काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले भदौ ९ गतेबाट प्रादेशिक कार्यकता भेला सञ्चालन गर्ने भएको छ । भदौ १ र २ गते बसेको पार्टी केन्द्रीय कार्यकारिणी बैठकको निर्णय बमोजिम प्रादेशिक भेला हुने भएको हो ।
भदौ १७ गतेसम्म ७ प्रदेशका ८ जिल्लाहरूमा भेला हुनेछ । जसअनुसार प्रदेश १ को विराटनगर, प्रदेश २ को जनकपुर र वीरगञ्जमा भेला गर्ने जसपाको तयारी छ ।
यस्तै, वाग्मती प्रदेशको काठमाडौं, गण्डकी प्रदेशको पोखरा, लुम्बिनी प्रदेशको भैरहवामा कार्यक्रम सञ्चालन हुनेछ । यस्तै, कर्णाली प्रदेशको सुर्खेत र सुदूरपश्चिम प्रदेशको धनगढीमा कार्यक्रम आयोजना गर्ने तयारी जसपाको छ ।











