९ आश्विन २०८३, शुक्रबार Friday, September 25, 2026
९ आश्विन २०८३, शुक्रबार
ताजा खबर
News Polar रोशी खोलाको अस्थायी डाइभर्सन बाढीले बगाएपछि बीपी राजमार्ग अवरुद्ध News Polar सुनचाँदीको मूल्य घट्यो News Polar काठमाडौं उपत्यकासहित देशभर अविरल वर्षाः तटीय क्षेत्रमा उच्च शतर्कता (तस्बिरसहित) News Polar मनसुनजन्य विपद्: अझै तर्सिरहन्छ टीकाभैरव News Polar नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्ग पूर्ण अवरुद्ध News Polar विश्व फार्मासिस्ट दिवस : स्वस्थ भविष्यका लागि फार्मासिस्टलाई सशक्त बनाउन जोड News Polar उच्च सतर्कता अपनाउन मुख्यमन्त्री थापाको अपिल News Polar कुलेखानी ड्याममा पानी बढे साइरन बजाएर पूर्वसूचना दिइने News Polar वर्षाका कारण फोहर व्यवस्थापन प्रभावित हुन सक्ने, घरमै राख्न महानगरको आग्रह News Polar कृष्णभीरमा वैकल्पिक सडकमाथि थपियो जोखिमः त्रिशूलीको कटानले नयाँ ट्रयाक पनि संकटमा News Polar विपद् प्रतिकार्यका लागि उच्च सतर्कता अपनाउन लुम्बिनी प्रदेश सरकारकाे आग्रह News Polar काठमाडौँ तथा भरतपुर जाने खण्डमा पहिरोः यातायात प्रभावित News Polar भोटेकोशी बाढी विश्वकै लागि पनि चेतावनी होः प्रधानमन्त्री News Polar बेनी–जोमसोम–कोरला सडकमा राति गाडी चलाउन नपाइने News Polar मकवानपुरको सिमातखोलाले बगाउँदा स्याङ्तानको मृत्यु News Polar महिला कबड्डीमा नेपाललाई कम्तीमा कांस्य पदक पक्का News Polar बालेनको राष्ट्रसंघ सम्बोधनको अन्तरवस्तु र प्रस्तुती सही छ : बाबुराम भट्टराई News Polar ‘राष्ट्रसंघमा जलवायु न्यायको मुद्दा उठाउनु सकारात्मक, अब देशभित्र गृहकार्य आवश्यक’ News Polar बालेनको राष्ट्रसंघ सम्बोधनबारे बाँस्कोटा : ‘देशको भावना बोले’ News Polar यूएनजीएमा प्रधानमन्त्रीको सम्बोधन जलवायु न्यायको सशक्त आवाज, तर कार्यान्वयनमा चुनौतीः विज्ञ मञ्जित ढकाल

खाद्य वस्तुमा अनिवार्य रुपमा मूल्य सूची र आवश्यक जानकारी टाँस्नुपर्ने

खाद्य वस्तुमा अनिवार्य रुपमा मूल्य सूची र आवश्यक जानकारी टाँस्नुपर्ने
अ अ+ अ-

विराटनगर । पछिल्लो समयमा थोक तथा खुद्रा वस्तुहरुको मूल्य अस्वाभाविक रुपमा बढाइएकाले बिक्रेताहरुले उपभोक्ताहरुले देख्ने गरी अनिवार्य रुपमा मूल्य सूची टाँस गर्नुपर्ने माग गरिएको छ ।

केही महिनायता प्रदेश नं १ का झापा, मोरङ, सुनसरी लगायतका विभित्र जिल्लामा दैनिक उपभोग्य खाद्य सामग्रीहरु चामल, दाल, चिउरा, भुजा लगायतमा अस्वाभाविक मूल्य वृद्धि भइरहेको गुनासो आएको छ । सो गुनासोसँगै नेपाली उपभोक्ता संरक्षण महासङ्घ प्रदेश नं १ समितिले आज विज्ञप्तिमार्फत थोक तथा खुद्रा बिक्रेताहरुले उपभोक्ताले देख्ने गरी अनिवार्य रुपमा मूल्य सूची टाँस्नुपर्ने माग गरेको हो ।

