९ भाद्र २०८३, मंगलवार
,
Latest
गण्डकी प्रदेश सरकारबाट बाहिरिने एमालेको निर्णय कालो चस्मा लगाउनुपर्ने स्वास्थ्य समस्या भन्दै संसद् सचिवालयमा प्रधानमन्त्री बालेनले बुझाए मेडिकल रिपोर्ट ठेक्कापट्टामा अड्किएका गण्डकीका विकास आयोजना : वर्षौँ बित्दा पनि अधुरै गाईजात्रा नजिकिएसँगै भक्तपुरमा ताहासाका लागि बाँसको व्यापार बढ्यो सुनचाँदीको मूल्य घट्यो राष्ट्रिय सभाको शुन्य समयः कुटनीतिक रिक्ततादेखि जनस्वास्थ्य र पूर्वाधारका समस्यासम्म सरकारको ध्यानाकर्षण नेपाल विशेष सेवा ऐन जगाउने विधेयक दफावार छलफलका लागि विधायन समितिमा पठाइयो राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नोबेल कलेजका एक शिक्षक छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा पक्राउ



अ+ अ-

काठमाडौँ । प्रहरीले नयाँ बानेश्वरस्थित नोबेल एकेडेमीका एक शिक्षकलाई पक्राउ गरेको छ । आफ्नै कलेजकी एक छात्रामाथि यौन दुर्व्यवहार गरेको आरोपमा उनलाई पक्राउ गरिएको हो ।

कक्षा १२ का विद्यार्थीहरुले ती छात्रामाथि दुर्व्यवहार गरिएको भन्दै आज बिहानै देखि नाराबाजी गरेका छन् । उनीहरुले आरोपित शिक्षकलाई कारबाही गर्न माग गरेका छन् ।

विद्यार्थीहरुको नाराबाजीसँगै आन्दोलनपछि प्रहरीले आरोपित शिक्षकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्ने अंग्रेजी विषय पढाउने ३९ वर्षीय सरोज भट्टराई रहेको प्रहरीले जनाएको छ । अहिले प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।

प्रहरीका अनुसार ती शिक्षकमाथि च्याटमा विद्यार्थीसँग दुर्व्यवहार गरेको आरोप लागेको छ ।