काठमाडाैंः कतारका उपप्रधान तथा विदेश मामिला मन्त्री शेख मोहम्मद बिन अब्दुलरहमान अल थानीले अफगानिस्तानबाट व्यक्तिहरुलाई निकाल्न कतारले सहयोगी भूमिका निर्वाह गरेको बताएका छन् । तर, कतारले तालिबानलाई कुनै प्रभाव नपारेको बरु अफगानिस्तानका धेरै पक्षको बीचमा आफूहरु मध्यस्थकर्ता रहेको जनाएका छन् ।
उनले अफगानिस्तानमा शान्ति कायम राख्न र देशबाहिर जान चाहनेलाई कतारले सहयोग गर्दै आएको बताए । साथै, कतार एयरवेजले अफगानिस्तानबाट विदेशीलाई निकालेर उनीहरुको देश फर्काउन पनि सहयोग गरिरहेको उनको भनाइ छ ।
सोमबारसम्म त्यहाँबाट ७ हजार जनालाई उद्धार गरिसकिएको र यो संख्या अझै बढ्ने उनले बताए । मन्त्री अल थानीले काबुलस्थित कतार दूतावासले पनि त्यस्ता व्यक्तिहरुलाई सहयोग गरिरहेको बताए । उनले आफ्नो देश फर्किन नपाएका नागरिकलाई सहयोग गर्न खोजिरहेको नेपालस्थित कतारी राजदूतावासले जनाएकाे छ ।
मन्त्री थानीले अफगानिस्तानमा उत्पन्न मानवीय संकट कम गर्न कतारले चाहेकाे स्पष्ट पारे ।











