२४ आश्विन २०८३, शनिबार Saturday, October 10, 2026
२४ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar पृथ्वी राजमार्ग खुलाउने काम तीव्र News Polar जापानमा १३ वर्षयताकै उच्च कर्पोरेट टाट पल्टिने क्रम, साना व्यवसाय बढी प्रभावित News Polar पानामामा शक्तिशाली भूकम्पको धक्काः जनजीवन प्रभावित, उद्धार कार्य तिब्र News Polar बबरमहलको आकाशे पुल अन्तिम चरणमाः असोज २८ गतेबाट सञ्चालनमा आउने News Polar मतदाता नामावली अद्यावधिकः काभ्रेमा दुई हजार ६०० मतदाता घटे News Polar देशभरका विभिन्न राजमार्ग अवरुद्ध (सूचीसहित) News Polar ‘इन्टरनेटको शुल्क बढेको छैन, बढी शुल्क लिए कारबाही हुन्छ’ News Polar विभिन्न राजमार्ग अवरुद्ध News Polar लागुऔषधसहित विभिन्न स्थानबाट ३१ जना पक्राउ News Polar बिपी राजमार्ग अवरुद्ध News Polar १४ लाखभन्दा बढीका सामान र ई-लोडर बरामद News Polar भोटेकोशी बाढीः एक हजार ४५७ जनाको मृत्यु News Polar अण्डाको उत्पादन र खपत बढाउन आवश्यक News Polar आज यी प्रदेशमा वर्षाको सम्भावना News Polar चियाको गुणस्तर सुधार्न परीक्षण प्रयोगशाला स्थापनाको पहल News Polar चितवन मेडिकल कलेजद्वारा स्वयंसेविकालाई स्तन क्यान्सर सम्बन्धी प्रशिक्षण News Polar परराष्ट्रमन्त्री खनाल र अष्ट्रेलियाका गभर्नर–जनरल मोस्टिनबिच भेटवार्ता News Polar आज यस्तो छ विदेशी मुद्राकाे विनिमय दर News Polar आश्विन कृष्ण औँसीः सोह्र श्राद्ध समापन गरिँदै News Polar भेडाच्याङ्ग्रा बिक्री गर्न महिनौ पैदल हिँडेका किसानलाई बजारको चिन्ता

नक्कली डबल ब्ल्याक मदिरा बेच्ने पाँच जना पक्राउ (फोटोसहित)

नक्कली डबल ब्ल्याक मदिरा बेच्ने पाँच जना पक्राउ (फोटोसहित)
अ अ+ अ-

काठमाडौँ । नेपाल प्रहरीले ब्राण्डेड विदेशी मदिराको नक्कली उत्पादन गरी बिक्री वितरण गर्ने पाँच जनालाई पक्राउ गरेको छ ।

शुक्रवार प्रहरीले पत्रकार सम्मेलन गरी नक्कली मदिरा उत्पादन गरी बेच्ने पाँच जनालाई सार्वजनिक गरेको हो । विदेशी ब्राण्डका डबल ब्ल्याक, ब्ल्याकलेबल, ज्याक डेनियल्स लगायतको ब्राण्डमा नक्कली मदिरा उत्पादन गरेर बेच्ने समूहलाई प्रहरीले कोटेश्वर र भक्तपुरबाट पक्राउ गरेको जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहोराले भदौ पाँच गते कोटेश्वर क्षेत्रमा नक्कली मदिरा बिक्री वितरण गरेको सूचना पाएकोे आधारमा तत्काल प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभात कोटेश्वरबाट विशेष प्रहरी परिचालन गरी पक्राउ गरेको बताउनु भयो । उहाँले अनुसन्धानमा हरि वलीसहित पाँच जना नक्कली मदिरा बनाएर बेच्ने कार्यक्रमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको बताउनु भयो ।

प्रमुख बोहोराले नक्कली मदिरा बनाएर बच्नेमा दोलखाका हरि वली, भगवान बस्नेत, विशाल वली, रामेछापका मनोज खत्री र गोपी श्रेष्ठ रहेको बताउनु भयो । उहाँले उनीहरुले स्वदेशी मदिरामा थोरै विदेशी मिसाएर बोतलमा हालेर विभिन्न नाइट क्लव,लञ्च,डिक्सको,विभिन्न मदिराका डिलर,दोहोरी र डान्स बारमा बिक्री वितरण गर्ने गरेको भेटिएको बताउनु भयो । उहाँले स्वदेशी मदिराको अन्तःशुल्क स्टिकर झिकेर बोतलमा लगाएर बेच्ने गरेको पनि बताउनु भयो ।

प्रमुख बोहोराले उनीहले स्टक क्लियरेन्स भन्दै बजार भाउ भन्दा हजार रुपैयाँ सस्तोमा त्यो मदिरा बेच्ने गरेको भेटिएको बताउनु भयो । उहाँले भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित दुवाकोटमा भगवान बस्नेतले फ्याक्ट्री खोलेर डबल ब्ल्याक लेभल भन्दै बजारमा पठाउने गरेको बताउनु भयो ।

प्रमुख बोहोराले भगवान बस्नेतले सञ्चालन गरेको फ्याक्ट्रीबाट २ बोतल डबल ब्ल्याक लेभल, ३ बोतल रेड लेभल, ३ बोतल खुकुरी रम र ९० बोतल ८ हजार ८४८ भोड्का बरामद भएको बताउनु भयो । त्यस्तै कोटेश्वर बस्ने हरि वलीको कोठाबाट पनि डबल ब्ल्याक ८ बोतल, ब्ल्याक लेबल ११ बोतल ,ज्याक डेनियल्स ११ बोतल,बोल्डेन वाक लेखेको खाली बोतल ९६ वटा बरामत भएको बताउनु भयो । उहाँले बरामत गरिएका सामान सबै सिलप्याक अवस्थामा रहेको पनि बताउनु भयो ।

यस्तै फ्याक्ट्रीबाट डबल ब्ल्याक लेभलका खालि बोतल ८ वटा, ब्ल्याक लेभलका खालि बोतल ५० र बिर्को ९० वटा, रेड लेभलका खालि बोतल १० वटासहित विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डका मदिरा प्याक गर्ने खालि बोतल हरु ठूलो परिमाणमा बरामद भएको प्रमुखले बताउनु भयो ।

प्रमुख बोहोराले नक्कली मदिरा बनाएर बेच्ने पाँचै जनालाई कालोबजारी तथा सामाजिक अपराध सजाय ऐन अन्तर्गतको कसुरमा जिल्ला प्रशासन कार्यलय काठमाडौंबाट ७ दिनको म्याद थप गरेर प्रहरी हिरासतमा राखिएको बताउनु भयो ।