाण्डे ‘अनुसन्धान शोधवृत्ति’का लागि शोधकर्ता आव्हान राष्ट्रियसभा निर्वाचन : मतदानस्थल तथा केन्द्र निर्धारण प्रलोपाद्वारा लोकतान्त्रिक शक्तिहरूबीच बृहत् ध्रुवीकरणका लागि आह्वान जनमत पार्टीका केन्द्रीय सदस्यहरु आजपामा प्रवेश गरे ‘अन्तर्राष्ट्रिय कला शिविर’ सुरु एपिएफ क्लब ‘साफ महिला क्लब च्याम्पियनसिप’को फाइनलमा अन्नपूर्ण आधार शिविरमा सञ्चार सुविधा विस्तार गर्न सञ्चारमन्त्रीको ध्यानाकर्षण
तपाईं के खोज्दै हुनुहुन्छ ?

मध्यमार्गी नेताहरूलाई पनि पार्टीभित्र ल्याउन चाहँदैनन् ओली



अ+ अ-

काठमाडौं । एमालेभित्रको विवाद नमिलेपछि पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले नयाँ दल गठन गरेपछि अध्यक्ष केपी शर्मा ओलीले मध्यमार्गी नेताहरूलाई पनि पार्टीभित्र ल्याउने चाहेका छैनन्।

नेपाल पक्षका रहेका तर पार्टी विभाजन गर्न नहुने नेताहरूलाई पार्टी अध्यक्ष ओलीले असार २७ गते गरेको १० बुँदे कार्यान्वयन नगर्ने भएपछि ल्याउन नचाहेका हुन्। ‘ओलीले अक्षरस १० बुँदे कार्यान्वयन गर्ने अवस्था देखिएन, पार्टी मिलाउने कुराका ओलीनै बाधक रहे,’ मध्यमार्गी एक नेताले भने।  

एमाले एकताको सम्भावना खोजी गरिरहेका एमाले उपाध्यक्ष रहेका भीम रावल, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, उपमहासचिव घनश्याम भुसाल, सचिवत्रय गोकर्ण विष्ट र योगेश भट्टराई तथा स्थायी समिति सदस्य सुरेन्द्र पाण्डे र रघुजी पन्तलगायतका नेताले एमालेभित्र अझै पनि एकता हुन्छ भनिरहेका बेला ओलीले उनीहरूको माग र अडानमा खासै चासो दिएका छैनन्। 

नेपाल पक्षका रहेका तर विभाजनतिर नलागी १० बुँदे कार्यान्वयन गर्नुपर्छ भन्ने नेताहरूलाई ओलीले खासै चासो नदिएपछि उनीहरू नेपालतिरै लाग्ने सम्भावना बढेर गएको छ। पार्टी विभाजनतर्फ उन्मुख भए पनि नेपाल पक्षका नेताहरूले १० बुँदे कार्यान्वयन गर्न जोड दिएका हुन्।  

उनीहरू शुक्रबार राजधानीको एक पार्टी प्यालेसमा सांसद र केन्द्रीय समितिमा रहेका ५७ जना नेतासँग पनि थप छलफल गरेर ओलीलाई १० बुँदे सहमति अक्षरस पालना गर्न र नेपाललाई पार्टी दर्ता गर्नबाट पछि हट्न आग्रह गरेका थिए। ‘मंगलबारभित्र १० बुँदे सहमतिको अक्षरस पालना गर्न समयसीमा दिइएको हो, तर ओलीले विभाजनमै जोड दिएजस्तो लाग्छ। उनले सहमति गर्ने चासो दिएका छैनन्,’ मध्यमार्गीको भूमिका निर्वाह गरेका एक नेताले भने। , यो समाचार आजको नागरिक दैनिकमा छ ।