९ असार २०८३, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

भाजपा नेता चौथाइवाले र प्रचण्डबीच भेटवार्ता



अ+ अ-

काठमाडौं । भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)का विदेश विभागका प्रमुख विजय मुरलीधर चौथाइवालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)सँग भेट गरेका छन् । 

केही दिन पहिले नेपाल आएका चौथाइवालेले सोमबार प्रचण्ड निवास खुमलटार पुगेर भेटवार्ता गरेका हुन्। चौथाइवालेले सामाजिक सञ्चालमार्फत प्रचण्डसँगको भेटवार्ताबारे जानकारी दिएका छन् । 

पहिलोपटक प्रचण्डसँग प्रत्यक्ष भेट भएको उल्लेख गर्दै चौथाइवालेले आफूहरुबीच धेरै विषयमा स्पष्ट र खुला छलफल भएको बताएका छन् । 

चौथाइवालेले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र प्रस्तावित ‘लोकतान्त्रिक समाजवादी पार्टी नेपाल’ का अध्यक्ष महन्थ ठाकुरसँग भेटवार्ता गरिसकेका छन् ।