२४ जेष्ठ २०८३, आईतवार
,
Latest
सुनचाँदीको मूल्य आज पनि घट्यो कास्की प्रहरीको ‘स्विप अप्रेसन’, एकैदिन ४० जना कारबाहीमा न्यायको अपेक्षासहित मातृभूमि फर्किए धुर्मुस अमेरिकाको ओहायोस्थित उत्सवमा गोली चल्दा कम्तीमा १२ जना घाइते, आक्रमणकारीको खोजी जारी प्रधानमन्त्री बालेनको अभिव्यक्तिमाथि बस्नेतको टिप्पणी : संयम र संस्थागत मर्यादा आवश्यक छ वेस्ट बैंकमा इजरायली सेनाको गोलीबारीमा सात महिने प्यालेस्टिनी शिशुको मृत्यु राम्दीमा नेपालकै पहिलो ‘कन्क्रिट फिल्ड स्टिल ट्युब आर्च’ पुल निर्माण अन्तिम चरणमा, असारभित्र सञ्चालनमा ल्याउने… रास्वपा झापा जिल्लामा ओमनाथ भण्डारी राजा शाक्य बने रास्वपा काठमाडौँको सभापति शुक्लाफाँटामा युवा सम्मेलनः जलवायु सङ्कटविरुद्ध सक्रिय भूमिका निर्वाह गर्ने प्रतिबद्धता
तपाईं के खोज्दै हुनुहुन्छ ?

दशैँअघि ३३ प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको खोप



अ+ अ-

काठमाडौं । सरकारले दशैँअघि १८ वर्षमाथिका ३३ प्रतिशत जनसंख्यालाई कोभिडविरुद्धको खोप लगाइसक्ने बताएको छ ।

स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले सरकारको पहिलो प्राथमिकता खोप भएको जिकिर गर्दै चाडवाड लक्षित भीडभाड नियन्त्रण गर्न फ्रन्ट लाइनर, साना र ठूला व्यापारी, परीक्षा दिन तयार भएका विद्यार्थी, स्वाथ्यकर्मी, चालक, सहचालक, जेष्ठ नागरिकलगायत सबैलाई असोजभित्र खोप लगाउने योजना रहेको बताए ।

उनका अनुसार हालसम्म करिब ७० प्रतिशत स्वाथ्यकर्मीलगायत फ्रन्ट लाइनरले खोप लगाइसकेका छन् । मन्त्रालयले हालसम्म करिब ३३ लाख जनताले दुवै मात्रा खोप लगाइसकेको जनाएको छ ।
राज्यमन्त्री श्रेष्ठले १ करोड ५० लाख डोज खोप आइसकेको र असोजमा २ करोड ५ लाख खोप आउने सुनिश्चितता भएको बताए । सबै नागरिकलाई खोप उपलब्ध गराउन करिब ५ करोड २२ लाख मात्रा खोप चाहिने र त्यसका लागि आवश्यक व्यवस्थापन गरिसकेको जानकारी दिँदै राज्यमन्त्री श्रेष्ठले चैत महिनासम्म सबैलाई खोप दिलाउने लक्ष्य पूरा हुने दाबी गरे ।

खोपका लागि अनलाइन फारम भरेकालाई धमाधम सम्पर्क गरी खोप लगाउने कार्य अघि बढाइएको जानकारी दिँदै उनले भने– ‘कोभिडबाट सबै नागरिकलाई बचाउन स्थानीय तहको सहयोगमा खोप लगाउने काम भइरहेको छ । अबको ६ महिनाभित्र सबै नेपालीलाई खोपको सुनिश्चितता गर्नेछौँ ।’, समाचार नेपाल समाचारपत्र दैनिकमा प्रकाशित छ ।