७ श्रावण २०८३, बिहीबार
,
Latest
फेवातालमा पर्यटक सुरक्षाका लागि विशेष जाँचः लागुऔषध सेवन गर्ने तीन डुंगा चालक नियन्त्रणमा मापदण्ड विपरित सञ्चालित तालिम केन्द्रमा सरकारको छापा, कार्यालय सिलबन्दी (तस्बिरसहित) यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य बागमतीमा गत आवमा ४४ सडक पुल निर्माण दुई सय १८ जलविद्युत् आयोजनाको आरसिओडी थप्ने प्रक्रिया सुरु पुष्पलाल स्मृति दिवस मनाइँदै झापा अदालतद्वारा ६० प्रतिशत मुद्दा फछ्र्योट इआइए स्वीकृत भएका आयोजनामा जलविद्युत्को वर्चस्व साउन १ गतेदेखि बर्डफ्लुको सङ्क्रमण देखिएको छैन : पशु सेवा विभाग कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘चीनसँग नेपालको असाध्यै राम्रो सम्बन्ध छ, विदेशमन्त्रीको भ्रमणले सम्बन्ध उचाईमा पुग्छ’



अ+ अ-

काठमाडौं । पूर्वराजदूत डा. सुरेश चालिसेले चिनियाँ विदेशमन्त्रीको अब हुने नेपाल भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाईमा पुर्याउन मद्दत पुग्ने विश्वास दिलाए । 

आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘सैद्धान्तिक रुपमा के हो भने कुनैपनि देशको उच्चस्तरको भ्रैमण भयो भने सम्बन्ध राम्रो हुन्छ। एमसीसी अस्ति पारित भयो, त्यसमा चीनले पनि आफ्नो टिकाटिप्पणी गरेको थियो । चीनको टिकाटिप्पणीको साथ साथ अमेरिकाले पनि आफ्नो प्रतिक्रिया जनाएको थियो । अहिले चीनको विदेशमन्त्रीले नेपालमा चाँडै भ्रमण गर्न लाग्नुभएको छ। मलाई लाग्छ, उहाँको नेपाल भ्रमण यही मार्च २६, २७ तिर होला । उता, एप्रिलको पहिलो हप्तामा अमेरिकाका २५ जना कंग्रेसम्यानहरु नेपाल भ्रमणमा आउँदैछन् । ठूला–ठूला देशका उच्चस्तरीय भ्रमण हुनु राम्रो हो ।’

उनले चीनसँग नेपालको असाध्यै राम्रो सम्बन्ध रहेको सुनाए । उनले भने,‘पछिल्ला वर्षमा चीनसँगको सम्बन्ध प्रगाढ भएको छ । भारत र चीन दुवै विश्व अर्थतन्त्रमा उदयीमान शक्ति हुन् । चीन दोस्रो ठूलो र भारत छैठौं शक्ति हो । हामीले त नेपालको हित के मा हुन्छ रु त्यो कुरा हेर्नुपर्छ । हित र सम्बन्धको कुरा गर्दा भारत र चीन दुवैलाई चोट नपुगोस । अमेरिका महाशक्ति राष्ट्र हो, त्यसको साथ सधैं चाहिन्छ ।’

उनले सन् २०१७ मा बीआरआईको सम्झौता भएको उल्लेख गर्दै अब त्यसको कार्यान्वयनमा जोड दिनुपर्ने बताए । उनले भने,‘बीआरआईको कुरा गर्दा ९ वटा प्रोजेक्टमा चीन ईन्ट्रेष्टेड छ । सडक, हाईड्रोपावरको कुरा छ ।’

उनले अमेरिकी कंग्रेसले ‘टिबेट सर्पोट एक्ट’ पारित गरेको उल्लेख गर्दै तिब्बत चीनको लागि एकदम संवेदशनील ईस्यु भएको सुनाए । उनले भने,‘त्यसमा हामी सचेत हुनुपर्छ । हाम्रो कुनै पनि क्रियाकलाप चीनको अहितमा जानुहुँदैन् । एक चीन नीतिमा हामी दृढ छौं । हामीले बीआरआईलाई पनि अगाढि लिएर हिँड्न सक्नुपर्छ । एमसीसीलाई पनि कार्यान्वयनमा लैजानुपर्छ । 

एमसीसीको सुरुवातबाट के हुन्छ भने यसमा त त्रिपक्षीय सहकार्य हुन्छ । भारत, नेपाल र अमेरिकाबीच त्रिदेशीय सहकार्य हुँदैछ । हामीले नेपालको हितलाई ध्यानमा राखेर अघि बढ्नुपर्छ । यसो गर्दा छिमेकीलाई असर नपरोस । र, सुपरपावरलाई पनि असर नपरोस ।’