बुटवल । सांसदद्वय अजय शाही र विमला वलीलाई कारबाही गरेर पदमुक्त नगरेको भन्दै एमालेले लुम्बिनी प्रदेश सभाको बैठकमा अवरोध गरेको छ ।
शाही र वली एमालेकै सांसद भएको र उनीहरूलाई एमालेले कारबाही गरेको र सभामुखले पदमुक्तको सूचना ननिकालेको भन्दै एमालेका सांसदहरूले नाराबाजी गर्दै बैठक अवरुद्ध गरेका हुन् ।
एमालेका सांसदहरूले सभामुखले स्वेच्छाचारी काम गरिरहेको भन्दै चर्को नाराबाजी गरिरहेका छन् ।
आइतवार लुम्बिनी प्रदेश सभा सचिवालयले नेकपा एमालेले कारबाही गरेका दुई सांसदलाई पदमुक्त गर्न नमिल्ने बताएको थियो । एमालेले सांसदद्वय अजय शाही र विमला वलीलाई कारबाही गरेर पदमुक्त गर्न सचिवालयमा पत्र पठाएकोमा सचिवालयले दुवै सांसदलाई पदमुक्त गर्ने आधार नभएको भन्दै पदमुक्तको सूचना जारी गर्न नमिल्ने पत्र पठाएको हो ।











