११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar बागलुङका १० स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar एआईको नाम परिवर्तन गर्ने ट्रम्पको निर्णयलाई चीनले सम्मान गर्ने News Polar पाकिस्तानमा जबरजस्ती विवाहको शिकार बनेकी महिलाको उद्धार, स्पेनमा दुई जना पक्राउ News Polar इरानसँगको हवाई सम्पर्क पुनःस्थापित गर्न इराक सक्रिय News Polar पछिल्लो विपद्बाट छ जनाको मृत्यु News Polar सेतीको बहाव बढेर रामघाटमा ताल बनेपछि उच्च सतर्कता News Polar अर्थमन्त्री डा. स्वर्णिम वाग्ले कतार प्रस्थान News Polar कर्णाली प्रदेश : हुम्लामा भारी वर्षा

प्रकाश हेरेपछि अध्यक्ष लिङदेनले भनेः माइकल अधिकारीका हिरोलाई नै चिनिन

प्रकाश हेरेपछि अध्यक्ष लिङदेनले भनेः माइकल अधिकारीका हिरोलाई नै चिनिन
अ अ+ अ-

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले चलचित्र प्रकाशले वर्तमान नेपाली राजनीतिमा भएको विकृतिलाई उजागर गरेको बताउनुभएको छ ।

बुधवार दरबारमार्गस्थित दरबार सिनेम्याक्समा चलचित्र हेरिसकेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले चलचित्रले जनक्रान्ति र कम्युनिष्टको नाममा नेपालमा भइरहको विकृतिलाई उदांगो पारेको बताउनुभएको हो । उहाँले चलचित्रमा वर्गीय व्यवस्थालाई प्रोत्साहित गर्न खोजेको कुरा देखाइएको बताउनु भयो ।

अध्यक्ष लिङदेनले अहिलेको समाज कस्तो भन्ने कुरा चलिचित्रमा चित्रण गरिएको बताउनु भयो । उहाँले चलचित्र अहिलेको नेतृत्व गरिरहरने राजनीतिक नेता र कार्यकर्ताले हेर्नैपर्ने रहेको बताउनु भयो । उहाँले राजनीतिमा अहिले भइरहेको विकृतिलाई चित्रण गरेको तर अब राजनीतिक दलहरुले समाजको परिवर्तन गर्न कसरी अघि बढ्ने भन्ने कुरा नदेखाएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘प्रकाश फिल्मले जे सन्देश दिन खोजिरहेको छ,, वर्तमान राज्य व्यवस्थाले नजानिदो तरिकाबाट वर्गीय व्यवस्थालाई प्रोत्साहित गरिरहेको छ, त्यसलाई उठाइरहेको मान्छे हुँ । त्यो कुरा प्रकाश फिल्मले उठाइरहेको छ । यो फिल्मले अहिलेको समाज कस्तो छ ? त्यसलाई चित्रण गर्न सफल भएको छ, यो फिल्म अहिलेको नेतृत्व गरिरहरने राजनीतिक नेता र कार्यकर्ताले हेर्नैपर्छ । राज्यले जनतालाई दिने सेवा, सुविधा जातको आधारमा नभइ वर्गको आधारमा हुनुपर्छ । चलचित्रले जनक्रान्तिको नाममा कम्युनिष्टको नाममा नेपालमा भइरहको विकृतिलाई उदांगो पारेको छ । फिल्मले समग्र नेपाली राजनीतिमा भएको विकृतिलाई देखाएको छ । अहिलेका विकृति देखाएको छ तर अब के हुनुपर्छ भन्नेकुरा चलचित्रले भनेको छैन ।’

अध्यक्ष लिङदेनले केही दिनअघि मात्रै प्रदर्शनमा आएको चलचित्र माइकल अधिकारी हेर्न जाँदा अभिनेतालाई नै नचिनेको बताउनु भयो । चलचित्रमा अभिनय राम्रो लागेको तर बाहिर निस्किएर फोटो खिच्दासमेत सिनेमामा भएको अभिनेता सौगात मल्ल यही हो भनेर छुट्याउन नसकेको भन्दै उहाँले भन्नुभयो, ‘मैले माइकल अधिकारी हेरेको थिएँ, हिरोसँगै बसेर फोटो खिचेछु, मलाई सौगात मल्ल को हो नै थाहा भएन । कस्तो राम्रो कलाकार भन्ने भयो, बाहिर देख्दा थाहा नै भएन ।’

नेपाली चलचित्र प्रकाश गत शुक्रवारबाट देशभरका सिनेमा घरमा प्रदर्शनमा आएको थियो । शुरुवाती दिनमा चलचित्रले शो नपाएपछि निर्माण र कलाकार टिमले पत्रकार सम्मेलन गर्दै सिनेमा घरहरुले शो नदिएको भन्दै दुखेसो गरेको थिए । अभिनेता प्रदीप खड्का स्वयंले नै दर्शकको माग अनुसार शो नपाएको भन्दै पत्रकार सम्मेलनमा गुनासो गरेका थिए ।

दिनेश राउतको निर्देशन र महेन्द्र अधिकारीको निर्माण रहेको फिल्मले शिक्षक बन्न एक युवकले गर्ने संघर्षको कथा भन्छ ।  दिनेश राउतको निर्देशन तथा नायक खड्का र नायिका दीया मास्केको मुख्य भुमिका रहेको उक्त चलचित्र जुम्लाको विकट ठाउँमा सरकारी शिक्षक बन्नका लागि गर्नुपरेको संघर्ष र मेहनतमा आधारित छ । चलचित्रको सम्पूर्ण छायांकन जुम्लामा नै गरिएको हो ।