• १५ असार २०८१, शनिबार
  •      Sat Jun 29 2024
  •   Unicode
Logo
Latest
★   एग्रिकल्चर गेम रियालिटि शो ‘र’कोआबेदन खुल्ला: खोकनामा रोपाई गर्दे राजेश हमाल- फोटो फिचर ★   भोलिदेखि सुरु हुने नेकपा एसको दशौँ राष्ट्रिय महाधिवेशनको तयारी पूरा ★   धान दिवस: रोपाइँको रौनक-फोटो फिचर  ★   युरो कपका नकआउट चरणका खेल आजबाट, जर्मनी र डेनमार्क तथा इटाली र स्वीट्जरल्यान्ड भिड्दै ★   मधेसमा उमेर नपुगी विवाह गर्ने ५० प्रतिशत भन्दाबढी ★   कृषि उत्पादकत्व बढाउन यान्त्रिकीकरणमा जोड ★   वैदेशिक रोजगार मागपत्रको प्रमाणीकरण ‘अनलाइन’बाट ★   दाङको राजपुर गाउँपालिका भरिबाट एसइईमा एकजना मात्रै उत्तीर्ण ★   नयाँ वाम विकल्प दिनेगरी पार्टीको नेतृत्व चयन हुन्छः घनश्याम भुषाल ★   सहमतिबाट नेतृत्व निर्माण हुन नसके निर्वाचनबाट हुन्छः झलनाथ खनाल

नक्कली डबल ब्ल्याक मदिरा बेच्ने पाँच जना पक्राउ (फोटोसहित)



काठमाडौँ । नेपाल प्रहरीले ब्राण्डेड विदेशी मदिराको नक्कली उत्पादन गरी बिक्री वितरण गर्ने पाँच जनालाई पक्राउ गरेको छ ।

शुक्रवार प्रहरीले पत्रकार सम्मेलन गरी नक्कली मदिरा उत्पादन गरी बेच्ने पाँच जनालाई सार्वजनिक गरेको हो । विदेशी ब्राण्डका डबल ब्ल्याक, ब्ल्याकलेबल, ज्याक डेनियल्स लगायतको ब्राण्डमा नक्कली मदिरा उत्पादन गरेर बेच्ने समूहलाई प्रहरीले कोटेश्वर र भक्तपुरबाट पक्राउ गरेको जनाएको छ ।

पत्रकार सम्मेलनमा बोल्दै काठमाडौं प्रहरी प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरत बोहोराले भदौ पाँच गते कोटेश्वर क्षेत्रमा नक्कली मदिरा बिक्री वितरण गरेको सूचना पाएकोे आधारमा तत्काल प्रहरी परिसर काठमाडौं र प्रहरी प्रभात कोटेश्वरबाट विशेष प्रहरी परिचालन गरी पक्राउ गरेको बताउनु भयो । उहाँले अनुसन्धानमा हरि वलीसहित पाँच जना नक्कली मदिरा बनाएर बेच्ने कार्यक्रमा संलग्न व्यक्तिहरुलाई पक्राउ गरेको बताउनु भयो ।

प्रमुख बोहोराले नक्कली मदिरा बनाएर बच्नेमा दोलखाका हरि वली, भगवान बस्नेत, विशाल वली, रामेछापका मनोज खत्री र गोपी श्रेष्ठ रहेको बताउनु भयो । उहाँले उनीहरुले स्वदेशी मदिरामा थोरै विदेशी मिसाएर बोतलमा हालेर विभिन्न नाइट क्लव,लञ्च,डिक्सको,विभिन्न मदिराका डिलर,दोहोरी र डान्स बारमा बिक्री वितरण गर्ने गरेको भेटिएको बताउनु भयो । उहाँले स्वदेशी मदिराको अन्तःशुल्क स्टिकर झिकेर बोतलमा लगाएर बेच्ने गरेको पनि बताउनु भयो ।

प्रमुख बोहोराले उनीहले स्टक क्लियरेन्स भन्दै बजार भाउ भन्दा हजार रुपैयाँ सस्तोमा त्यो मदिरा बेच्ने गरेको भेटिएको बताउनु भयो । उहाँले भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित दुवाकोटमा भगवान बस्नेतले फ्याक्ट्री खोलेर डबल ब्ल्याक लेभल भन्दै बजारमा पठाउने गरेको बताउनु भयो ।

प्रमुख बोहोराले भगवान बस्नेतले सञ्चालन गरेको फ्याक्ट्रीबाट २ बोतल डबल ब्ल्याक लेभल, ३ बोतल रेड लेभल, ३ बोतल खुकुरी रम र ९० बोतल ८ हजार ८४८ भोड्का बरामद भएको बताउनु भयो । त्यस्तै कोटेश्वर बस्ने हरि वलीको कोठाबाट पनि डबल ब्ल्याक ८ बोतल, ब्ल्याक लेबल ११ बोतल ,ज्याक डेनियल्स ११ बोतल,बोल्डेन वाक लेखेको खाली बोतल ९६ वटा बरामत भएको बताउनु भयो । उहाँले बरामत गरिएका सामान सबै सिलप्याक अवस्थामा रहेको पनि बताउनु भयो ।

यस्तै फ्याक्ट्रीबाट डबल ब्ल्याक लेभलका खालि बोतल ८ वटा, ब्ल्याक लेभलका खालि बोतल ५० र बिर्को ९० वटा, रेड लेभलका खालि बोतल १० वटासहित विभिन्न अन्तर्राष्ट्रिय ब्राण्डका मदिरा प्याक गर्ने खालि बोतल हरु ठूलो परिमाणमा बरामद भएको प्रमुखले बताउनु भयो ।

प्रमुख बोहोराले नक्कली मदिरा बनाएर बेच्ने पाँचै जनालाई कालोबजारी तथा सामाजिक अपराध सजाय ऐन अन्तर्गतको कसुरमा जिल्ला प्रशासन कार्यलय काठमाडौंबाट ७ दिनको म्याद थप गरेर प्रहरी हिरासतमा राखिएको बताउनु भयो ।