९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

१६ लाख डोज नै अष्ट्राजेनेका खोप जापानबाट आइपुग्यो



अ+ अ-

काठमाडौं । जापान सरकारले अनुदानमा दिएको १६ लाख डोज अष्ट्राजेनेका खोप नेपाल आइपुगेको छ। जापान सरकारले विभिन्न चरणमा उक्त परिमाणमा खोप ल्याएको हो।

परराष्ट्र मन्त्रालयका अनुसार जापान सरकारले १६ लाख १४ हजार ७ सय ४० खोप उपलब्ध गराएको छ। उक्त खोप कोभिसिल्डको पहिलो मात्रा लगाएकालाई दिने बताइएको छ।

परराष्ट्र मन्त्रालयले भने‘कोरोना महामारी नियन्त्रण गर्न साथ र सहयोगका लागि जापान सरकार र जापानी नागरिकप्रति कृतज्ञ छौं’ । मन्त्रालयले सोमबार सबै खोप आएकोबारे जानकारी दिएको छ।