यस कार्यप्रति स्थानीय सरकार, जिल्ला प्रशासन कार्यालयहरु तथा सरोकारवाला निकायको ध्यानकर्षण गराउन विज्ञप्तिमार्फत सो माग गरिएको जनाइएको छ ।

समितिका महासचिव विष्णुप्रसाद पोखरेलले जारी गर्नुभएको सो विज्ञप्तिमा चाउचाउ, प्याकेजिङका नुडल्स लगायतका सामग्रीहरु तौल घटाएर बजारमा पठाएको र मूल्य भने अझ बढाएर पठाएको स्वयं व्यवसायीहरुले नै बताउन थालेकोप्रति गम्भीर ध्यानाकर्षण भएको छ भनिएको छ ।

स्थानीय तथा जिल्लास्तरीय अनुगमन समितिहरुले यस विषयमा बजार अनुगमन तत्काल गर्न पनि सो विज्ञप्तिमा माग गरिएको छ । विज्ञप्तिमा उत्पादक वा पैठारीकर्ताले लेबलमा खुलाउनुपर्ने कुराहरु उल्लेख नगरेको पाइएकाले यस विषयमा पनि सरोकारवाला निकायहरुको ध्यानकर्षण होस् भनिएको छ ।

वस्तुमा उत्पादकको नाम, ठेगाना र उद्योगको दर्ता नम्बर, खाद्य पदार्थ, औषधि र सौन्दर्य सामग्री जस्ता वस्तुमा त्यस्ता वस्तुको मिश्रण, मिश्रणका तत्व, परिमाण र तौल, गुणस्तर निर्धारण भएको वस्तु भएमा त्यस्तो वस्तुको गुणस्तर मापक चिह्न, वस्तु उपभोग गर्ने तरिका र त्यस्तो वस्तु उपभोग गरेबाट हुन सक्ने नकारात्मक प्रभाव (साइड इफेक्ट), निश्चित अवधिभित्र उपभोग गरिसक्नु पर्ने वस्तु भए त्यस्तो अवधि, वस्तुको बिक्री मूल्य, ब्याच नम्बर र उत्पादन मिति आदि उल्लेख गर्नुपर्दछ ।

इलेक्ट्रोनिक, हार्डवेयर, विद्युतीय वा यान्त्रिक वा लामो समयसम्म प्रयोगमा रहने वस्तु भए त्यस्तो वस्तुको ‘ग्यारेन्टी’ वा ‘वारेन्टी’ मिति तथा सो वस्तुसँग सम्बन्धित कानुनबमोजिम अन्य आवश्यक कुरा पनि खुलाउनुपर्नेमा नखुलाइएको बजारमा पाइएको छ ।

प्रज्वलनशील, दुर्घटनाजन्य वा सजिलैसँग टुटफुट हुन सक्ने वस्तु भए त्यस्तो वस्तुको सुरक्षाका लागि अपनाउनुपर्ने पूर्वसावधानीसम्बन्धी विवरण, वस्तुमा लाग्ने सबै प्रकारका कर समावेश गरी हुन आउने अधिकतम खुद्रा बिक्री मूल्य, वस्तु प्रयोग गर्नुपूर्व कुनै प्रक्रिया पूरा गर्नुपर्ने भए त्यस्तो प्रक्रिया र त्यस्तो प्रक्रिया नपुर्याई प्रयोग गर्दा हुन सक्ने हानी नोक्सानी, मानव स्वास्थ्यलाई हानि पुर्याउने खालका पदार्थहरुको लेबलमा चेतनामूलक सन्देश, चित्र वा चिह्नको प्रयोग जस्ता विषयमा गम्भीर बत्र पनि सो विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।