६ पुष २०८२, आईतवार
,
Latest
बागलुङका किसानका व्यथा : सुन्तला सस्तोमा बेच्न बाध्य प्रीमियर लिगः आर्सनल र सिटीको जित, चेल्सीले अंक बाँड्यो आज विश्व ध्यान दिवस मनाइँदै प्रतिनिधिसभा सदस्य निर्वाचन: प्रस्तावित आचारसंहितामा यस्तो छ सवारीसाधन प्रयोग गर्ने व्यवस्था मुख्यमन्त्री यादव रौतहट क्षेत्र नं १ बाट सिफारिस पोखरा पर्यटन वर्षका सन्दर्भमा ‘टुर दि पोखरा’ दार्चुलामा भूकम्पको धक्का राष्ट्रिय सहमति भए इभोटिङको व्यवस्था गर्न सकिन्छ- सञ्चारमन्त्री खरेल दश बुँदे घोषणापत्र जारी पत्रकार महासङ्घ गण्डकीको भेला सम्पन्न मारिएका बङ्गलादेशी विद्यार्थी नेताको अन्त्येष्टिमा दशौँ हजार शुभचिन्तक सहभागी
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रहरीद्वारा पास्टर पक्राउ, मृतकलाई जीवित बनाएको पास्टरको दावी



अ+ अ-

बुटवल । प्रहरीले मृत व्यक्तिलाई जीवित बनाएको दावी गर्ने एक पास्टरलाई पक्राउ गरेको छ । प्रहरीले बुटवलको होली क्यालभरी चर्चका पास्टर राजेन्द्र गोतामेलाई सोमबार दिउँसो बुटवलबाट पक्राउ गरेको हो ।

कञ्चनपुरका ३५ वर्षीय पास्टर गोतामेले मृत व्यक्तिलाई जीवित बनाएको भन्दै भ्रम फैलाएका थिए । उनलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय रुपन्देही पठाइएको बताइएको छ ।

आइतबार विवेक सत्यालको नामबाट सार्वजनिक भएको भिडियोमा पास्टर गोतामेले एक ‘मृत’ महिलालाई जीवित गराएको देखाइएको छ ।

दुई मिनेट ४५ सेकेन्डको सो भिडियो भाइरल भएपछि जिल्ला प्रशासन कार्यालय रुपन्देहीले अनुसन्धान गर्न आदेश दिएको थियो । प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेको सो आदेशपछि इलाका प्रहरी कार्यालय बुटवलले भिडियो सार्वजनिक गर्ने व्यक्तिको फेसबुक एकाउन्टका आधारमा अनुसन्धान गरेर गोतामेलाई पक्राउ गरेको हो ।

भाइरल भएको भिडियोमा भुइँमा एक महिला ‘मृत’ जस्तै सुतेकी छन् । पास्टरको तन्त्रमन्त्रले केही बेरमा ती महिला उठेर हिँडेको देखिन्छ । त्यसपछि पास्टर गोतामेले ‘प्रमु यशुको प्रभावले मृत्यु भएकी महिलालाई जीवित गराएको’ भन्दै यशुलाई धन्यवाद दिन भनेका छन ।