काठमाडौं । गाईजात्रा पर्वको अवसरमा ‘कलाकारहरुसँग साक्षात्कार’ कार्यक्रममा बोल्दै हाँस्यकलाकार किरण केसीले समस्या पुरानै छन् तन्त्र र मन्त्र नयाँ भन्दै ‘बाँदरको हातमा नरिवल’ शीर्षकमा सरकारप्रति ब्यङग्य गरेका थिए ।
उनले कोरोना भाइरसबाट कसरी जोगिने विषयमा नेवार समुदायमा बोलिने शैलीलाई अपनाएर सन्देशमुलक क्यारिकेचर समेत गरेका थिए । उनले क्यारिकेचरमार्फत भाइरसबाट जोगिने उपायहरुको बारेमा जानकारी दिएका थिए ।
उनले जिन्दगीमा ‘अप्रिल फुल र ब्युटिफुल’ को कहिल्यै विश्वास नगर्न पनि आग्रह गरे ।
–











