२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

बिमानस्थलको बिशिष्ट कक्षको दुरुपयोग , फरार सूचिमा रहेका व्यक्ति बिशिष्ट कक्षबाट बाहिरिए

बिमानस्थलको बिशिष्ट कक्षको दुरुपयोग , फरार सूचिमा रहेका व्यक्ति बिशिष्ट कक्षबाट बाहिरिए
अ अ+ अ-

काठमाडौँ । ठगी आरोपमा प्रहरीको खोजीको सूचिमा रहेका एक व्यक्ति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको बिशिष्टकक्ष प्रयोग गर्दे फरार भएका छन् ।

बैदेशिक रोजगारी र दुबईमा पाइलट कोर्स गराईदिने भन्दै बिभिन्न युवा संग रकम लिएको तर काम नगरिदिएपछि ठगिको आरोपमा मुद्दा परेका सुनसरीका ३० वर्षीय रिजवान आलम शुक्रबार भीआईपी कक्षबाटै भागेका हुन् । मुस्लिम आयोगको निमन्त्रणामा मा नेपाल आएको संयुक्त अरब इमिरेट्स (यूएई) संसदका उपाध्यक्ष आएको बिमानमा आलम आएका थिए ।

सो टोली संगै उनले बिमानस्थलको बिशिष्टकक्ष प्रयोग गरेका थिए । आलम बिशिष्ट कक्ष बाट  बेपत्ता भएका थिए ।

बिमानस्थल सुरक्षा प्रमुख एसपी श्याम ज्ञावलीले न्युजपोलारसंग भन्नुभयो ‘फरार  व्यक्ति छन् भन्ने सुचनाका आधारमा अध्यागमन र अपराध महाशाखासंग समन्वय गरेका थियौ । उहाँहरुले के गर्नुभयो थाहा भएन । ‘

यसै बिच कान्तिपुर दैनिकका अनुसार दुबईबाट आएका आलमलाई लिन मुस्लिम आयोगका अध्यक्ष समिम मियाँ अन्सारी भीआईपी कक्ष गएका थिए । तर, आलमको राहदानी कालोसूचीमा परेको भेटिएपछि अध्यागमनले प्रहरीलाई खबर गर्‍यो । सुरक्षाकर्मीले नियन्त्रण लिन नपाउँदै भीआईपी कक्षको ढोकाबाटै भागेर उनी सम्पर्कविहीन भएका हुन् ।

अन्सारीसँगै राहदानी जाँच नगराई आलम भीआईपी कक्षमा प्रवेश गरेका थिए । विमानस्थलका प्रमुख अध्यागमन अधिकृत पुष्पराज शाहीले आलम भीआईपी कक्षबाट भागेर सम्पर्कविहीन भएको पुष्टि गरे । ‘अध्यागमन कक्षमा अन्सारीसँगै आएका रिजवान आलमको रेकर्ड हेर्दा कालोसूचीमा परेको भेटिएपछि हामी उनको खोजीमा जुट्यौं तर त्यसअगावै उनी भीआईपी कक्षबाट भागे, उनको खोजी भइरहेको छ,’ उनले भने ।

आलमको खोजी गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयलाई पत्राचार गरेको छ ।