२७ मंसिर २०८२, शनिबार
,
Latest
शनिबार भगवान शनिदेवको पूजा–आराधना गर्नुहोस् आज देशभरको मौसम मुख्यतया सफा रहने अमेरिकी डलरको मूल्य उच्च बिन्दुमा निर्वाचन ८२ दिन बाँकी : समानुपातिक निर्वाचन प्रणालीमा सहभागी दललाई चुनाव चिन्ह प्रदान एमाले महाधिवेशन: योग्य तथा सक्षम नेतृत्व निर्माण गर्न सक्षम हुने पूर्वराष्ट्रपति भण्डारीको विश्वास एनपिएल: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै जेनजी आन्दोलनको भावनाअनुसार काम गर्छौँ : नवनियुक्त मन्त्री चौलागाईँ एमाले ११औँ महाधिवेशनको तयारी पूरा समयमै काम नसक्ने व्यवसायीसँग निर्माण ठेक्का तोडिन्छः मन्त्री घिसिङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

नेप्से परिसूचक ३३.३६ अंकले गिरावट



अ+ अ-

काठमाडौँ । साताको पहिलो कारोबारको दिन आईतवार नेप्से परिसूचक उच्च अंकले घटेको छ ।

आईतवार नेप्से परिसूचक ३३.३६ अंकले घटेर २ हजार बिन्दु भन्दा तल १९८९.२६ बिन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ६.०५ अंकले घटेको छ भने फ्लोट इण्डेक्स २.२३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स २.४३ अंकले घटेको छ ।

आईतवार कारोबारमा आएका २२४ कम्पनीको ६१ लाख ४८ हजार ३४१ कित्ता शेयर २ अर्ब ५ करोड ९७ लाख ३७ हजार १०३ रुपैयाँ बराबरको कारोबार भएको छ ।

नेप्सेका १३ वटा उपसमूहमा म्युचुअल फण्डबाहेक सबै उपसमूहको सूचक नकारात्मक देखिएको छ । फाइनान्स र हाइड्रोपावर उपसमूहको सूचक सबैभन्दा धेरै घटेको छ ।

नेप्से परिसूचक गिरावट आए पनि ५ वटा कम्पनीको मात्रै शेयरमूल्य केही बढेको छ ।

जसमा राधि विद्युतको शेयरमूल्य सबैभन्दा धेरै ५.९० प्रतिशतले बढेको छ भने आदर्श लघुवित्तको १.९८ प्रतिशत,मैलुङ खोला जलविद्युतको १.३४ प्रतिशत, युनिलिभरको ०.४१ प्रतिशत र सबैको लघुवित्तको ०.२२ प्रतिशतले बढेको छ ।

यता रुरु जलविद्युतको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले घटेको छ । आईतवार अरुण कावेली हाइड्रोपावरको सबैभन्दा धेरै १० करोड ३३ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।