२० मंसिर २०८२, शनिबार
,
Latest
गण्डकी प्रदेशको हिमाली भेगमा हल्का वर्षा/हिमपातको सम्भावना यस्तो छ आजका लागि तय भएको विदेशी मुद्राको विनिमयदर चिसो बढेसँगै माथिल्लो मुस्ताङको जनजिवन प्रभावित काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली निर्वाचन गराउन सबै हिसाबमा आयोग तयार छः कार्यबाहक प्रमुख आयुक्त भण्डारी निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन सुनकोशीमा हाम फालेका एक जना तीन दिनदेखि बेपत्ता अन्तरराष्ट्रिय सम्बन्धलाई सन्तुलित बनाउनुपर्छ : पूर्वप्रधानमन्त्री नेपाल दाताको सहयोगमा बालबालिकालाई कम्प्युटर शिक्षा बाल उद्धार अभियान नेपालको आयोजनामा बक्तृत्वकला प्रतियोगिता सम्पन्न
तपाईं के खोज्दै हुनुहुन्छ ?

महेश बस्नेतको आरोपः पुरानो भिडियो देखाएर चरित्र हत्या गर्न खोजियो, उजुरी दिन्छु



अ+ अ-

काठमाडौं । नेकपा एमालेका पोलिटब्यूरो सदस्य एवम् सांसद महेश बस्नेतले सामाजिक सञ्जालमार्फत आफ्नो चरित्र हत्या गरिएको भन्दै उजुरी दिने भएका छन् ।

नेकपा माओवादी केन्द्र निकट युवा संगठन वाईसीएलबाट महेश बस्नेत लखेटिएको भन्दै सामाजिक सञ्जालमा भिडियो शेयर भइरहेको छ, जुन अहिले निकै भाइरल बनेको छ ।

बस्नेतको सचिवालयका अनुसार माओवादी केन्द्रकै कार्यकर्ताबीच केही महिना अगाडि भएको तनावको भिडियो राखेर चरित्र हत्याको प्रयत्न गरिएकाले उनले उजुरी दिने तयारी गरेका हुन् ।

भिडियोमा देखिएको तनाव भने गएको स्थानीय चुनावको रहेको छ । माओवादी केन्द्रले सिन्धुपाल्चोकको चौताराको मेयरमा कृष्णप्रसाद सापकोटालाई टिकट दिएपछि असन्तुष्ट पक्षले रोक्न खोजेका थिए । त्यही भिडियो सामाजिक सञ्जालमा पोष्ट गरेर महेश बस्नेत वाइसीएलको कार्यकर्ताबाट लखेटिएको भनि प्रचार गरिएको छ ।