८ आश्विन २०८३, बिहीबार Thursday, September 24, 2026
८ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar तनहुँमा ११ हजार एक सय ३४ उद्योग News Polar बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवा विस्तारमा प्रदेश सरकारको ध्यान News Polar निजी अस्पतालको निःशुल्क सेवा लक्षित वर्गसम्म पुर्याउन  प्रशासन सक्रिय News Polar सुरक्षित स्थानमा प्रभावितको व्यवस्थापन गर्न पूर्वप्रधानमन्त्री नेपालको आग्रह News Polar पूर्वप्रधानाध्यापक थापाद्वारा विद्यार्थीलाई न्यानो कपडा वितरण News Polar प्रधानमन्त्री राहत कोषमा तनहुँ ख्रिष्टियन समाजको सहयोग News Polar कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठकः यस्ता छन् निर्णय News Polar राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन News Polar सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै News Polar अकबरेमा ‘कोत्रे’ रोग देखिएपछि किसान चिन्तामा News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर News Polar भोटेकोशी विपद्पछि पुनःस्थापना र पुनर्निर्माणका लागि जी–७ को सहयोग आवश्यक: परराष्ट्रमन्त्री खनाल News Polar शान्ति स्थापनामा नेपालको योगदान निरन्तर रहनेछ : परराष्ट्रमन्त्री खनाल News Polar भोटेकोशी बाढीः पातारासीका १५ जनाको सामूहिक अन्त्येष्टि News Polar चाँडो शिक्षा नियमावलीको ११ औं संशोधन टुङ्ग्याउन शिक्षामन्त्रीको निर्देशन News Polar देशभरका अस्पताललाई तयारी अवस्थामा रहन स्वास्थ्य मन्त्रालयको निर्देशन News Polar मधेस प्रदेशद्वारा प्रहरीलाई ३५ थान मोटरसाइकल हस्तान्तरण News Polar साउदी अरबको ९६औँ राष्ट्रिय दिवस मनाइयो News Polar मौसममा उच्च सतर्कता, कार्यवाहक प्रधानमन्त्री वाग्लेले लिए पूर्वतयारीबारे जानकारी News Polar हिमालय टेलिभिजनका पत्रकार अर्याल र पोखरेलसहित चार जनालाई हेम-सुनिल जोखिमपूर्ण पत्रकारिता पुरस्कार

तीज नारी स्वतन्त्रता र सशक्तिकरणसँग जोडिएको छ: अध्यक्ष झा

तीज नारी स्वतन्त्रता र सशक्तिकरणसँग जोडिएको छ: अध्यक्ष झा
अ+ अ-

काठमाडौँ । राष्ट्रिय समाचार समिति (रासस)का कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले हिन्दू नारीहरूको महान चाड तीज महिला स्वतन्त्रता र सशक्तिकरणसँग जोडिएको बताउनुभएको छ ।

नेपाल पत्रकार महासङ्घ, रासस प्रतिष्ठान शाखाले आज आयोजना गरेको ‘तीज र पत्रकारिता विषयक’ अन्तक्र्रियामा उहाँले परम्परा र संस्कृतिसँग जोडिएको तीजको राष्ट्रिय पर्वको रुपमा महत्व बढ्दै गएको बताउनुभयो । अध्यक्ष झाले भन्नुभयो, “तीज हिन्दू महिला र भूगोलमा मात्रै सीमित रहेन यसले अन्य समुदायलाई पनि आकर्षण गर्न सक्ने भएको छ । फरक भूगोलका महिलाले पनि ब्यापक रुपमा तीज मनाउन थालेका छन् । यसले सबैको राष्ट्रिय पर्वको रुप लिएको छ । पछिल्लो समय छठ र तीज राष्ट्रिय पर्वको रुपमा स्थापित भएको छ ।”

उहाँले तीज पर्वलाई नारी स्वतन्त्रताको अभियानलाई जोड्न सकेको खण्डमा यसले देश समाज परिवर्तनमा टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो । “तीज महिला स्वतन्त्रताको प्रतीक पनि हो । साच्चिकै तीजको आदर्शलाई स्वीकार गर्नसक्ने हो भने तीजले लोकतन्त्रलाई स्थापित गर्छ किनभने लोकतन्त्रले ‘सामूहिक तथा व्यक्तिगत अधिकार’लाई जोड दिन्छ । यो व्यक्तिलाई बलियो बनाउने पर्व पनि हो जुन लोकतन्त्रको अपरिहार्य पक्ष मानिन्छ ”, उहाँले भन्नुभयो ।

अध्यक्ष झाले तीजलाई पत्रकारितासँग जोड्दै समाचारका विभिन्न पक्षसँग जोडिएका विषयवस्तुबारे समाचार सामग्री सम्प्रेषण गर्न पनि निर्देशन दिनुभयो । पछिल्ला वर्षमा तीजलगायत पर्वले समाजमा फरक खालका सन्देश दिइरहेको उल्लेख गर्दै उहाँले तीजलाई भड्काउलो नबनाई नारी सशक्तिकरणसँग जोडेर लैजानसके यसको महत्व अझ बढ्ने बताउनुभयो ।

महासङ्घ रासस प्रतिष्ठान शाखाका अध्यक्ष पवित्रा गुरागाइँले तीजलाई परम्परागत रुपमा मात्रै नभएर महिला सशक्तिकरण, क्षमता अभिवृद्धिका साथै उनीहरूको सार्वजनिक उपस्थित पनि बलियो सहभागिता बढाउन जरुरी भएको उल्लेख गर्नुभयो ।

बासु रिमाल यात्री स्मृति पुरस्कार दत्त र तिमल्सिनालाई
कार्यक्रममा रासस कर्मचारी सङ्घले हरेक वर्ष प्रदान गर्दै आएको ‘वासु रिमाल यात्री स्मृति पुरस्कार’ द्वय धीरेन्द्रकुमार दत्त र केदारप्रसाद तिमिल्सिनालाई प्रदान गरिएको छ । सङ्घले प्रदान गरेको उक्त सम्मान राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झा र महाप्रबन्धक सिद्धराज राईले हस्तान्तरण गर्नुभयो । विगत २४ वर्षदेखि रासस सेवामा कार्यरत दत्त राससको प्राविधिक शाखा प्रमुख हुनुहुन्छ भने २७ वर्षदेखि राससमा कार्यरत तिमिल्सिना सङ्घका वरिष्ठ उपाध्यक्ष हुनुहुन्छ ।

उहाँहरूलाई नगद र प्रशंसापत्रसहित सम्मान गरिएको हो । त्यसैगरी राससमा ३६ वर्षदेखि निरन्तर कार्यरत मैना थापालाई दोसल्लासहित कदर–पत्रद्वारा सम्मान गरिएको छ । सम्मानित थापा सङ्घमा लामो समयदेखि सक्रिय रहनुभएको छ । रासस