९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

माधव नेपाल हतार गरेर पार्टी दर्ता गर्न जानुभयो: योगेश भट्टराई



अ+ अ-

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले माधवकुमार नेपाल हतारिएर नयाँ दल दर्ताका लागि निर्वाचन आयोग गएको बताउनुभएको छ । 

सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा भएको छलफलपछि उहाँले माधव नेपालले आफू पक्षीय केन्द्रीय कमिटी सदस्यहरुसँग छलफल नै नगरी निर्णय लिएको आरोप पनि लगाउनुभयो । 

उहाँले भन्नुभयो,“उहाँले अलि हतारमा, स्थायी कमिटीको टिम जो उहाँसँग रह्यो, त्यो टिमसँग निर्णायक छलफल नगरिकन, उहाँसँग रहनुभएका केन्द्रीय कमिटीका सदस्यसँगको छलफलले गरेको म्याण्डेट बाहिर जानुभयो । केन्द्रीय कमिटीसँग पनि छलफल नगरेर उहाँले हतार गर्नुभयो ।