९ भाद्र २०८३, मंगलवार
,
Latest
राष्ट्रिय सभामा सांसदहरूको आक्रोशः बालिका बलात्कार र हत्याका दोषीलाई कडा कारबाही गर्न माग हरित ऊर्जामा आधारित सवारी साधनको प्रवद्र्धन आजको अनिवार्य आवश्यकता : उपराष्ट्रपति यादव अर्थतन्त्रको ‘रि–इञ्जिनियरिङ’ आवश्यक, अटोमोबाइल क्षेत्रलाई हेर्ने दृष्टिकोण बदल्न सरकारसँग मागः अध्यक्ष श्रेष्ठ नयाँ ‘ट्याक्स पोर्टल’ आज सार्वजनिक हुँदै अर्थमन्त्री वाग्लेको सूचना प्रविधि क्षेत्रका स्टार्टअपसँग छलफल प्रतिनिधि सभा बैठक स्थगित, बुधबार दिउँसो १ बजे बस्ने पशुमा रेविज सङ्क्रमण पुष्टि भएपछि खोप अभियान कोशी कटानबाट बराहक्षेत्र जोगाउन विस्तृत अध्ययनपछि नदी नियन्त्रणका कार्यक्रम अघि बढाइने आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीद्वारा पास्टर पक्राउ, मृतकलाई जीवित बनाएको पास्टरको दावी



अ+ अ-

बुटवल । प्रहरीले मृत व्यक्तिलाई जीवित बनाएको दावी गर्ने एक पास्टरलाई पक्राउ गरेको छ । प्रहरीले बुटवलको होली क्यालभरी चर्चका पास्टर राजेन्द्र गोतामेलाई सोमबार दिउँसो बुटवलबाट पक्राउ गरेको हो ।

कञ्चनपुरका ३५ वर्षीय पास्टर गोतामेले मृत व्यक्तिलाई जीवित बनाएको भन्दै भ्रम फैलाएका थिए । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको बताइएको छ ।

आइतबार विवेक सत्यालको नामबाट सार्वजनिक भएको भिडियोमा पास्टर गोतामेले एक ‘मृत’ महिलालाई जीवित गराएको देखाइएको छ ।

दुई मिनेट ४५ सेकेन्डको सो भिडियो भाइरल भएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अनुसन्धान गर्न आदेश दिएको थियो । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको सो आदेशपछि इलाका प्रहरी कार्यालय बुटवलले भिडियो सार्वजनिक गर्ने व्यक्तिको फेसबुक एकाउन्टका आधारमा अनुसन्धान गरेर गोतामेलाई पक्राउ गरेको हो ।

भाइरल भएको भिडियोमा भुइँमा एक महिला ‘मृत’ जस्तै सुतेकी छन् । पास्टरको तन्त्रमन्त्रले केही बेरमा ती महिला उठेर हिँडेको देखिन्छ । त्यसपछि पास्टर गोतामेले ‘प्रमु यशुको प्रभावले मृत्यु भएकी महिलालाई जीवित गराएको’ भन्दै यशुलाई धन्यवाद दिन भनेका छन ।