१३ भाद्र २०८३, शनिबार
,
Latest
त्रिशूली–३ ‘ए’ आयोजनाको टनेलमा फसेकाको उद्धार प्रयास तीव्र, ८२ जनाको संयुक्त टोली परिचालन काँग्रेसको प्रधानमन्त्रीलाई सुझावः इच्छुक मित्र राष्ट्रहरूलाई पनि अविलम्व उद्धार तथा राहत कार्यमा सहभागी गराउनुस् आफन्तहरू खोजिरहेका आँखा-फोटो फिचर गाईजात्रामा दिवङ्गत आफन्तको सम्झना, झाँकीसहित नगर परिक्रमा-फोटो फिचर बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा नेपालमा भएको हिमनदी पहिरो पर्यटकको क्यामरामा कैद, सोही कारण केरुङमा बाढी आएको पुष्टि त्रिशूली बाढीको कहर : नुवाकोटमा ५१ को मृत्यु, ४०५ बेपत्ता बाढीले बगाएर ल्याएको सेफ फोड्ने २९ जना नियन्त्रणमा काठमाडौँ-मुग्लिन सडक सञ्चालन, अलपत्र सवारी गन्तव्यतर्फ पठाइँदै भोटेकोशी बाढीःसुरुङभित्र फसेकाको उद्धारमा ८२ सुरक्षाकर्मी परिचालन
तपाईं के खोज्दै हुनुहुन्छ ?

कालिकोटका दुई नेता एमाले प्रवेश



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी–समाजवादी) का केन्द्रीय सदस्य पङ्ख तिरूवा नेकपा (एमाले)मा प्रवेश गरेका छन् ।

उनीसँग नेकपा एकीकृत समाजवादीका कालिकोट जिल्ला कमिटीका सचिवालय सदस्य विष्णु तिरूवा पनि एमालेमा प्रवेश गरेका छन् ।

कालिकोटको रास्कोट नगरपालिका–५ का स्थायी बासिन्दा दुबैजनालाई पार्टीको केन्द्रीय कार्यालय च्यासलमा महासचिव शंकर पोखरेलले खादा लगाई स्वागत गरे ।

नेकपा (एमाले)का केन्द्रीय कमिटी सदस्य तथा कालिकोट जिल्ला इन्चार्ज नगिन्द्र शाहीले उनीहरूलाई पार्टी प्रवेशमा सहजीकरण गरेका थिए ।