१३ भाद्र २०८३, शनिबार
,
Latest
भोटेकोशी बाढीः सम्पर्कविहीन आफन्त, नरोकिएका आँसु र दर्दनाक पर्खाइमा परिवार त्रिशूली ‘थ्रि–ए’ सुरुङमा फसेकाको उद्धारका लागि ‘ड्रिलिङ’ सुरु काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नागरिकता विधेयकबारे छलफल गर्न प्रचण्डको टोली शीतल निवासमा



अ+ अ-

काठमाडौँ । सत्ता साझेदार नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितको टोली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।

राष्ट्रपति भण्डारीको निमन्त्रणामा अध्यक्ष प्रचण्डसहित माओवादी नेताको टोली शीतल निवास गएको हो । उनीहरू बुधवार दिउँसो २ बजे शीतल निवास पुगेका हुन् ।

नागरिकता विधेयक पुनर्विचार गर्न संसदमा फिर्ता पठाउनुभएको राष्ट्रपति भण्डारीले यसअघि नेपाली कांग्रेस र नेकपा एमालेका नेताहरूसँग छलफल गरिसक्नुभएको छ ।

नागरिकता विधेयक विषयमा राष्ट्रपति भण्डारी र सत्तारुढ दलबीच पछिल्लो समय दूरी बढेको छ । संसद्को दुवै सदनबाट पारित भई प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको नागरिकता विधेयक राष्ट्रपतिले पुनर्विचारका लागि सन्देशसहित संसद्मै फिर्ता पठाउनुभएको थियो ।

प्रतिनिधिसभाले सो विधेयकमाथि कुनै पुनर्विचार नगरी हुबहु पारित गरेपछि राष्ट्रपति भण्डारी र सत्तारुढ दलबीच दूरी बढेको हो ।